कसेनीकाे सराईमा अस्थायी प्रहरी चाैकी स्थापना

पाल्पा, माथागढी गाउँपालिका वडा नं.- ३ कसेनीकाे सराई, रूप्सेमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । अस्थायी प्रहरी चौकीको उद्घाटन पाल्पा क्षेत्र नं.-१,का संघीय सांसद नारायणप्रसाद आचार्यले गर्नुभयो । अस्थायी प्रहरी चाैकी उद्घाटन कार्यक्रमकाे अवसरमा सांसद आचार्यले माडी क्षेत्रकाे आसपासमा हुने आपराधिक क्रियाकलापहरूलाई न्युनीकरण गर्न अस्थायी प्रहरी चाैकी स्थापनाले सहज हुने उहाँले उद्घाटनमा बताउँनुभयो ।

उद्घाटन कार्यक्रममा बाेल्नुहुदै संघीय सांसद आचार्यले अपराध नियन्त्रण गर्ने काम सबै प्रहरीको मात्र नहुने भन्दै उहाँले स्थानीय बासिन्दाको सहयोगमा मात्र अपराधजन्य घटना न्युनीकरण गर्न सकिने कुरा उल्लेख गर्नुहुदै उहाँले बताउँनुभयो । उद्घाटन कार्यक्रममा सांसद आचार्यले माथागढीकाे कसेनी,सराइ रूप्सेमा अस्थायी प्रहरी चौकी स्थापना भएकोमा खुसी व्यक्त गर्दै उहाँले स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा प्रहरी चौकीको भौतिक पूर्वाधार निर्माण जस्ता काममा आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउँनुभयो ।

उद्घाटन कार्यक्रममा लुम्विनी प्रदेश सांसद खेमबहादुर सारुले हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक, प्रहरीबीचको सहकार्य सम्बन्ध राम्रो हुनु आवश्यक रहेको भन्दै प्रदेशसांसद सारूले शान्ति,सुरक्षा र अमनचैनमा प्रहरी नागरिक र समुदायको महत्वपूर्ण भूमिका रहेमा मात्र यहाँ स्थापना भएको अस्थायी प्रहरी चाैकीकाे सार्थकता रहनेमा आफू विश्वस्त रहेको उहाँले कार्यक्रममा बताउँनुभयाे।
उद्घाटन कार्यक्रममा सहभागी नागरिकबाट माथागढीकाे कसेनी सराइ, रूप्सेमा स्थापित प्रहरी चाैकीलाई हामी नागरिकहरूकाे तर्फबाट प्रहरीलाई सदैव पूर्ण सहयोग हुने कार्यक्रममा सहभागी हरूले प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियोे ।

उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले चाडवाडको समयमा शान्ति सुरक्षामा विशेष ध्यान दिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहाँले प्रहरीले जनताको धनजनको सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा व्यावसायिक दक्षता प्रहरीले देखाउनुपर्ने भन्दै उहाँले उक्त कुरालाई बताउँनुभएकाे हाे ।
अस्थायी प्रहरी चाैकी स्थापनाकाे उद्घाटन कार्यक्रममा माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले यस गाउँपालिका वडा नं.-३, कसेनीकाे सराइ ,रूप्सेमा अस्थायी प्रहरी चौकी स्थापना हुनुले गाउँपालिका भित्रको सुरक्षा प्रबन्ध र स्थानीय जनताको शान्ति सुरक्षामा टेवा पुग्नेधारणा ब्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा अध्यक्ष चिदीले गाउँपालिकाको पहलमा नै यहाँ प्रहरी चौकी स्थापना भएको बताउँदै उहाँले स्थानीय जनता र स्थानीय सरकार सधै प्रहरीको साथमा रहने धारणा राख्नुभयो ।

अस्थायी प्रहरी चाैकीकाे उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखिराम रानाले यस स्थानमा प्रहरी चाैकीकाे स्थापनाले व्यक्तिगत फाइदा भन्दा पनि समाज र समुदायका लागि फाइदा पुग्ने भन्दै उहाँले ब्यक्तिगत लाभमा नभएर समाजिक लाभहुने काममा साथ दिन नागरिकहरूलाई अनुरोध गर्दै सभ्य समाज निर्माणका लागि सकरात्मक साेँच र सामुहिक सहकार्यकाे आवश्यकता रहेको उहाँले बताउँनुभयो । चौकी स्थापनापछि माथागढी गाउँपालिकाको सराई, खहरे, रुप्से, चिदीपानी र तानसेन नगरपालिकाको दमकडा, तिन्टीआँप लगाएत आसपासका क्षेत्रमा बसाेवास गर्ने जनताले सेवा पाउने वडा नं. ३ कसेरी सराइका वडाअध्यक्ष तेज बहादुर घर्तीमगरले बताउँनुभयो ।

अहिले प्रहरी चौकीमा छ जना प्रहरी रहेता पनि जिल्ला प्रहरी कार्यालय पाल्पासंगकाे समन्वयमा स्थानीयतहसँगकाे सहकार्य सुरक्षाकाे अवस्थालाई मजबुत पार्न जनशक्ति र दरबन्दी थप गरि आवश्यकतामा बढी भन्दा बढी परिचालन गरिने अस्थायी प्रहरी चाैकी कसेनी सराइले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *