काँग्रेससँग तालमेल र माओवादीसँग पार्टी एकता हुदैन : ज्ञवाली

पाल्पा, नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले नेपाली काँग्रेससँग तालमेल र नेकपा माओवादी केन्द्रसंग एकता नहुने बताउँनुभएकाे छ। नेकपा एमाले पाल्पाको बैठकलाई तानसेनमा सम्बोधन गर्नुहुँदै उपमहासचिव ज्ञवालीले काँग्रेससँग मिलेर सरकार बनाउने कुनै साेँच नभएको बताउँदै उहाँले नेकपा माओवादी केन्द्रसँग पनि पार्टी एकता नहुने बताउँनुभयो। जिल्ला पार्टीको बैठक सम्वाेधन गर्न पाल्पा आउनुभएका उप- महासचिव ज्ञवालीले साना पार्टीले हैरान पारेका कारणले गर्दा दुई ठूला दल मिलेर सरकार बनाएर अगाडि बढौँ भन्दै काँग्रेस एमालेसँग धाइरहेको उहाँले सम्वाेधनमा खुलासा गर्नुभयाे।‘सत्ता बाहिर रहँनुपर्दा काँग्रेस हतास बनेको छ, छट्पटिएको छ’, उहाँले भन्नुभयाे। ‘काँग्रेससँग मिलेर सरकार बनाउँदा मुलुकको परिवर्तन सम्भव छैन।’ त्यसमा नेकपा एमाले दृष्टिकोण स्पष्ट छ ज्ञवालीले भन्नुभयो ।अनैतिक गठबन्धनबाट बनेको यसअघिको सरकारले मुलुकलाई अप्ठ्यारोमा पुर्‍याएको बुझाइ छ ज्ञवालीले भन्नुभयाे।नेकपा एमालेको पहलमा बनेको वर्तमान सरकारले मुलुकलाई निकास दिने बताउँनुहुँदै उहाँले सरकारलाई बलियोसँग चलाउन सबै दलहरूको सहकार्यलाई दरिलो बनाउँदै जाने हो। मुलुकको हितमा काम गर्न वर्तमान सरकारको विकल्प छैन उपमहासचिव ज्ञवालीले बताउँनुभयाे। नेकपा एमाले– माओवादी केन्द्रसहित अन्य दलहरूसँग मिलेर बनेको वर्तमान सरकार टिकिरहने समेत दाबी गर्नुभयाे ।

राष्ट्र,राष्ट्रियता र जनताको हितमा काम गर्नुपर्छ भन्ने हाम्रो पार्टी स्पष्ट छ त्यसैले परिस्थिति र मान्यता अनुसार एमालेले पार्टीका निम्ति जस्तो सुकै मूल्य चुकाएर भए पनि यो सरकारलाई कायम राख्न एमालेकाे प्रयत्न गर्ने रहेने उहाँले बताउँनुभयाे ।पाल्पा पार्टीको बैठकलाई सम्वाेधनमा यो सरकारले काम गर्ने र जनतामा आशा जगाउने दावी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अर्को गठबन्धन बनाउने विकल्प नभएको समेत उहाँले बताउँनुभयाे। काँग्रेसले कोशीमा धोका दिइसकेकाले विश्वास टुटेको उहाँको कथन छ। उहाँले भन्नुभयाे, ‘एमालेले बेइमानी गर्दैन र गर्नेछैन। त्यसैले यो सरकार टिकिरहन्छ।’ उहाँले देशको हितमा एमाले सकारात्मक बनेर सरकारमा सहभागी हुने बताउँनुभयाे। उहाँले हतारमा कुनै पनि पार्टीसँग एकता नहुने नेता ज्ञवालीले भन्नुभयो।अहिले सहकार्यलाई बलियो बनाउँदै जाने हो,आपसमा आत्मियता, विचार, नीति, सिद्धान्त मिल्ने अवस्था आएपछि मात्र पार्टी एकता हुन सक्ने उहाँले स्पष्ट पार्नुभयाे।तत्काल पार्टी एकता भइहाल्छ कि भन्ने चिन्ता आम कार्यकर्ताले लिनु स्वभाविकै हो। यसमा तातो दूधले मुख पोलेको मान्छेलाई मही दिँदा पनि फुफु गरे जस्तै भएको छ। उहाँले भन्नुभयो चिन्ता लिनु पर्दैन,विगतका गल्ती दोहोर्‍याउने पक्षमा एमाले नेताहरू नरहेको उहाँले बताउँनुभयाे। आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गराउने हिसाबले जनताको काममा खटिन उहाँले आग्रह गर्नुभयाे। जनताको मत र मन जित्ने गरी काम गर्न जिल्लास्तरका नेता तथा कार्यकर्तालाई नेता ज्ञवालीले निर्देशन दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *