कानूनकाे अभाव देखाएर जनताको न्यायाेचित काम नगर्ने छुट कसैलाई छैन : लुम्बिनी प्रदेश सभाका सभामुख घर्ती

पाल्पा, रिब्दिकाट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि १३ औं गाउँसभा तथा अधिवेशनमा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले प्रस्तुत गर्नुभएको नीति कार्यक्रम एवम् गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेट रू.५३ कराेड ६८ हजार रूपैयाँकाे बजेटमा गाउँसभाकाे चाैथाे बैठकले महत्त्वपूर्ण छलफल सहित प्रस्तुत नीति कार्यक्रम र बजेट माथिकाे छलफल गर्दै चाैथाे बैठकबाट अधिवेशनकाे समापन भएको हाे ।

रिब्दिकाेट गाउँपालिकाकाे १३औं गाउँसभा तथा अधिवेशनकाे समापन कार्यक्रममा प्रमुख अतिथिकाे विषेश मन्तब्य राख्नुहुदै प्रदेश सभा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शासन प्रणालीलाई दाेष दिएर काेही पनि उम्कन नमिल्ने बताउँदै उहाँले देश समृद्ध बनाउन राज्य सञ्चालन गर्ने शासकहरूमा इमानदारीता हुनुपर्ने भन्दै शासकहरूमा इमानदारीता र इच्छाशक्ति भए पुग्ने बताउँदै संघीय शासन प्रणालीमा जनप्रतिनिधिकाे संख्या मात्रै हेरेर सिंङाे व्यवस्थालाई प्रश्न गर्न नहुने बताउनुभयो । प्रदेश सभामुख घर्ती मगरले गाउँसभालाई सम्वाेधन गर्नुहुदै उहाँले ” कुन प्रणाली चलाउँदा देश कंगाल हुन्छ ? कुन प्रणालीले देश समृद्ध हुन्छ ? भन्ने शासन प्रणालीकाे कुरा मुख्य हुन्न , त्यस देशका शासकहरू इमानदार हुनुपर्छ ।” भन्दै उहाँले जनप्रतिनिधिहरू धेरै देखिँदा सेवा सुविधा महगो देखिनु स्वभाविक भएको बताउँदै जनप्रतिनिधिहरूले गाउँबस्तीमा पुगेर गरेका कामले नै संघीयताकाे मर्म पूरागर्ने र “संघीय शासन प्रणालीमा प्रदेशका ५५० जना सांसदहरूकाे तलवभत्ता हेर्नुभयाे भने त्यो स्वभावतः महगो हुन्छ। तर तिनले गाउँबस्तीमा पुगेर गरेका कामकाे मुल्यांकन गर्दा त्यसको उपलब्धि धेरै हुन्छ ।” उहाँले भन्नुभयो ।

रिब्दिकाेट गाउँसभामा विशेष सम्वाेधन गर्दै सभामुख घर्ती मगरले जनताको काम गर्ने सवालमा कानुनी समस्या भए त्यसको हल गर्न तत्पर रहेको भन्दै उहाँले “कानुून तथा नीतिनिर्माणमा समस्या भए भन्नूपर्‍याे ।कानुनको अभाव देखाएर जनताको न्यायाेचित काम नगर्ने छुट कसैलाई नभएको बताउनुभयो ।” उहाँले जनप्रतिनिधिहरूलाई कानुनी शिक्षा दिन र कार्यान्वयनमा आएका कानुनको जटिलतालाई हल गर्न प्रदेश सभा सधैं तत्पर रहेको पनि उहाँले सम्वाेधनमा बताउनुभयो । संविधान अनुसार तीन तहको राज्य सञ्चालन भएको र काेही कसैले विराेध गरेर व्यवस्था परिवर्तन नहुने समेत उहाँले दावी गर्नुभयो । गाउँसभालाई विषेश सम्वाेधन पछिल्लो समय गाउँहरू रित्तिदै गएको सम्वाेधनमा तीनैतहका सरकारले कृषि, पशुपालन तथा अन्य आयआर्जनका लागि विकल्प खाेज्नुपर्ने बताउनुहुदै शुभकामना दिनुभएको थियोे ।

रिब्दिकाेट गाउँपालिकाकाे १३औं गाउँसभा तथा अधिवेशनकाे समापनकाे अवसरमा गाउँपालिकाका उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको थियोे । सम्मानित हुनेहरूमा विष्णुप्रसाद ढकाल , दिपा पछाई र सुमन रेस्मी रहनुभएकाे छ। १३औं गाउँसभा तथा अधिवेशनकाे समापनमा गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझी ,वडाअध्यक्ष साेमकुमार कार्की ,चिरञ्जीवी पाेखरेल ,ओमप्रसाद पाेखरेल, संस्थापक अध्यक्ष नारायण बहादुर जिसी, समाजसेवी गाेपाल बहादुर पाेखरेलले आ- आफ्नो धारणा सहितको शुभकामना मन्तब्य राख्नुभएको थियोे । बैठककाे कार्यसूचिअनुसार सभामा प्राप्त रायसुझाव विषयबस्तुलाई समावेश गरि गाउँसभामा पारित नीति कार्यक्रमलाई कार्यान्वयन गर्दै त्यसलाई गम्भीरताका साथ लागु गर्ने र समीक्षा गर्दै अघि बढने सभाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।

१३औं गाउँसभा तथा अधिवेशन बैठककाे गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीकाे अध्यक्षता गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीकाे स्वागत र प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालकाे सञ्चालनमा गाउँसभा समापन कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *