काफलबाट राम्रो आम्दानी लिदै पाल्पाका किसान : अत्यधिक हावाहुरी र पानीले पुर्‍याएकाे क्षतिमा चिन्तित भए किसान

पाल्पा, लामो समयको खडेरी पश्चात पानी परेपछि पाल्पाका धेरैजसो किसानहरूले राहत महशुस गर्दै खुसी भएका छन। तर माथागढी- ४ का किसानहरू भने हावाहुरीले पाकेको काफलमा नोक्सानी पुर्‍याइदिएपछि चिन्तित बनेका हुन्।झडेवाको मकले गोफदीका स्थानीयहरुले दैनिक जसो काफल बिक्री गरि नगद आम्दानी गर्ने गरेकोमा लामो खडेरी पछि परेको हावाहुरी सहितको असिना पानीले पाकेको काफलहरु झरेर खेर गएपछि चिन्तित भएका छन् ।

माथागढी गाउँपालिका मकले , गोफदी,झडेवाका स्थानीय किसानहरुले बर्षेनी काफल बेचेर नै राम्रो आम्दानी गर्दै आएकाे बताउँदै उहाँहरूले यसवर्ष पनि गत चैत्र १५ देखि जेठको ३ गते सम्म नीजि तथा सामुदायिक वन बाट गरी कूल ७ लाख २९ हजार ४ सय ८० रुपैयाँ गाउँलेहरुले आम्दानी गरेको माथागढीका स्थानीय लालु चिदीले कुराकानीमा बताउनुभयो। सुरुसुरुमा प्रति माना रु १ सय ६० रूपैयाँसम्ममा बिक्री भएको काफल अहिले भने प्रति माना ६० रुपैयाँमा मात्र बिक्री हुने गरेको छ उहाँले भन्नुभयो । हामीले टिपेर ल्याउने गरेको काफललाई देउगीरका ब्यापारी बालकृष्ण न्यौपाने ,पदम सिङ्जालीले खरिद गरी बुटवल र स्याङ्जा पठाउने गरेको उहाँले बताउनुभएको छ।

त्यस्तै रिब्दीकोट-४ कुन्नीगैरा, भैरवसथानका नारायण गन्धर्वले पनि काफल बिक्रिबाट राम्रो आम्दानी गर्नुभएको छ। फुर्सद्को समयमा काफल बेच्न जाने गन्धर्वले दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म काफल बिक्रीबाट आम्दानी गर्ने गरेको उहाँ बताउँनुहुन्छ।रिब्दीकाेटका गन्धर्व आफैले बेलुका र बिहान काफल टिप्ने गरेको बताउँदै यसरी टिपेर ल्याएको काफल दिनभर हार्थोक बजार , भैरवस्थान बजार लगायत अन्य ठाँउमा बिक्री गर्नेगरेको उहाँले भन्नुभयो । अहिले एकमाना काफलको सय रुपैया देखि एक सय पचास रुपैयासम्ममा बिक्री हुने गरेको छ उहाँ भन्नुहुन्छ।

यो वर्ष काफल पाक्ने समयमा अत्याधिक हावाहुरी असिना पानी पर्‍याे त्यसैले पाकेको काफलमा नाेक्सानी हुन पुग्यो, उत्पादनमा कमी भयो त्यही कारण पनि याे वर्ष महंगोमा काफल बिक्री भएको हाे उहाँले भन्नुभयो।रिब्दीकाेटकै स्थानीय कृष्ण गन्धर्वले पनि बर्सेनि काफल बिक्री गर्दै आउनुभएको छ । उहाँले काफल बिक्री गरेको आम्दानीबाट वर्ष भरिको नुन,तेल तथा घर खर्चकाे जोहो राम्रो गर्दै आएको बताउँदै उहाँले काफलकाे बिक्री राम्रो गर्ने गरेको र आम्दानी पनि राम्रै हुनुमा उपभोक्ताहरूकाे काफलमा बढ्दो रुचिका कारणले गर्दा याे व्यापार गरिब किसानका लागि गुजाराको माध्यम बनेको उहाँको भनाइ छ ।गन्धर्वका अनुसार किसानहरू प्रत्येक वर्ष चैतदेखि जेठ महिना को पहिलो हप्तासम्म काफलको सिजन रहेको भन्दै सिजनको सुरुमा काफल बजारमा ल्याउँदा बढी आम्दानी हुने गरेकाे उहाँले आफ्नो अनुभव रहेको सुनाउनुभयो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *