कामना सेवा बैंकको वित्तीय साक्षरता तथा स्टेसनरी वितरण : सरस्वती माविमा

नवराज ज्ञवाली पाल्पा, कामना सेवा विकास बैंक लिमिटेडले सरस्वती माध्यमिक बिद्यालय तानसेन-७ प्रभास, सुन्दरगाउँमा वित्तीय साक्षरता एवं स्टेसनरी वितरण कार्यक्रम गरेको छ ।

कामना सेवा विकास बैंकको शाखा कार्यालय तानसेनबाट भएको उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गत पाल्पाको सरस्वती माविमा गरिएको हाे । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि रिब्दिकाेटकाे लक्ष्मी माध्यमिक बिद्यालय मालमुलमा अध्ययनरत चालिस जना बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियोे । त्यस्तै बैंकले पाल्पाको तानसेनमा रहेको भगवती मन्दिर गुठी व्यवस्थापन समितिलाई रणउजेश्वरी भगवती जात्राकाे व्यवस्थापनमा पिउने पानी वितरण गरेको थियोे ।

कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरका शाखा कार्यालय मार्फत विभिन्न समयमा विभिन्न किसिमको सहयोगहरू उपलब्ध गराउँदै आएकोमा यसपटक शैक्षिक कार्यक्रम अन्तर्गत स्टेसनरी वितरण एवं वित्तीय साक्षरता कार्यक्रम गरेको शाखा प्रवन्धक प्रकाश कार्की बताउँनुभयाे ।

शाखा प्रवन्धक कार्कीले सरस्वती माध्यमिक बिद्यालय प्रभासमा वित्तीय साक्षरता कार्यक्रम गर्नुको उद्धेश्य बारेमा बताउँदै उहाँले कक्षा एकदेखि कक्षा बाह्रसम्मका बिद्यार्थीहरूलाई चाैविस सेट स्टेसनरी वितरण गर्दै वित्तीय साक्षरता कार्यक्रम गर्न यस बैंकका पूर्व सञ्चालक एवं सरस्वती मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पाेखरेल र बिद्यालयका प्रधानाध्यापक शंकरप्रसाद पाैडेलकाे भूमिका महत्त्वपूर्ण रहेको जानकारी दिनुभयो ।उहाँले बिद्यालयका कक्षा एघार र कक्षा बाह्रका सैतिस जना बिद्यार्थीहरूलाई वित्तीय साक्षरता गराएको बैंकका कर्जा प्रमुख कृष्ण शर्माले बताउँनुभयाे ।

कामना सेवा विकास बैंक लिमिटेड पाल्पाले गरेको वित्तीय साक्षरता कार्यक्रममा बैंकका शाखा प्रवन्धक प्रकाश कार्की, कर्जा प्रमुख कृष्ण शर्मा र कर्जा सहायक मदन भट्टराईले कार्यक्रमकाे सहजीकरण गर्नुहुँदै बैंकमा कसरी बचत गर्ने ,बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत तथा संस्थागत खाता सञ्चालन कसरी गर्ने ,बैंकबाट हुने कर्जा प्रवाह कसरी हुने गर्छ, बैंकहरूबाट गरिने काराेवारमा हुने सामाजिक फाइदा र वित्तीयक्षेत्रलाई नेपाल राष्ट्र बैंकले गर्ने निर्देशन र अनुगमन बारेमा वित्तीय साक्षरतामा बताउँदै सहजीकरण गर्नुभएको थियोे । वित्तीय साक्षरता कार्यक्रममा बिद्यालयका शिक्षक शिक्षिका र बिद्यार्थीहरूकाे उपस्थितिमा गरिएको कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पाेखरेलकाे अध्यक्षतामा भएको थियोे भने प्रधानाध्यापक शंकरप्रसाद पाैडेलकाे स्वागतमा औचित्यता प्रष्टाउदै सुरु बैंकका कर्जा प्रमुख कृष्ण शर्माकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *