किसानलाई उत्पादन आधारित प्रोत्साहन रकम दिदै : माथागढी

पाल्पा , माथागढी गाउपालिकाले किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिने भएको छ । माथागढी गाउँ कार्यपालिका बैठकले किसानका लागि समुह सहकारी मार्फत बेचबिखन गरेका कृषि उपजहरुमा उत्पादन आधारित थप प्रोत्साहन अनुदान दिने निणर्य गरेको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले कुराकानीमा बताउनुभयो ।

अध्यक्ष चिदीले गाउँपालिकाले किसानहरूलाई कृषि र पशुपालनतर्फ थप प्रोत्साहन गर्ने उद्देश्य अनुसार नै उत्पादनमा आधारित नगद अनुदानको व्यवस्था गर्दै कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले गाउँपालिकालाई कृषिमाआत्मनिर्भर बनाउन कै लागि उत्पादन आधारित प्रोत्साहन अनुदानकाे ब्यवस्था गर्दै किसानले जति धेरै कृषि  उत्पादन गर्यो उति धेरै प्रतिफल प्राप्त हुने गरी निर्णय गरेपछि गाउँमा कृषि उत्पादन समेत बढ्ने विश्वास गाउँपालिकाले लिएकाे अध्यक्ष चिदीले भन्नुभयो ।

त्यस्तै माथागढी-१ का वडाअध्यक्ष एवं सामाजिक विकास समिति संयोजक राजकुमार पन्थीले गाउँ  कार्यपालिकाले उत्पादन आधारित प्राेत्साहन रकम उपलब्ध गराउन बैठकबाट पशुजन्यमा मासु बाख्रा लोकल कुखुरामा प्रति केजी रु २५,पाडा,बङ्गुरमा प्रतिकिलो १५, दुग्धमा ५ प्रति लिटर, तरकारी तथा फलफुलमा प्रति किलाे ५,अदुवा, बेसार लगायत मसलाजन्य उत्पादनमा प्रतिकिलो ५ रुपैयाँ सहित उत्पादन आधारित प्राेत्साहन रकम अनुदान दिने माथागढी गाउँपालिकाकाे कार्यपालिका बैठकबाट  निर्णय भएको बताउनुभयो । उहाँले गाउँगाउँमा व्यवसायिक उत्पादन बढाउन र कृषि आधारित उद्योग सञ्चालनमा समेत यस्तो अनुदानले सहयोग पुग्ने बताउँदै वडाअध्यक्ष एवं  सामाजिक विकास संयाेजक पन्थीले गाउँपालिका भित्र सबैले ब्यवसायिक उत्पान बढाउनका लागि  प्रोत्साह अनुदान व्यवस्था गरिएको बताउनुभयो । उहाँले उत्पादन आधारित भएपछि कोही पनि कृषि  कर्मगर्ने किसान र कृषि आधारित उद्योगहरू मारमा नपर्ने कुराकानीमा बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *