कुसुम बहुउद्देश्यीय सहकारीकाे महिला उपसमितिद्वारा तीज विशेष कार्यक्रम

पाल्पा, कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे तानसेन सेवा केन्द्रकाे समन्वयमा सहकारीको महिला उपसमितिकाे आयोजनामा तिज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ।सहकारीले तानसेनकाे बिशालबजारमा केन्द्रीय कार्यालय सहित रूपन्देही,पाल्पा र गुल्मीमा सेवा केन्द्र मार्फत आफ्नो गतिविधि गर्दै आएको छ।

सहकारीले सञ्चालनकाे छाेटाे अवधिमा नै शेयर सदस्य र सदस्यहरू बीच विश्वास जित्न सफल रहेको सहकारीले तीन जिल्लामा सेवा केन्द्र मार्फत आर्थिक काराेवार गर्दै आएको छ।कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य केन्द्रीत भई आफ्ना कामआर्थिक गतिविधिहरू गर्दै आएकोमा भविष्यमा सहकारीले विशिष्टिकृत कार्यक्रमहरू बनाई आफ्ना दीर्घकालीन साेँच लक्ष्य अनुसारको परियोजना सञ्चालन गर्ने गरि सहकारी संस्था अघि बढेको संस्थाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि केशव ढकाल “सुरेश” ले जानकारी गराउँनुभएको हाे।

तानसेन सेवा केन्द्रकाे महिला उपसमितिद्वारा आयाेजित कार्यक्रममा विशिष्ट अतिथि रामप्रसाद ढकाल ,पाल्पा सेवा केन्द्र प्रमुख मथुरा पराजुली , रमा पन्त ,सिद्धार्थ प्रिमियम इन्स्योरेन्स पाल्पा शाखा प्रमुख ताराप्रसाद खनाल र संगीता भट्टराईले तिज विशेष कार्यक्रममा बाेल्दै शुभकामना दिनुभएको थियोे । सहकारीले महिलाहरुको महान पर्व हरितालिका तीजकाे अवसरमा गरिएको तिज विशेष कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना र प्रशासकीय अधिकृत रमा श्रेष्ठलाई सम्मान गरेको छ।

सहकारीले तीज विशेष कार्यक्रम गर्दै सहकारीसंग आबद्ध रहेर विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ट ब्यक्तित्वहरूलाई सम्मान गर्दै आएकोमा यसपटक भने जिल्ला प्रशासन कार्यालय पाल्पामा कार्यरत दिदिबहिनीहरूलाई सम्मान गरेको हाे।तिज विशेष कार्यक्रमकाे सहकारी महिला उपसमिति प्रमुख कमला शर्माकाे अध्यक्षतामा उपप्रमुख अम्बिका तिमिल्सिनाकाे स्वागत र महिला उपसमिति सचिव सुमित्रा रायमाझीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *