कुसुम बहुउद्देश्यीय सहकारीको दाेस्राे साधारण सभा सम्पन्न

पाल्पा , तीन जिल्ला कार्यक्षेत्र रही पाल्पा,गुल्मी र रूपन्देहीमा सेवा केन्द्र मार्फत काराेवार गर्दै आएको कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । तानसेनकाे बिशालवजारस्थित केन्द्रीय कार्यालय रहेको सहकारी संस्थाले तीन जिल्लाबाट शेयर सदस्यहरूलाई सेवा दिदै आएको छ। संस्था स्थापनाकाे छाेटाे समयमा लाेक प्रियता हासिल गरेको कुसुम सहकारीले एक हजार पाँच सय हाराहारीमा सदस्यहरूलाई सेवा दिदै आएको हाे।

संस्थाकाे दाेस्राे वार्षिक साधारणसभा तानसेन त्रिभूवन बहुमुखी क्याम्पसकाे सभा हलमा संस्थाका अध्यक्ष केशवराज ढकाल “सुरेश” को वार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयाेजक रामप्रसाद ढकालकाे लेखा प्रतिवेदन प्रस्तुत संगै सुरु भएको कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधि ,शेयर सदस्यहरू समाजसेवी, प्राध्यापक, बुद्धिजीवी लगायतको उपस्तिथि रहेको थियो । सहकारी संस्थाकाे दाेस्राे वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले उद्घाटन गर्दै सहकारीले कृषिक्षेत्रमा लगानी बढाउनुपर्ने र रोजगार तथा उद्यमशीलतालाई बढाउनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले सहकारी नाफामुलक नभई जनसेवाका लागि सञ्चालित हुनुपर्ने भन्दै उहाँले सहकारी बाट यस्ताे कार्य गरेमा सहकारीहरुले तिर्दै आएको करको दायरा घटाउनलाई लागि आफूले सभामा जोडदार रूपमा माग राख्ने समेत उहाँले बताउँनुभयो ।

विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सांसद खेम सारुले मुलुकको अर्थतन्त्रलाई पुनः निर्माण गरी त्यसलाई सन्तुलित बनाउने भूमिका यस किसिमका सहकारीले मात्रै गर्न सक्ने हुनाले कृषि र पर्यटनमा लगानी बढाउनलाई सुझाव दिदै उहाँले यस कार्यमा सहकारीले विशेष ध्यान दिन जरुरी रहेको बताउँनुभयो । कार्यक्रमका विशेष अतिथि एवं जिल्ला ऋण तथा वचत सहकारी सङ्घ पाल्पाका अध्यक्ष जगदीश भट्टराईले सहकारीहरुले उत्पादन गर्ने उद्योग र व्यवसायीसँग मिलेर लगानी गर्नुपर्नेमा जोड दिनुभयो । दाेस्राे वार्षिक साधारणसभाकाे अध्यक्षता सहकारी संस्थाका अध्यक्ष केशवराज ढकाल “सुरेश”ले गर्नुभएको थियोे ।

साधारणसभामा आमन्त्रित अतिथि एवं शेयर सदस्यहरूलाई संस्था सहसचिव बिनाेद ढकालकाे स्वागत र सहकारी शिक्षा उपसमिति संयाेजक हिरा आचार्यकाे सञ्चालनमा वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *