कृषकहरुलाई उद्यमी बनाउदैँ पूर्वखोला गाउँपालिका

पाल्पा, पूर्वखोला गाउँपालिकाकाे कृषि तथा पशु उद्यमशीलता विकास परियोजना हस्तान्तरण तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।परियोजना हस्तान्तरण तथा समीक्षा कार्यक्रममा पूर्वखाेला गाउँ कार्यपालिकाका पदाधिकारी , कर्मचारी, परियोजना साझेदार संस्थाहरु हेफर प्रोजेक्ट नेपाल र समाज उत्थान सहयोग केन्द्र, देवीनगरको सहभागितामा परियोजना हस्तान्तरण तथा समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

पूर्वखाेला गाउँपालिका कृषि शाखाकाे समन्वयमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना कार्यक्रमकाे आयोजनामा भएको परियोजना हस्तान्तरण तथा प्रगति समीक्षा कार्यक्रममा प्रतिनिधीसभा सदस्य नारायणप्रसाद आचार्यले परियोजनाले पूर्वखोला गाउँपालिकाकाे समग्र विकास कृषि तथा पशु उद्यम क्षेत्रबाट हुने भन्दै कृषिमा काम गर्ने किसानहरुलाई यसले उद्यमी बनाउन सहयोग पुर्‍याउने र प्रविधि सहितको सीप हस्तान्तरण र कृषिको क्षेत्रमा महत्त्वपूर्ण याेगदान हुने उहाँले बताउनुभयो । कार्यक्रममा बाेल्दै प्रतिनिधि सभाका सदस्य आचार्यले स्थानीय तहहरूले साझेदार संस्थाहरुसंग मिलेर काम गर्दा नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आएको महसुस आफुले गरेको बताउनुभयो ।

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य खेमबहादुर सारुले साझेदार संस्थाहरुसंगको अनुभव र स्थानीयतहको स्रोतसाधनकाे प्रयोग गरेर नागरिकलाई उद्यमशील बनाउने काममा परियोजना सफल भएको बताउनुभयो ।

पूर्वखाेला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले परियोजना सञ्चालनमा धेरै विषयबस्तुहरु सुधार गर्नुपर्ने देखिएको भएपनि परियोजना सञ्चालनले नागरिकहरुको आयस्तरमा वृद्धि संगै जिविकाेपार्जनमा समेत सहज भएको बताउनुभयो ।

कृषि तथा पशु उद्यमशीलता विकास परियोजना हस्तान्तरण तथा समीक्षा कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, कृषि शाखा प्रमुख सन्तोष कंडेल, हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम प्रबन्धक प्रेमकुमार साम्बयू, हेफर प्राेजेक्ट नेपाल कार्यक्रम अधिकृत मदन पौडेल, देवबहादुर ढेंगा लगाएतले परियोजनाबाट हुने फाईदा, कृषि तथा पशु उद्यम विकास क्षेत्रमा सुधार गर्नुपर्ने विषयबस्तुमा केन्द्रीत रहि चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *