कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत रामपुरका महिलालाई बाख्रा उपहार

पाल्पा, रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत महिलाहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, पछौटेपन उन्मुलन समाज बेस नेपालको सहजिकरणमा सञ्चालनमा रहेको परियोजना मार्फत बाख्रा उपहार प्रदान गरिएको हो ।

जिविकोपार्जनमा सहजता ल्याउन रामपुर नगरपालिका वडा नं. ३, ६, ७, ८, ९ र १० का ९ वटा महिला समुहलाई एक कार्यक्रमका विच ६० वटा बाख्रा उपहार प्रदान गरिएको हो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने सहित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बाख्रा उपहार हस्तान्तरण गर्नु भएको थियो । बाख्रा उपहार प्रदान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले महिलहरुलाई आत्मनिर्भर तथा स्वावलम्बी बनाउन बाख्रा उपहार प्रदान गरिएको बताउनुभयो । उहाँले प्राप्त बाख्राको उचित हेरचाह गर्दै व्यवसायीक बन्न आग्रह गर्नुभयो । नगरपालिकामा बाख्रापालनको राम्रो सम्भावना रहेकाले विगतमा बाहिर बाट बाख्रा आयात गरी वितरण गरीए पनि यस पटक नगर भित्रका कृषकहरु बाट खरिद गरी विक्री गरिएको बताउनुभयो ।

रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना संयोजक सञ्जु परियारले माग र आवश्यकताको आधारमा बाख्रा वितरण गरिएको जानकारी दिनुभयो । जस अनुसार वडा नं. ३ को अकलादेवी स्वावलम्बन महिला समुहलाई १९ वटा, वडा नं. ६ को कालिका स्वावलम्बन महिला समुहलाई ५ वटा, नवदुर्गा स्वावलम्बन महिला समुहलाई ३ वटा, वडा नं. ७ को मौलाकालिका स्वावलम्बन महिला समुहलाई ८ वटा, मिलिजुली स्वावलम्बन महिला समुहलाई ३ वटा, शित्तल नगर स्वावलम्बन महिला समुहलाई ५ वटा, वडा नं. ८ को दिदीबहिनी स्वावलम्बन महिला समुहलाई ५ वटा, वडा नं. ९ को सशक्तिकरण स्वावलम्बन महिला समुहलाई ४ वटा र वडा नं. १० को मिलनसार स्वावलम्बन महिला समुहलाई ९ वटा बाख्रा प्रदान गरिएको थियो । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना संयोजक सन्जु परियारले गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *