कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाकाे कार्य प्रगती समीक्षा सहित सामाजिक परिक्षण सम्पन्न

पाल्पा, रिब्दीकाेट गाउँपालिकाकाे सहयोग र ग्रामीण आर्थिक विकास संघ रेडा-पाल्पाको सहजीकरणमा हेफर इन्टरनेशनल अन्तर्गत (हेफर प्राेजेक्ट)बाट सञ्चालित आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत रिब्दीकाेट गाउँलालिकाकाे कृषि शाखा अन्तर्गत रहेको कृषि तथा पशु उद्यमशीलता विकास परियाेजनाकाे कार्य प्रगति समिक्षा, सामाजिक परिक्षण तथा परियोजना समापन एवं हस्तान्तरण रिब्दिकाेट गाउँपालिका र हेफर प्राेजेक्टका बीच सम्पन्न भएको छ । रिब्दिकाेट गाउँपालिकाकाे सहयोगमा ग्रामीण आर्थिक विकास संघ( रेडा-पाल्पा )को सहजीकरणमा हेफर इन्टरनेशनलकाे हेफर प्राेजेक्ट नेपालले कृषि तथा पशु उद्यमशीलता विकास परियोजना कार्यक्रम सम्पन्न भएको हाे ।

रिब्दीकाेट गाउँपालिकामा हेफर इन्टरनेशनल, ग्रामीण आर्थिक विकास संघ( रेडा-पाल्पा ) समन्वय तथा सहकार्यमा रिब्दिकाेट गाउँपालिकाकाे साझेदारीबाट कृषि तथा पशु उद्यमशीलतामा युवा,महिला कृषकहरूलाई व्यवसायिक उद्यमका कार्यहरूमा सीप तथा प्रविधिकाे हस्तान्तरण गरी व्यवसायिक उद्यमी तयार गर्नका लागि आर्थिक बर्ष २०७९/८० का लागि गाउँपालिकासंग गरिएको सम्झाैता अनुसार परियाेजना कार्यक्रमकाे कार्य प्रगति समीक्षा सहित समापन एवं हस्तान्तरण गरिएको गाउँपालिका लेखा अधिकृत मन्जु पन्थीले बताउनुभएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि एवं रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिकाकाे सहयोगमा ग्रामीण आर्थिक विकास संघ ( रेडा-पाल्पा) को सहजीकरणमा हेफर प्राेजेक्ट नेपालकाे साझेदारीमा कृषि तथा पशु उद्यमशीलता परियाेजना रिब्दिकाेटमा सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा अध्यक्ष कार्कीले परियाजनाले गाउँपालिकाभित्रकाे बेरोजगार युवा र विदेशबाट स्वदेश फर्किएका युवा तथा महिला हरूलाई उद्यमी, स्वराेजगार बनाई आत्मनिर्भर बनाउने कार्यमा यस कार्यक्रमले सफलता प्राप्त गरेको भन्दै अध्यक्ष कार्कीले याे परियाेजनाले हाल गाउँपालिका भित्रका कृषकहरूकाे मागमा आधारित तथा हावापानी सुहाउने क्षेत्रकाे छनाेट गरी कृषि तथा पशु पालन अन्तर्गत बंगुर पालन पकेटक्षेत्र,अदुवा पकेटक्षेत्र, अकबरे खुर्सानी पकेटक्षेत्र,बाख्रा पालन पकेटक्षेत्र,तरकारी उत्पादन पकेटक्षेत्रकाे निर्माण,भकाराे सुधार कार्यक्रम,आधुनिक बाख्राकाे खाेर निर्माण जनस्तरमा आवश्यक कार्यक्रमहरूकाे सञ्चालनले गाउँपालिकाकाे आर्थिक समृद्धि प्राप्त गर्न सघाउने बताउँदै अध्यक्ष कार्कीले दुग्धलाई एकत्रित गर्न भैरवस्थानमा रहेको दुग्ध संकलन केन्द्र मार्फत दुधकाे संकलन एवं प्रशाेधन कार्यलाई अघि बढाउँदै दुग्धकाे बजारीकरणलाई जाेड दिएकाे बताउनुभयो । उहाँले परियाेजनाले गाउँपालिकामा बिशेष गरि कृषि तथा पशु उद्यमअन्तर्गत अदुवा,बेसार,अकबरे खर्सानीकाे उत्पादनमा जाेड दिएकोमा आगामी दिनमा अकबरे खुर्सानीकाे उत्पादनसँगै बजारीकरणका लागि खुर्सानीलाई संकलन केन्द्रकाे माध्यमबाट व्यवस्थित गर्दै लैजाने, बजारीकरणमा जाेड दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । हाल रिब्दीकाेट गाउँपालिका अकबरे खुर्सानी उत्पादन पकेटक्षेत्रकाे रूपमा विकास भइरहेको र कृषकहरू पनि खुर्सानीकाे उत्पादनमा आकर्षित भइरहेको अवस्थामा उत्पादित खुर्सानीकाे भण्डारण, बजारीकरण,बजार मुल्य निर्धारण जस्ता विषयहरू चुनाैतीपूर्ण रहेको बताउनुभयो । आगामी बर्ष गाउँपालिकाले गाउँपालिकाबाट उत्पादित भएको खुर्सानीकाे बजारीकरण,विविधिकरणमा गम्भीरतापूर्वक याेजना बनाएर अगाडि बढ्ने समेत अध्यक्ष कार्की बताउनुभयो ।

कार्यक्रममा ग्रामीण आर्थिक विकास संघ (रेडा-पाल्पा) का कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले गाउँपालिकाकाे विकट क्षेत्रका वडाका नागरिकलाई उद्यमशील बनाउन ज्ञान सिप र पूँजी नभएका युवा तथा महिलाहरूलाई संस्थागत रूपमा काम गर्न नसकेका उद्यमीहरूलाई गाेलबन्द गर्न परियाेजना सञ्चालन गरिएको बताउनुभयो ।महिलाहरूलाई आर्थिक सशक्तीकरण गरी परिवार,समुदायमा नेतृत्व विकास गराउने,अग्रसरताकाे माध्यमबाट संगठित गरी सिङ्गाे समाजकाे विकास गर्न व्यक्ति र परिवार , समाजमा याेगदान पुर्‍याउने गरी सक्षमताकाे वृद्धिसँगै सफल एवं उदाहरणीय उद्यमीकाे रूपमा परिचित बनाउन हेफर परियाेजनाले कार्य गर्दै आएको निर्देशक कार्कीले बताउनुभयो । गाउँपालिकामा पाँचवटा उद्धेश्यका साथ परियोजना सञ्चालन गरिएको उहाँले बताउनुभयो । युवा र महिलालाई सशक्तीकरण गर्ने,महिलालाई क्षमता अभिवृद्धि गर्ने ,सीप विकास गर्ने,आर्य आर्जनकाे वृद्धिका लागि अकबरे खुर्सानी,अदुवा खेती,दुग्ध उत्पादन, कृषि उपजका सामाग्री वितरण गर्ने, बजारीकरण गर्ने,समुह गठन गरी उत्पादन भएको बस्तुकाे बजारीकरणमा सहजीकरण गर्ने गरी कार्य गरेको र समूह गठन,सवलीकरण सहकारी संस्थाकाे गठन हेफर प्राेजेक्ट परियाेजना माध्यमबाट गरिएको बताउनुभयो । उहाँले परियाेजनाकाे सम्झौता अवधि करिव अन्तिम चरणमा रहेकोले सामाजिक परिक्षणका लागि प्रक्रियागत प्रगती प्रदान गर्न, सराेकारवालाहरूलाई जानकारी गराउन र परियाेजनाकाे चुनाैतीकाे बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयाेजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा हेफर प्रोजेक्टका वरिष्ठ कार्यक्रम अधिकृत बिष्णु पाण्डेले याे तीस महिनाकाे अवधिमा रिब्दीकाेट गाउँपालिकामा करिब २ हजार ९४ जना कार्यक्रमबाट उद्यमी तयार भएकाे बताउँनुहुदै परियाेजना सञ्चालनका क्रममा गाउँपालिकाले रू. ३ कराेड ८३ लाख ५९ हजार १ सय २४ र हेफर प्राेजेक्टबाट रू.१ कराेड २७ लाख ८६ हजार ३ सय ७५ रूपैयाँकाे लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले बेसार खेती प्रवर्द्वन कार्यक्रम अन्तर्गत ४ सय ८ राेपनी क्षेत्रफलमा करिब ४८ हजार ९ सय ६० केजी बेसार लगाइएको बताउनुभयो । हेफर प्राेजेक्टले काेभिडकाे समयमा १५ लाख गाउँपालिकालाई सहयोग प्रदान गरेको बताउँनुभएकाे थियाे । उहाँले कृषकहरूलाई परम्परागत कृषि कर्मबाट माथि उठाउन र कृषि उत्पादनलाई प्रविधिमैत्री बनाउन ४५ वटा मिनिटिलरलाई खरिद गरी करिव १३ लाख ५० हजार बराबरको ५०% लागत साझेदारीमा कृषकहरूलाई वितरण गरिएको बताउँदै हेफरका वरिष्ठ कार्यक्रम अधिकृत पाण्डेले टनेल,प्लास्टिक पाेखरी , कृषि जन्य बीउबिजनहरू लगायतका कृषि उपकरणहरूकाे वितरण गरिएको बताउनुभयो ।

कार्यक्रममा रिब्दिकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले नेपाल कृषि प्रधान देश रहेको बताउँदै उहाँले अधिकांश नागरिक कृषि पेशामा आश्रित रहेकोले पनि कृषि उत्पादनमा प्रविधिकरण गर्न गाउँपालिकाले आगामी आर्थिक वर्ष संस्थासँग सहकार्य गरी कृषि तथा पशुजन्य क्षेत्रमा उद्यमशीलता कार्य गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्षता गर्नुहुदै रिब्दिकाेट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सहयोगी संस्थाहरूसँग सहकार्य गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको ज्ञान, अनुभुव हुनेभएकोले सहकार्य हुन आवश्यक रहेको बताउनुभयाे । उहाँले गाउँपालिकाकाे कृषि तथा पशु उद्यमशीलता सम्बन्धि लक्ष्यलाई मूर्तरूप प्रदान गर्नका लागि सहयोगी संस्थाहरूले सिकेका ज्ञानसीप र अनुभवहरूलाई व्यवहारिकता प्रदान गर्न सके मात्र सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा रिब्दिकाेट गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि वडाअध्यक्ष, गाउँकार्यपालिका सदस्य लगायत ग्रामिण आर्थिक विकास संघ ( रेडा-पाल्पा ) , हेफर प्रोजेक्ट नेपालका कर्मचारी र गाउँपालिकाका कर्मचारीहरूको उपस्थितिमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाकाे कार्य प्रगति समीक्षा सहित सामाजिक परिक्षण कार्यक्रम रिब्दिकाेट गाउँपालिकामा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *