कृषि प्राविधिक पढ्दै व्यवहारिक ज्ञान सिक्दै लक्ष्मीका विद्यार्थी

पाल्पा, तानसेन नगरपालिका-५,बन्दिपाेखरामा अवस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूले कृषिधार तर्फकाे ९-१२बाटै कृषि प्राविधिक विषयमा पढ्दै र कृषि फर्मकाे कर्म गर्दै आई रहनुभएको छ । लक्ष्मी माध्यमिक विद्यालयले सैद्धान्तिक पढाइसंगै व्यवहारिक ज्ञान दिने उद्धेश्य अनुसार कृषि फर्म सञ्चालनमा ल्याएर अहिले विद्यार्थीहरूलाई कक्षाकाेठाकाे अध्ययनसंगै व्यवहारिक ज्ञान र सीप सिकाउन विद्यालयकाे आफ्नै चालिस राेपनी जग्गामा ग्रिन हाउस (टनेल) निर्माण गरि कृषि फर्म मार्फत विद्यार्थीहरू कृषि फर्ममा तरकारीकाे उत्पादन गर्नमा विद्यार्थीहरू लागि पर्नुभएकाे हाे।

वि.सं.२०२० सालमा स्थापना भएको लक्ष्मी माविकाे अवस्था हेर्दा निकै अब्बल र भुकम्प प्रतिरोध भवन, आवासीय छात्रावास उच्च प्रविधिको विज्ञान तथा कृषि प्रयोगशाला, कम्प्युटर प्रयाेगशाला, गुणस्तरीय चमेनागृह, शुद्ध खानेपानी,स्वास्थ्य चेकजाँच सहित विशेष सुविधा सहितअध्ययन हुने गरेको याे विद्यालय तानसेन बजारकाे मध्य भाग देखि पश्चिममा अवस्थित रहेको छ।विद्यालयले अध्यापनकाे क्रमश स्तर वृद्धि गर्दै माध्यमिक तहमा कक्षा सञ्चालन गर्दै आएकोमा वि.सं. २०७० सालदेखि कक्षा ९-१२ काे प्राविधिक धारमा कृषि वाली विज्ञान कक्षा सञ्चालन गरि पठनपाठन सुरु गरेपछि अहिले प्राविधि धार तर्फकाे कृषि बाली विज्ञानमा अहिले सम्म ७४ जना विद्यार्थीहरूले अध्ययन गरि प्राविधिक धारकाे कृषि वाली विज्ञानबाट वार्षिक परीक्षामा सहभागी भई ४६ जना विद्यार्थीले उत्तीर्ण गरेकाे विद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद सिग्देलले बताउँनुभयाे । उहाँले अहिलेसम्म कृषिकाे प्राविधिक धारबाट सहभागी मध्येबाट दस जनाले निजामतीकाे सेवामा कार्यरत रहेकोमा एक जनाले उक्त सेवाबाट सिटिइभिटी प्रवेश गरि सेवारत रहेको बताउँदै पूर्व विद्यार्थी सराेज बाेहराले ctevt मा र अर्का विद्यार्थी पुकार कार्कीले निजामती सेवामा रही कृषि जाेन पाल्पामा सेवारत रहेको प्रधानाध्यापक सिग्देलले जानकारी गराउँनुभयाे। माथागढी-१चिदीपानीका छात्रा मन्दिरा सारूले बाली विज्ञान विषय लिएर अध्ययन गरिरहनु भएको छ। उहाँले आफ्नो घर नजिकैकाे विद्यालयमा अन्य विषयमा पढाइ हुने गरेकोले पनि आफु तानसेनकाे लक्ष्मी माविमा आई पढ्न लागेको बताउँदै भविष्यमा कृषि प्राविधिक बन्ने लक्ष्य उद्देश्यले यहाँसम्म आइपुगेको बताउँनुभयाे।

त्यस्तै विद्यालय अध्ययनरत विद्यार्थीकाे भनाइ अनुसार अहिले देशमा दक्ष कृषि प्राविधिकको अभावमा उच्च माग रहेकोले पनि हामीहरूले यसतर्फ आफ्नो रुचि राखेकोले प्राविधिक धारतर्फ कृषि बाली विज्ञान विषयलाई कक्षा ९ देखि उक्त विषय लिएर अध्ययन गरिरहेको उहाँ हरूको भनाइ रहेको छ ।

विद्यालयमा तानसेन-११ बाँझाका आशिष गाेदार पनि कृषि तर्फ बाली विज्ञान लिएर पढिरहेकाे बताउँनुहुन्छ । उहाँले पनि अहिले कृषि प्राविधिककाे माग बढी रहेकोले यस विषयमा अध्ययन गर्दै आएको बताउँनुहुन्छ।आफ्नो बाल्यकाल देखि प्रविधिमा रूचि रहेकोले आफ्नो रूचि अनुसार वाली विज्ञान विषयमा अध्ययन गरेकाे उहाँले बताउँनुभयाे।

विद्यालयका कृषि संयाेजक अमर गाहाले टाढाका विद्यार्थीलाई लक्षित गरि आवासीय सुविधा दिन आवासगृह सञ्चालन गरेकाे बताउँदै अहिले आवासगृहमा चालिस जना विद्यार्थीले बसेर सेवा लिइरहेको गाहाले बताउँनुभयाे । विद्यालयले प्राविधि धार कृषि बाली विज्ञानमा अध्ययनरत विद्यार्थीका लागि सैद्धान्तिक पठनपाठन संगै व्यवहारिक ज्ञान सीप सिकाउन भन्दै आफ्नै आन्तरिक स्राेतकाे लगानीमा ग्रीन हाउस (प्लास्टिक घर) निर्माण गरि अहिले त्यही ग्रिन हाउसबाट अध्ययनरत विद्यार्थीलाई व्यवहारिक सीप दिन (प्लास्टिक घर) भित्र राेपेका बिरूवाहरूकाे गोडमेल तथा रोग कीरा नियन्त्रणका जैविक विषादी दिने र मलखाद् राख्ने काममा बाली विज्ञानमा अध्ययनरत विद्यार्थीहरू खटिरहेकाे विद्यालयका कृषि संयाेजक गाहाले भन्नुभयो ।

यता अभिभावकहरू पनि विद्यालयले प्राविधि धारतर्फ कृषि बाली विज्ञानमा कक्षा सञ्चालन गरिदिएपछि प्राविधिक बन्ने सपना बाेकेर बाहिर जानुपर्ने बाध्यता हटेको र यही बस्ने अवसर मिलेको भन्दै आफ्नो छोराछोरीहरूले घरकै खाना खाएर आफ्नै गाउँठाउँकै विद्यालयमा कृषि विषयमा पढ्न पाएकाेमा खुशी हुदै समान्य खेती किसानी गर्ने हामी अभिभावकहरूका लागि ठूलो राहत भएको बताउँदै तानसेन -११ बाँझाका देवबहादुर गाेदार र माथागढी गाउँपालिका-१ चिदीपानीका सुलभ सारू निकै खुशी भएको बताउँनुहुन्छ। उहाँहरूले कुराकानीमा भन्नुभयाे आर्थिक अवस्थाकै कारण अन्यन्त्र गएर कृषि विषय लिइ पढ्न नसक्ने अवस्थाका धेरै विद्यार्थीहरूका लागि लक्ष्मी माविले सुरु गरेको प्राविधिक धार कृषि तर्फ बाली विज्ञान पढाइले राहत पुगेको महशुस हामीले गरेका छाैँ उहाँहरू भन्नुहुन्छ । विद्यालयले गरेको याे कार्य प्रशंसा याेग्य रहेको भन्दै प्राविधिक धारकाे पठनपाठन व्यवहारिक, सीप मुलक र प्रभावकारी रहेकोले पनि यसतर्फकाे अध्ययनमा विद्यार्थीहरूकाे आकर्षणदिनहुँ बढेको अभिभावक देवबहादुर गाेदारकाे भनाइ रहेको छ।

विद्यालयका अधिकांश अभिभावकहरूले भन्नुहुन्छ आर्थिक अभावले बीचमा पढाइलाई छाेडी पूर्णविराम लगाउनुपर्ने अवस्थाका धेरै विद्यार्थीहरूलाई राहत पुगेको हामीले अनुभव गरेका छाैँ। त्यसैले विद्यालयकाे प्रविधि धारकाे बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई राहतकाे अनुभव भएको हामीले बुझेका छाैँ विद्यालयबाट गरेको याे प्रयासले हामी सामान्य खेती किसानी गर्ने अभिभावकलाई ठूलो सहयोग पुगेको बताउँदै यसले हाम्रा बालबालिकाहरूलाई आफ्नै घर नजिकको विद्यालयमा पढ्ने अवसर दिएको आफूले रोजेको विषयमाअध्ययन गर्न पाउनु नै गर्भकाे विषय रहेको भन्दै विद्यालयकाे जति प्रशंसा गरेपनि कमै हुने अभिभावककाे भनाइ छ। विद्यालयले प्राविधि धारतर्फ कृषि बाली विज्ञान विषय सुरू गरेपछि कृषितर्फकाे बाली विज्ञानमा अहिलेसम्म ४६ जना विद्यार्थीले कृषि तर्फ उत्तीर्ण गरेकाे विद्यालयले जनाएको हाे।

उत्तीर्ण भएका विद्यार्थीमध्ये दस जनाले निजामती सेवा प्रवेश गरि सेवारत हुनुहुन्छ। निजामती सेवामार्फत कृषि जाेन पाल्पामा सेवारत रहनुभएकाे छ। विद्यालयले पहिलो प्राथमिकता दिएको बाली विज्ञान विषयमा अध्ययन गरिरहेका विद्यार्थीले भविष्यमा गाउँमै कृषि उद्यमकाे माध्यमबाट स्वरोजगार र आत्मनिर्भर बन्न पाइने भएपछि निकै उत्साहित देखिएकाे र विषेश रूचिका साथ विद्यार्थीलाई कृषि क्षेत्रमा प्रयोग हुने पुरानो तथा नयाँ विज्ञानकाे मिश्रण गरेर सिकाउँदा सिकाइ क्रियाकलाप समेत प्रभावकारी भएको भन्दै विद्यार्थीलाई पढाइसँगै फिल्डमै लगेर समेत असल कृषि अभ्यासको ज्ञान सिकाउने गरिएको विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *