कृषि विकास बैंककाे वार्षिकाेत्सवमा वित्तीय संस्था कर्मचारी संघद्वारा रक्तदान

रूपन्देही संवाददाता , कृषि विकास बैंक लिमिटेडकाे ५७ औं वार्षिकाेत्सवकाे अवसरमा नेपाल वित्तिय संस्था कर्मचारी संघ लुम्बिनी प्रदेशले भैरहवास्थित बैंककाे प्रादेशिक कार्यालयमा रक्तदान गरेकाे छ।बैंकको वार्षिकोत्सब कार्यक्रमकाे अवसरमा बैंकका कर्मचारी र वित्तीय संस्था कर्मचारी संघबाट रक्तदानमा ३१ जनाले रक्तदान गर्नुभएको थियो ।

संघका प्रदेश अध्यक्ष प्रकाश भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंकका केन्द्रीय उपाध्यक्ष अब्दुल मतिन मुसलमान, नेपाल वित्तिय कर्मचारी संघका केन्द्रीय उप-महासचिव रामचन्द्र विक,कृषि विकास बैंक प्रादेशिक कार्यालयका निर्देशक नारायणप्रसाद आचार्य, संघका केन्द्रीय सदस्य नवराज गाैतम गणेश श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *