खेलकुदकाे सम्भावना,अवसर र चुनाैती विषयमा अन्तरक्रिया


पाल्पा, अधिक सम्भावना भएर पनि सुस्ताएकाे खेलकुद गतिविधिलाई चलायमान बनाउने उद्धेश्यका साथ विश्व खेलकुद पत्रकार दिवसकाे अवसरमा खेलकुदकाे अवस्था र सम्भावना चुनाैती विषयक तानसेनमा आयोजित कार्यक्रममा बाेल्नुहुदै खेलसंग सम्वन्धित विचार राख्नुहुदै वक्ताहरुले तराईको उखरमाउलो गर्मीमा भन्दा पहाडमा खेलकुदका गतिविधि बढाउने हो भने अवसर,चुनाैती दुवै रहेको भन्दै स्थानीय, संघीय र प्रदेशस्तरका खेलकुद गर्न सकिने सम्भावना प्रशस्त भए पनि खेलसम्बद्ध संस्थाहरुको चासो नहुँदा खेलसंग सम्वन्धित गतिविधिहरू हुन नसकेको बताउनुभएको थियोे ।

नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाले विश्व खेलकुद पत्रकार दिवसकाे अवसरमा पाल्पामा आयोजित ‘खेलकुदको अवस्था र सम्भावना’ विषयक अन्तरक्रियामा सहभागी वक्ताले यस्तो बताउनु भएको हाे । अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले जिल्ला खेलकुद विकास समिति र खेलसंग सम्बन्धित संघसंस्थाहरुमा बजेट अभाव रहेको भन्दै जिल्लामा खेलकुद गतिविधि नगर्दा नै खेल सम्वन्द्ध खेलाडीहरु पलायन हुनुपरेको समेत बताउनुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष एवं प्रमुख अतिथि रेखीराम रानाले पछिल्ला दिनमा पाल्पा जिल्ला फुटबल संघको गतिविधिले खेलकुद नै चलायमान बनाएको बताउनुहुदै उहाँले खेलकुद गतिविधिबाट प्रत्यक्ष लाभ लिने क्षेत्र होटल तथा उद्योग व्यवसायी र व्यापारीहरूले खेलकुदको विकासका लागि सहयोग गर्नुपर्नेमा केवल लाभमात्र लिने तर खेलकुदका लागि कुनै किसिमको सहयोग नगर्ने परिपाटी रहेको अध्यक्ष रानाले बताउनुभयो ।

त्यस्तै पाल्पा जिल्ला फुटबल संघका पूर्व महासचिव भरत शर्माले फुटबल, भलिबल जस्ता खेलले नेपालमा उत्कृष्ट स्थान हासिल गरेको इतिहास भएपनि पछिल्लाे समय खेलका लागि भौतिक पूर्वाधार तयार नभएका कारणले खेलक्षेत्र सुस्ताएको बताउनुहुदै उहाँले पाल्पामा खेलकुदको विकासका लागि एकेडेमी आवश्यकता रहेको बताउँदै त्यसका लागि पाल्पाले जग्गा व्यवस्थापन गर्न नसकेकाे र जग्गा अभावकै कारणले पाल्पामा फुटबल एकाडेमी बन्न नसकेर अन्यत्र गएको स्मरण गर्नुभयो ।

जिल्ला खेलकुद विकास समिति पाल्पाका पुर्व अध्यक्ष करुणा काफ्लेले विगतमा खेलकुदको क्षेत्र धेरै अब्बल भएको बताउँदै पुरानो साख गुमेको बताउनुभयो ।

पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले सम्भावना भएर पनि आर्थिक स्रोत जुटाउन नसक्दा खेलकुदको गतिविधि अघि नबढेको बताउनुभयो । `मौसमका हिसाबले खेल क्षेत्रका लागि पाल्पा निकै राम्रो स्थान रहेको बताउँदै उहाँले खेलकुदलाई लगानी गर्नुपर्छ भन्ने भावना नै नभएकाले समस्या आएको हो´ उहाँले भन्नुभयो ।पाल्पाको खेलकुद विकासका लागि उद्योगी, व्यवसायी, होटल व्यवसायीले सहयोग गर्नुपर्ने समेत उहाँको भनाई थियो ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विक, नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष मन गैरे, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश लेखा समिति संयोजक मुक्तिप्रसाद न्यौपाने, समाजवादी प्रेस संगठनका अध्यक्ष पदम गैरेले पाल्पामा खेलकुदको गतिविधि संचालन गर्दा व्यवस्थापन राम्रो भयो भने सफलता पाइन्छ भन्ने केही समय अगाडि सम्पन्न फुटबल प्रतियोगिताले देखाएको बताउनुभयो ।

नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला अध्यक्ष माधव अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सदस्य कृष्ण कार्कीकाे स्वागत र कोषाध्यक्ष कमल अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *