खेलकुद पत्रकार मञ्च पाल्पा अध्यक्षमा  अर्याल

पाल्पा, खेलकुद पत्रकार मञ्च पाल्पाको भेलाबाट माधव अर्याल अध्यक्षमा चयन हुनुभएको छ।चाैथाे भेला तथा अधिवेशनबाट खेलकुद पत्रकार मञ्च पाल्पाकाे नाै सदस्यीय समिति चयन गरेको हाे । 

नेपाल पत्रकार महासंघ पाल्पा शाखा तानसेनमा आयोजित चौथो जिल्ला भेला तथा अधिवेशनले  अर्यालको अध्यक्षतामा नाै सदस्यीय समितिलाई  चयन गर्दै उपाध्यक्षमा देब पचभैया, सचिव बिजय बौडेल कोषाध्यक्ष कमल अधिकारी सह सचिब दुर्गेस मल्ल र सदस्यहरूमा कृष्ण कार्की, बिष्णु खनाल र दयाराज न्यौपाने चयन हुनुभएको छ । एक जना सदस्य पछि मनोनीत गरिने जानकारी निर्वाचन मण्डलका सदस्य गोबिन्द भट्टराईले गराउँनुभयाे ।

खेलकुद पत्रकार मञ्च पाल्पा शाखा कार्यक्रममा केन्द्रिय प्रतिनिधी प्रतिज शाक्य, जिल्ला खेलकुद विकास समिती पाल्पा कार्यवाहक अध्यक्ष दिपक घिमिरे पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, प्रेस युनियनका भरत शर्मा, प्रेस चाैतारी नेपाल सचिव नारायण न्याैपाने, प्रेस सेन्टर कार्यवाहक अध्यक्ष नवराज ज्ञवाली लगायतले निर्वाचित समितिलाई शुभकामना दिनुभएको थियो। भने निर्वाचित अध्यक्ष माधव अर्यालले नयाँ समितिकाे तर्फबाट आगामी दिनमा गर्ने मञ्चका गतिविधि र कार्यक्रम सहितकाे प्रतिवद्धता ब्यक्त गर्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *