गाउँपालिकास्तरीय महिला सञ्जालकाे सचेतनामूलक लोकगीत प्रतियोगिता : बगनासकालीमा


पाल्पा, बगनासकाली गाउँपालिकाले पालिकास्तरीय महिला सञ्जालकाे आयोजनामा सचेतनामूलक लोकगीत प्रतियोगिता सम्पन्न गरेको छ ।बगनासकाली गाउँपालिकाले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर बगनासकाली महिला सञ्जालद्वारा आयोजित प्रतियोगितामा गाउँपालिकाका नाैवटै वडाबाट उल्लेखनीय सहभागिता रहेको थियो ।
बगनासकाली गाउँपालिकाको सम्भावना महिलाहरूका समस्या र पालिकालाई भन्नुपर्ने कुरा भन्ने शिर्षक आधारित रचनामा रहेर सहभागी महिलाहरूले लाेकगीत गाउँनु भएकाे थियाे । प्रतियोगितामा वडा नं. २ अमराई माथिल्लो आमा समूह प्रथम , वडा नं. ४ कालिका स्वास्थ्य आमा समूह द्वितिय , वडा नं. ५, चिदीकोट महिला समूह तृतीय र वडा नं. ७ खानीगाउँ महिला समूहले प्रतियोगितामा सान्त्वना हुनुभएको छ ।

बगनासकाली महिला सञ्जालकाे आयोजनामा भएको सचेतता मुलुक लाेकगीत प्रतियोगितामा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, नि.प्रमुख प्रशासकीय अधिकृत गुनाराम खनाल, प्रवक्ता टिकाबहादुर थापा, महिला सञ्जालकी सदस्य चन्द्रकला न्यौपाने लगायतले महिलाको हक अधिकारका विषयमा बाेल्नुहुँदै आआफ्नो धारणा राख्नुभएको थियो । लाेकगीत प्रतियोगितामा गाउँपालिकाका आलेप अधिकृत यादव न्यौपाने,प्रशासन शाखा अधिकृत सुजन घिमिरे र एम.आई.एस. अपरेटर भोजराज भट्टराईले निर्णायकको भूमिकामा रहनुभएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *