ग्लाेबल डेरीकाे ‘बुद्धभूमि’ ब्रान्ड महीकाे व्यावसायिक उत्पादन

कपिलवस्तु संवाददाता, कपिलवस्तुको बुद्धभूमि नगरपालिका स्थित ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु गरेको छ । उक्त डेरी उद्योगले वैैशाख महिनाकाे पहिलो हप्तादेखि दैनिक एक हजार लिटर महीको व्यावसायिक उत्पादन र बिक्रीवितरण गर्दै आएको हो ।पचास करोड रूपैयाँकाे लगानीमा ९ वर्ष अघि सुरु भएको डेरी नेपालकै दोस्रो ठूलो डेरी रहेको र उद्योगले नेपालमै पहिलोपटक बोतलिङ र लेभलिङ गरी महीको व्यवसायिक उत्पादनलाई सुरु गरेको दाबी गर्दै डेरी उद्योगले एक लिटरको बोतलमा “बुद्धभूमि “ मही बजारमा ल्याएको छ ।

सुरुकाे पहिलो चरणमा डेरीले कपिलवस्तुकाे दुईवटा स्थानीय क्षेत्रकाे बजारमा दैनिक एक हजार लिटर मही बिक्रिवितरण गर्दै आएको उद्योग सञ्चालक जनक न्यौपानेले बताउनुभयाे । “बुद्धभूमि” ब्रान्डमा बजारमा आएको महीको उपभोक्ता मूल्य पचास रूपैयाँ कायम रहेको उहाँले भन्नुभयो । बुद्धभूमि मही बोतल र स्टिकरमा मात्र पन्ध्र रुपैयाँ खर्च भएकाले उद्योगको प्रतिबोतल लागत चालिस रुपैयाँ रहेको न्यौपानेले बताउनुभयाे ।अहिलेलाई उत्पादन गरेको पाँच दिनसम्म मही उपभोगयोग्य हुने उद्योगले जनाएको छ । ‘दैनिक उत्पादन हुने एक हजार लिटर मही पाँच दिन अगावै बिक्रि भएको छ, बजारबाट एकदमै राम्रो रेस्पोन्स आएको छ’, न्यौपानेले भन्नुभयाे यसबाट हामीलाई राम्रो ऊर्जा प्राप्त भएको बताउनुभयो ।बजारमा पाइने बहुराष्ट्रिय र अन्य कम्पनीका चिसो पेय पदार्थको विकल्पमा उपभोक्ताहरूले यतिबेला स्थानीयरूपमा उत्पादन भएको महीलाई राम्रो भनेर प्रयाेग गर्दै सकारात्मक प्रतिक्रिया दिदै आएपछि आफुहरू उत्साहित भएको सञ्चालन न्यौपानेले बताउनुभयाे ।

आगामी दिनमा उत्पादित महीको बिक्रिवितरणलाई प्रदेशभर र भविष्यमा देशभर पुर्‍याउने लक्ष्यसहित खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट महीको छुट्टै अनुज्ञापत्र लिने प्रक्रियाअघि बढेको छ भन्दै उद्योगमा लगानी थपेर उत्पादनकाे काम गर्न लागेको डेरी उद्योगका अध्यक्ष थानेश्वर न्यौपानेले बताउनुभयाे ।अन्य चिसो पेय पदार्थको तुलनामा मही मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक बताउँहुन्छ । उहाँले भारतमा समेत व्यवसायिक मोहीको बिक्रि भइरहेको बताउँदै डा.पाठकले यहाँ नेपालमा पनि यसलाई प्रवर्द्धन गर्नसके राम्रो हुने बताउनुभयो ।

पहिलोपटक महीको लेभल सहित व्यवसायिक उत्पादन गर्नलाई सफल भएमा किसानहरूको दुध बिक्रि नहुने समस्यालाई समेत हल सकिने भएकोले हामीले नयाँ साेँच सहित व्यवसायिक मही उत्पादन गर्न सुरु गरेको उद्योगका सञ्चालक कमल न्यौपानेले बताउनुभयाे । हाल डेरी उद्योगबाट दैनिक पचास हजार लिटर दुग्ध बिक्रिवितरण गरिरहेको र उद्योगले भविष्यमा डेरीबाट धुलो दुग्ध (पाउडर) दुग्ध उत्पादन र महीको उत्पादन बढाएर दैनिक एक लाख लिटर दुग्ध व्यवस्थापन गर्ने योजना रहेको न्यौपानेले बताउनुभयाे।नारायणी पूर्वमा सातवटा पाउडर दुग्ध उद्योग रहेकाे बताउँदै तर नारायणी पश्चिममा एउटा पनि पाउडर दुग्ध उद्योग नभएकाेले पनि सरकारले यसकाे लागि अनुमति दिनुपर्ने उहाँको माग छ । यो उद्योगकाे लागि लुम्बिनी प्रदेशकाे ८१ स्थानबाट दुग्ध संकलन केन्द्र सञ्चालनमा रहेको छ उहाँले भन्नुभयाे। पन्ध्र हजार किसान डेरीसंग आबद्ध रहेका छन् उहाँले बताउनुभयो । उद्योगले दुई सय जनालाई प्रत्यक्ष रोजगारी दिएको डेरी अध्यक्ष थानेश्वर न्याैपानेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *