ग्लोबल अपरच्युनिटीकाे वैदेशिक अध्ययनका लागि अनुशिक्षण

पाल्पा, ग्लोबल अपरच्युनिटी नेपालकाे आयोजनामा क्रियटिभ कम्प्युटर इन्सटिच्युटकाे समन्वयमा उच्च शिक्षाअध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अनुशिक्षण कार्यक्रम प्रदान गरिएको छ । ग्लोबल अपरच्यूनिटी नेपालले तानसेनकाे हाेटल पाैवामा एक कार्यक्रमका बीच विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई मार्गनिर्देशन गर्ने उद्देश्य अनुसारकाे अनुशिक्षण कार्यक्रम आयोजना गरेको कम्पनीका प्रवन्ध निर्देशक सुन्दर चालिसेले बताउनुभएको हो ।

कम्पनीका बुटवल शाखा प्रमुख अस्मित बहादुर पाेखरेलले देश भरका विभिन्न पाँच सय बढी कलेजसंग सहकार्य गरेर विदेशका कलेजमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि यसले मार्गनिर्देशन गर्ने काम गरिरहेको बताउनुभयो ।

ग्लोबल अपरच्यूनिटी नेपालका प्रवन्ध निर्देशक सुन्दर चालिसेले पाल्पामा क्रियटिप कम्प्युटर इन्स्टिच्यटकाे समन्वयमा कार्यक्रम गर्दै अब ग्लोबल अपरच्युनिटीकाे शाखा पाल्पाकाे तानसेनमा क्रियटिपमा कम्प्युटर इन्स्टिच्युटमा रहने जानकारी दिनुभयो ।

कार्यक्रममा क्रियटिप कम्प्युटर इन्स्टिच्युटका प्राेपाइटर अर्जुन घिमिरेले विदेशमा अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरुका लागि पाल्पाबाट आफुले समन्वय शाखाकाे रूपमा काम गर्ने अवसर प्रदान गर्नुभएको ग्लोबल अपरच्युनिटी परिवारलाई आभार ब्यक्त गर्दै उहाँले अब पाल्पाबाट विदेश अध्ययनका लागि जानेहरूका लागि समन्वयात्मक काम गर्ने बताउनुभयो ।

ग्लोबल अपरच्युनिटीका प्रवन्ध निर्देशक चालिसेले अध्ययन गर्न विदेश जाँदा लाग्ने आर्थिक खर्च, जिपीए, आवेदन दिँदा चाहिने आवश्यक कागजात, आईएलटिएस पोईण्ट, परिवारकाे आर्थिक अवस्था ,आम्दानी, कागजी प्रक्रिया कसरी मिलाउने लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले विदेश अध्ययन गर्न जाँदा कम खर्च लाग्ने शहर, कम अपराधिक गतिविधी हुने स्थानहरूका बारेमा समेत विद्यार्थीहरु पहिले नै जानकार भएर जानुपर्नेमा जोड दिनुभयो ।

ग्लोबल अपरच्युनिटीसंगकाे सहकार्यमा गर्ने काम र गतिविधि बारेमा बताउँदै क्रियटीभ कम्प्यूटर इन्स्टिच्यूट पाल्पाका प्रमुख अर्जुन घिमिरेले विदेश गइसकेपछि अध्ययन गर्दा ध्यान दिनुपर्ने कुराहरु, विदेशमा अध्ययन गरेर फर्केपछि नेपालमा त्यसको सम्भावना लगायतका विषयमा पहिले नै जानकार भएर जानु राम्रो हुने भएकाले पाल्पामा अनुशिक्षण कार्यक्रम गरिएको उहाँले बताउनुभयो । प्रमुख घिमिरेले अष्ट्रेलिया, यूके, क्यानडा, यूएस लगायतका देशमा विद्यार्थीको आकर्षण बढी भएको भन्दै त्यहाँ जान चाहने विद्यार्थी र अभिभावकहरुलाई मार्गनिर्देशन गर्ने काम आफूहरूले गर्दै आएको जानकारी दिनुभयो ।अनुशिक्षण कार्यक्रममा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको समेत क्रियटिप कम्प्युटर इन्स्टिच्युटका प्रमुख घिमिरेले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *