ग्लोबल आइएमई बैंकको सेवामा चमत्कार : अब नगद तथा चेक जम्मा मेसिन सिष्टमबाट

पाल्पा, ग्लोबल आइएमई बैंक लिमिटेडले सेवाग्राहीहरूकाे सेवा प्रवाहमा विशेष ध्यानदिदै सेवामा नयाँ चमत्कार गरेको छ । बैंकले अब आफ्ना सेवाग्राहीहरूलाई मेसिनबाटै सोझै नगद एवं चेक खातामा जम्मा गर्न सक्ने गरि सेवा सुरू गर्दै सेवाप्रवाहमा चमत्कार गरेको छ ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त नयाँ सेवाको शुभारम्भ गर्नुभएको हाे । उहाँले काठमाडौंको कमलादीमा बैंकको नयाँ सेवाको शुुभारम्भ गर्नुहुदै भन्नुभयो अब बैंकबाट ग्राहकहरुलाई नविनतम सेवा सुविधा दिने उद्देश्यका साथ बैंकले नयाँनयाँ सेवा विस्तारमा रहेको र आफ्नो वा अन्य बैंकको ग्राहकको खातामा नगद तथा चेक जम्मा गर्न ल्याउने रकम तथा चेक अव मेसिन सिष्टमबाट गर्न सकिने गरि सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष ढकालले बताउनुभयाे ।

बैककाे सेवा सञ्चालनमा आएसँगै अब बैंकका सेवाग्राहीहरूले बैंकका कर्मचारीको सहयोग विना कुनै भौतिक फारम नै नभरी केवल खाता नम्बरकोआधारमा मेसिनबाट सोझै नगद तथा चेक जम्मा गरी सेवाग्राही ग्राहकहरूको खातामा तुरुन्तै रकम जम्मा गर्न सक्ने छन् उहाँले भन्नुभयो ।

बैंकमा हुने नगद तथा चेकको कारोबारलाई ग्राहकमैत्री बनाउने उद्धेश्यअनुसार आफ्नो बैंकमा भाैतिक उपस्थित विनै मेसिनबाट नगद तथा चेक जम्मा गर्ने प्रविधि ल्याइएको बैंकले जनाएको छ ।

नयाँनयाँ प्रविधिको विकास र नयाँ प्रणालीहरुको प्रयोगबाट बैंक नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरु प्राप्त गर्न भौतिक फारम भर्नुपर्ने तथा बैंकको काउन्टरमा लाइन बस्नुपर्ने हालको अवस्थाअन्त्य भई ग्राहकहरूलाई सहज सुविधा पुग्ने ,सेवामुखी भई बैंकले गुणस्तरीय सेवाप्रवाहमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ अध्यक्ष ढकालले भन्नुभयो ।

ग्राहकहरुले मेसिनको माध्यमबाट ९५ हजार सम्म नगद जम्मा गर्न सक्ने छन् । ग्राहकहरुले खातामा रहेको मौज्दात तथा खाता सम्वन्धि जानकारी, मिनी स्टेटमेण्ट र स्टेटमेण्ट प्रिन्ट पनि उक्त मेसिनबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले नगद तथा चेक डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि काठमाडौंकाे पाँचठाउँमा गरेको छ भने नगद जम्मा गर्ने मेसिन काठमाडौंको कमलादी र न्युरोडमा छ। बैंकले काठमाडौं बाहिर इटहरी, नारायणघाट र बुटवलमा उक्त सेवालाई प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *