छहरा आयुर्वेद औषधालयकाे पुर्वकर्म र पञ्चकर्म सेवा प्रारम्भ

पाल्पा,रैनादेवी छहरा-४,काफलबुटास्थित रहेको छहरा आयुर्वेद औषधालय मार्फत पुर्वकर्म एवं  पञ्चकर्म सेवा सुचारु गरिएको छ ।मानिसहरूकाे बदलिँदो जीवनशैली र अस्वस्थकर आहारका कारणले हुने शारीरिक निस्क्रियतालाई हटाउन र व्यायामको कमीजस्ता कारणले मानव शरीरभित्र सञ्चित हुँदै जाने अनावश्यक विकार पदार्थ बाहिर निकाली शरीरका भित्रि अंग सफा गर्ने संशोधन क्रिया पञ्चकर्म चिकित्सा आयुर्वेद चिकित्साको एउटा महत्वपूर्ण पाटो भएको भन्दै छहरा आयुर्वेद औषधालयबाट समेत यो सेवालाई सुचारु गर्नु यहाँका नागरिकको लागि सकारात्मक पक्ष भएको छ्हरा आयुर्वेद औषधालयका प्रमुख श्री पंकज रायमाझीले बताउँनुभयो । उहाँले विभिन्न जडिबुटी र पानीको बाफद्वारा शरीर सेक्ने कामलाई पूर्वकर्म भनिन्छ भन्दै उक्त पूर्वकर्म क्रियाले पञ्चकर्ममा सहजता प्रदान गर्ने समेत बताउँनुभयो ।

छहरा आयुर्वेद औषधालय व्यवस्थापन समितिका उपाध्यक्ष नारायणी गहतराजको अध्यक्षता भएको  कार्यक्रममा जिल्ला समन्वय सदस्य बिष्णु घिमिरे प्रमुख आतिथ्यतामा अन्य सरोकारवालाहरू एवं   राजनितिक दल, स्थानीय समाजसेवी लगायतको उपस्थितीमा छ्हरा आयुर्वेद औषधालय मार्फत पुर्वकर्म र पञ्चकर्म सेवाको उद्धघाटन गरिएको थियो । छ्हरा आयुर्वेद औषधालय प्रदिप बैठाकाे  सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *