जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे वित्तीय साक्षरता गोष्ठी

पाल्पा, जनउत्थान सामुदायिक लघुवित्त बित्तीय संस्था लिमिटेड तानसेन शाखाको आयोजनामा वित्तिय साक्षरता तथा केन्द्रका प्रमुखहरू बीच साक्षरता सम्वन्धि गोष्ठी सम्पन्न भएको छ । सीप विकास महिला बैकिङ समुदाय प्रमुख संगीता दर्नालको अध्यक्षतामा भएको कार्यक्रमकाे संचालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियोे । अध्यक्ष विश्वकर्माले सीप जागर तथा उत्साह भएका महिलाहरु माझ पुगेर वित्तीय सेवा पुर्‍याउने र आयआर्जनमा टेवा पुर्‍याउने उद्धेश्यले संस्था स्थापना भएको जानकारी दिदै उहाँले संस्था नाफा मुखी नभई सेवा मुखी रहेको समेत बताउँनुभयो ।

सत्तरी जना सहभागी रहेको कार्यक्रममा सहजीकरण गर्नुहुदै उहाँले लघुबित्तको स्थापना तथा सुरुवाती चरण, बचत कर्जाको शिर्षक तथा संस्थाले दिने सेवा सुबिधा र संस्थागत सुचकरूकाे बारेमा बताउँनुभयाे ।सामाजिक बिकास एवं ग्राहक संरक्षण प्रवर्द्धन बिभाग प्रमुख सन्तोष रसालीले बित्तीय साक्षरताको विभिन्न शिर्षक भित्र रहेर छलफल गर्नुहुदै उहाँले लघुबित्तमा देखिएका चुनौतीहरू र त्यसलाई समाधानका उपायकाे बारेमा जानकारी गराउँदै उहाँले विद्युतिय चुलो बारे सदस्यहरु संग अन्तरक्रिया गरि गुनासो तथा सुझाव सङ्कलन गर्नुभएकाे थियोे ।वित्तीय साक्षरता कार्यक्रममा यस आर्थिक बर्षमा उत्कृष्ठ हुन सफल तीनवटा समुहलाई प्रमाण पत्र सहित पुरस्कृत समेत गरिएको उहाँले बताउँनु भएको छ ।

कार्यक्रममा गतिशील महिला बचत समुह सदस्य सन्तोषी श्रेष्ठले संस्थाले बेला बेला गर्ने गरेको सामाजिक क्रियाकलाहरु प्रशंसनिय रहेको बताउदै यस्ता कार्यक्रमबाट हामीहरूलाई वित्तीय परिचालन गर्न र उद्धेश्य अनुसारको काम गर्न सहज भएको बताउँनुभयो ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे होटल पौवा तानसेनमा भएको वित्तीय साक्षरता कार्यक्रमा तानसेन शाखा प्रमुख गंगा नेपालीकाे स्वागत र वित्तीय संस्थाका अनुगमन अधिकृत टोप बहादुर सुनारकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *