जनताको काममा जुट्न एमाले नेता गिरीको निर्देशन

रूपन्देही संवाददाता, बुटवल नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री रहनुभएका नेता लिला गिरीले पार्टीका कार्यकर्ताहरुलाई जनताको काममा जुट्न निर्देशन दिनुभएकाे छ ।नेकपा एमाले बर्दिया जिल्ला कमिटीले आयोजना गरेको पालिकास्तरीय प्रशिक्षण कार्यक्रममा पाेलिट ब्यराे सदस्य गिरीले पार्टी स्थापनाको लक्ष्य उद्देश्यअनुसार नेता तथा कार्यकर्ताहरू जनताको काममा जुट्न पर्ने भन्दै निर्देशन दिनुभएकाे हाे ।

बर्दिया जिल्ला इन्चार्ज समेत रहनुभएका लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री एवं पोलिटब्यूरो सदस्य गिरीले वर्गीय रुपमा पछाडि परेको वर्गको सुखमा मात्र होइन, दुःखमा पनि सँगसँगै काँधमा काँध मिलाएर अघि बढ्न कार्यकर्तालाई अनुरोध गर्नुभयाे । उहाँले अहिले पार्टीभित्र अवसर खोज्ने काम भईरहेकाे र काम नगर्ने परिपाटीको विकास भएको भन्दै उहाँले पद पाउनकै लागि मात्र राजनीति नगर्न अनुरोध गर्नुभयो ।

नेकपा एमाले बर्दिया जिल्ला कमिटीले साउन १५ गतेदेखि २२ गतेसम्म स्थानीयतहमा पार्टीका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रमकाे आयोजना गरेको छ । पालिकास्तरीय प्रशिक्षण कार्यक्रममा गिरीसँगै केन्द्रिय सदस्यहरु लक्ष्मण ज्ञवाली, शोभा ज्ञवाली, भिम केसी, खडकबहादुर खड्का तथा बर्दिया जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष शालिकराम अधिकारी र सचिव पदम ढकालले कार्यकर्ताहरूकाे प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दैआउनुभएकाे नेकपा एमाले बर्दियाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *