जनता माध्यमिक विद्यालयले ७२ औं बार्षिकोत्सव मनायो

पाल्पा, तानसेन -३ बसन्तपुरमा अवस्थित जनता माध्यमिक विद्यालयले स्थापनाकाे ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयकाे वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीकाे प्रमुख आतिथ्यतामा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा आफ्नो धारणा राख्नुहुँदै उहाँले विद्यार्थीहरुलाई उच्च शैक्षिक उपलव्धि हासिल गर्न कडा मिहिनेतका साथ अध्ययन गर्न आह्वान गर्नुभयो । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले पाल्पालाई शिक्षाको हब बनाउन यस विद्यालयले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने भन्दै उहाँले विद्यालयको अतिक्रमित जग्गा प्राप्तिका निम्ति सदैव आफ्नो साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पाल्पा क्षेत्र नं. १का संघीय सांसद नारायणप्रसाद आचार्यले आफु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहदा विद्यालयको प्रगतिका निम्ति आफू र आफ्नो टिमले खेलेको भूमिकाको स्मरण गर्दै जनता माध्यमिक विद्यालय पाल्पाले समयसापेक्ष आफ्नो शैक्षिक गतिविधिहरुलाई संचालन गर्न सकेकोमा खुशी ब्यक्त गर्नुहुदै भन्नुभयो विद्यालयले नेपालभरनै गुणस्तरीय शिक्षा र शैक्षिक गतिविधिमा आफ्नो अब्बलता राख्न सफल जनता विद्यालय मात्र नभएर सामुदायिक स्तरमा रहेका आवासीय विद्यालयले समेत आफ्नो उपलब्धिलाई अब्बल गर्न सकेको तथ्य प्रस्तुत गर्नुहुदै आफ्नो धारणा राख्नुभएको थियोे । कार्यक्रममा बाेल्दै उहाँले विद्यालयले आफ्नो भोगाधिकार भित्र रहेको जग्गा अतिक्रमण भएकोमा आपत्ति जनाउँदै विद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाउने व्यवस्था हुनुपर्छ भन्नुभयो ।

त्यसतै कार्यक्रममा लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले विद्यालयको भौतिक विकासका लागि आफ्नो भूमिका रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । शिक्षामा आमूल परिवर्तन गरी यसलाई युग सुहाउँदो बनाउनु पर्नेमा जोड दिँदै सुविधासम्पन्न बिग स्कुलको अवधारणा अनुसार विद्यालय संचालन हुनु राम्रो हुने विचार राख्नुभयो ।

लुम्बिनी प्रदेशका सांसद खेमबहादुर सारुले जनता विद्यालयबाट उत्पादित हजारौं विद्यार्थीहरुले देश विदेशका विभिन्न क्षेत्रमा रहि सेवा दिइरहेको चर्चा गर्नुभयो । उहाँले शिक्षालाई श्रमसंग जोड्नु आजको प्रमुख चुनौती रहेको बताउँदै उहाँले शिक्षा प्रविधिमैत्री हुनुपर्ने विचार राख्नुहुदै अब विद्यालयका भावी योजनाहरुमा आफुले सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनालले जनता विद्यालयले समाजमा शैक्षिक जागरण ल्याई थप उपलव्धि हासिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विषम परिस्थितिमा विद्यालय स्थापना भई शैक्षिक क्षेत्रमा यसले अग्रणी भूमिका खेलेको विचार राख्दै थप शैक्षिक गुणस्तर हासिल गर्न विद्यालयलाई सफलता मिलाेस भन्दै शुभकामना दिनुभयो ।

वार्षिकोत्सब कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कपिल कुँवरले विद्यालय स्थापना कालदेखि वर्तमान अवस्थासम्म आउदा विद्यालयको प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्ने अग्रजहरुको योगदानको स्मरण गर्नुभयो । उहाँले विद्यालयको संक्षिप्त इतिहास,विद्यालयको दूरदृष्टि सहित विद्यालयले हासिल गरेको प्रगतिविवरण उल्लिखित प्रतिवेदन प्रस्तुत गर्नुभयो ।उहाँले ६ करोड ८ लाख रु बराबरको आम्दानी खर्चसहितको विद्यालयकाे वार्षिकोत्सब कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियोे । प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुदै उहाँले विद्यालयको भावी योजना साथैे आगामी आर्थिक वर्षका लागि रु ४ करोड ५६ लाख रूपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।

वार्षिकोत्सव समारोहमा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भोजराज पोखरेलले विद्यालयका शिक्षक र वि व्य स परिवारले आफ्ना छोराछोरीलाई जेभिटी मै पढाएको जानकारी गराउनु भयो । पाल्पामा जनता विद्यालय अगुवा विद्यालय भएपनि यस विद्यालयलाई हेर्ने दृष्टिकोण फरक रहेको गुनासो गर्नुहुदै उहाँले आफ्नो जग्गा विद्यालयले भोगचलन गर्न नपाउँदा विद्यालयको प्रगतिमा बाधा परेको धारणा राख्नुभएको थियोे ।

सो अवसरमा पूर्व शिक्षक सरस्वती भट्टराईले आफूले स्थापना गरेको अक्षय कोषको रकम ५१ हजार पुर्‍याउन रु ३६ हजार विद्यालयलाई प्रदान गर्नुभयो । पूर्व प्रधानाध्यापक झमेन्द्रप्रसाद नेपालकाे धर्मपत्नी लक्ष्मी नेपालले विद्यालयमा रु १ लाख को अक्षयकोष स्थापना गर्नुभयो ।

त्यस्तै गरी पूर्व शिक्षक केदारलाल श्रेष्ठले पनि आफूले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा रकम थप गर्नुभएको थियो । कार्यक्रममा पूर्व वि व्य स पदाधिकारी तथा अक्षयकोष दातालाई प्रशंसा– पत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामजी पाेखरेलकाे अध्यक्षतामा विद्यालयका शिक्षक रामप्रसाद ढकालकाे स्वागत संगै अध्ययनरत विद्यार्थीहरुकाे आफ्नै मौलिक गीतमार्फत आमन्त्रित अतिथिलाई स्वागत गरिएकाे थियोे । वार्षिकोत्सब कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *