जिप दुर्घटनाका घाईतेहरुको लागि रक्त संकलन 

पाल्पा, तिनाउ गाउँपालिका-६ मस्याम चिदिसमा भएको जिप दुर्घटनामा परी घाईते भई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररतबिरामीहरू  लाई रक्त अभावमा नेपाल सशस्त्र प्रहरी वल ३५ नं.गुल्म तानसेन-१,ध्रुवघाट,पाल्पाका प्रहरीद्वारा रक्तदान गरि पन्ध्र युनिट रगत संकलन गरिएको  छ। ३५ नं.गुल्मका प्रहरी जवानहरू श्री कमल भुषाल, रामप्रसाद भुषाल, कृष्ण विक, लिलबहादुर लुङ्गेली, धनबहादुर पराजुली, पाण्डव न्याैपाने एवं  एकबहादुर विक रक्तदान गर्नुभएको थियोे । साेही रगत संकलनमा कार्यक्रममा अन्य रक्तदाताहरूले पनि रक्तदान गर्नुभएको लुम्बिनी मेडिकल कलेज  स्वास्थ्य बीमा बाेर्डका फाेकल पर्सन भक्तिराम न्याैपानेले जानकारी गराउँनुभयाे ।

त्यस्तै तानसेनमा नेपाल   रेडक्रस साेसाइटी पाल्पा शाखाले पनि रक्तदान कार्यक्रम गरेको छ ।  चिदिस दुर्घटनामा घाइते विरामीहरुको शल्यक्रिया तथा उपचारको लागि रगतको आवश्यकता परेपछि रेडक्रस सोसाईटी पाल्पाले पनि रक्तदान कार्यक्रम गरी रगत संकलन गरेको हो । सामाजिक सञ्जालमा सूचना राख्दै नेपाल  रेडक्रस साेसाइटी पाल्पा शाखाले जिल्ला प्रशासन कार्यालय अगााडि रक्तदान कार्यक्रम गरेको थियोे। लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा नेपाल रेडक्रस साेसाइटीका  पदाधिकारी,कर्मचारी तथा श्रीनगर युवा रेडक्रस सर्कलका युवाहरुको सक्रिय सहभागितामा रगत संकलन गरिएको थियो ।

रगत संकलन कार्यमा स्वतस्फुर्त रुपमा युवाहरुको सहभागीता रहेको जानकारी रेडक्रस पाल्पाका शाखा अधिकृत विनाेद भारतीले बताउँनुभयाे। नेपाल रेडक्रस साेसाइटी पाल्पाले सञ्चालन गरेको आपत्कालिन रगत संकलन कार्यक्रमबाट ३७ युनिट रगत संकलन भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *