जिल्लामै पहिलो पटक रिब्दीकाेटमा कपडा बैंककाे स्थापना

पाल्पा, रिब्दीकोट गाउँपालिकाले नाैलाे र फरक काम गर्ने साेँचले गर्दा नै बेलाबेलामा चर्चा पाउने गरेको छ । घरमा प्रयोग नभएका लत्ताकपडालाई संकलन गरी निःशुल्क उपलब्ध गराउने उद्देश्यले रिब्दीकाेट गाउँपालिकाले गाउँपालिकाकाे परिसरभित्र कपडा बैंकलाई स्थापना गरेको हाे ।

कपडा बैंकको संरक्षकमा महानायक राजेश हमाल रहनुभएकाे क्लोथ एण्ड फुड बैंक नेपालको सहकार्यमा एवं समन्वयमा रिब्दीकाेट गाउँपालिकाले कपडा बैंकको स्थापना गरिएको अध्यक्ष नारायण बहादुर कार्कीले जनाउनुभएकाे छ । उहाँले गाउँपालिकामा कपडा बैंकको उद्धघाटन गर्नुहुदै जनताले अहिले भौतिक विकास मात्र नभएर मानविय विकासको खोजी गरिरहेकाे बताउँदै उहाँले गाउँपालिकाले भौतिक विकासलाई मात्र नभएर मानवीय विकासको लागि पनि काम गर्नुपर्छ भन्ने उद्धेश्य बोकेर क्लोथ एन्ड फुड बैङ्क संगको सहयोगमा कपडा बैंक स्थापना गरि पुराना प्रयोगमा नआएका कपडा,जुत्ता,झोला, किताब सङ्कलन गर्ने र प्रशोधन गरेर आवश्यकता अनुसारको व्यक्तिलाई निःशुल्क प्रदान गर्ने बताउनुभयो ।

क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशका सबै स्थानीय तहमा समन्वय गरेर कपडा बैंकको स्थापनाको तयारी गरिएको बताउँदै अहिले रिब्दीकोट गाउँपालिकासंगकाे सहकार्यमा जिल्लामै पहिलो पटक सम्झौतापछि औपचारिक रुपमा क्लोथ बैंक सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले कार्यक्रमकाे औंपाेचारिक उद्घाटन कार्यक्रममा गाउँपालिकामा जम्मा भएका पुराना कपडालाई रिफाइन गरेर पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैङ्कको स्थापना गरिएको बताउनुभयो ।

कपडा बैंक स्थापना कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेल लगाएतले संकलित कपडा आवश्यकता अनुसारको समुदायका विपन्न घरपरिवारलाई निःशुल्क कपडा वितरण गर्ने उद्देश्य सहित गाउँपालपकामा कपडा बैंक स्थापना गरिएको बताउनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु,पत्रकार एवं क्लोथ एन्ड फुड बैंक नेपालका प्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *