जिल्ला स्तरीय तेक्वाण्डो प्रतियोगिता सम्पन्न

पाल्पा, जिल्ला आईटीएफ तेक्वाण्दो संघ पाल्पाको आयोजनामा शुक्रबार र शनिवार तानसेन पाल्पाको टुँडिखेलमा दशाैँ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।तेक्वान्दो प्रतियोगितामा महिला र पुरुषकाे जुनियर ,सिनियरको स्पाईरीङ र प्याट्रन गरी दुईवटा बिधामा बयालीस स्वर्ण,बयालीस रजत र साठी कास्यपदकको लागि तीन सय त्रिचालीस जना खेलाडीहरूले प्रतिष्पर्धा गरेका थिए ।

चाैध दोजाङका खेलाडीले प्रतिस्पर्धा गरेको यस प्रतियोगितामा नाै वटा स्वर्ण पदक सहित बिजु दोजाङ प्रथम, आठ स्वर्ण पदक सहित तानसेन दोजाङ द्वितीय ,सातवटा स्वर्णपदक सहित हिदन दोजाङ तृतिय भएका हुन् ।

प्रतियोगितामा महिला बेष्ट प्लेयरको उपाधि सिनियरमा एलिसा घर्तिमगर र पुरुषमा बिवेक बुढाले प्राप्त गर्नुभएको छ । जुनियरमा समिक्षा थापा र श्रीजल पाण्डे वेष्ट प्लेयर हुनुभयो ।पुरस्कार वितरण कार्यक्रममा भारतको हैदराबादमा सम्पन्न सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा तानसेन नगरपालिका -७, काजीपौवाका दुई जना पदक बिजेता खेलाडी हरुलाई सम्मान गरिएको थियोे ।

सम्मानित हुने खेलाडी एन्जल रेग्मी र रजन रेग्मीलाई पाल्पा जिल्ला आईटीएफ तेक्वाण्दो संघ पाल्पाले जनही पन्ध्र,पन्घ्र हजार नगद र प्रमाणपत्रले सम्मान गरेको छ । सो प्रतियोगितामा एन्जल रेग्मी एक स्वर्ण दुई कास्य र रजन रेग्मीले एक रजत ,एक कास्य पदक जित्नु भएको थियाे।दुई दिन सम्म संचालन भएको प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गर्दे लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले पाल्पामा मार्सलआर्टको कर्भडहल नभएको भन्दै उहाँले त्यसका लागि बजेट छुट्याउन पहल गर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य खेमबहादुर सारुले हजारौ संख्यामा याे खेल खेल्ने खेलाडी रहेता पनि यसमा सरकारको ध्यान जान नसकेकोमा अब राज्यलेत्यसतर्फ साेँच्न जरुरी रहेको बताउँदै उहाँले देशको गहनाका रुपमा रहेका खेलाडीहरुलाई उचित सम्मान सहित बजेट छुट्याउनु पर्नेमा जोड दिनुभयो ।कार्यक्रममा नेपाली काँग्रेस पाल्पा सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमाले पाल्पा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्र जिल्ला संयाेजक राजेन्द्र विक, पाल्पा जिल्ला खेलकुद विकास समिति कार्यबहाक अध्यक्ष दिपक घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पा सचिव यज्ञमूर्ति तिमिल्सिना लगायतले विजयी खेलाडीलाई शुभकामना दिनुभएको थियो ।

पाल्पा आईटिएफ तेक्वाण्दो संघका अध्यक्ष नीरबहादुर सारुको अध्यक्षता र सचिव नगेन्द्र मल्लको सञ्चालनमा तेक्वान्दो खेल प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको थियोे भने टुँडिखेल मैदानमा भएको प्रतियोगिता खेलको उद्घाटन जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनालले खेल शुभारम्भ गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *