जीर्ण बन्दै अस्पतालको भवन, नयाँ निर्माण गर्न जग्गा अभाव

पाल्पा, जिल्लाकाे सदरमुकाम तानसेनमा रहेको पाल्पा जिल्ला अस्पतालले जग्गाको अभावमा थप सेवा विस्तार गर्नमा समस्या देखिएको छ ।

जिल्ला अस्पताल पाल्पाले तिन वर्ष देखी जग्गा व्यवस्थापनलाई निरन्तरता दिदै खाेजी कार्य जारी गरेता पनि कहि कतैबाट जग्गा प्राप्त हुन नसकेको जनाउँदै थप सेवा विस्तारमा समस्या भएको पाल्पा अस्पताल व्यवस्थापन समिति अध्यक्ष गुँरास आत्रेयले बताउँनुभयाे । जिल्लाकाे पाल्पा अस्पताललाई लुम्बिनी प्रदेश सरकारबाट पचास शैयाकाे अस्पताल बनाउने घोषणा गरेकाे भएता पनि जग्गा अभाव र प्राप्त गर्न नसके कै कारणले गर्दा बनाउने घोषणा भएको अस्पताललाई पचास शैयाकाे निर्माण गर्ने कामकाे टुङ्गो लागेको छैन ।
अस्पतालले एक सय वर्ष पुरानो भवनमा पचास शैयाकाे भवन बनाउने कुरा भएन नयाँ भवन निर्माण गर्न अस्पतालको पर्याप्त जग्गा नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गुराँस आत्रेयले बताउँनुभयो । उहाँले नेपाल सरकारले हरेक आर्थिक वर्षमा विनियोजन गर्ने बजेट पनि फिर्ता हुने गरेको जानकारी गराउँनुभयाे ।

आर्थिक वर्ष २०८०/८१ मा पाल्पाकाे जिल्ला अस्पतालकाे नयाँ भवन निर्माणका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जग्गा परिपुर्ति नहुँदा र अस्पतालकाे नयाँ भवन निर्माणलाई टेन्डर पक्रिया अगाडि बढाउन नसकिएको समेत जिल्ला अस्पताल पाल्पाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विवेक भण्डारीले बताउँनुभयो ।

अस्पताल व्यवस्थापन समितिले नजिकै रहेको मोहन कन्या माविको जग्गालाई सट्ठीपट्टि गर्ने प्रक्रिया अघि बढाए पनि मन्त्री परिषद्वारा निर्णय हुन नसकेको अस्पतालले जनाएको छ ।

एकातिर मन्त्रि परिषदद्वारा निर्णय नआउनु ,अर्कोतिर यो वर्ष पनि विनियोजित बजेटको सदुपयोग नहोला भन्ने डरले पाल्पा जिल्ला अस्पताल व्यवस्थापन समितिले जग्गा मिलाउनलाई तानसेन नगरपालिकासंग आग्रह गरेको अस्पताल व्यवस्थापन समिति सदस्य शशी श्रेष्ठले बताउँनुभयो । उहाँले तानसेन नगरपालिकाले छलफल गरेर आफूहरूलाई छिट्टै नै जानकारी गराउने कुराकानीमा बताउँनुभयो ।

अहिले अस्पतालसँग सात रोपनी भन्दा बढी जग्गा रहेकाे भए पनि अस्पतालको नयाँ भवन बनाउन कम्तीमा १२ रोपनी जग्गा आवश्यक पर्ने भएकोले अस्पतालसंगकाे भएको जग्गाले नयाँ भवन बनाउन मापदण्डअनुसार नपुग्ने अस्पतालले जनाएको हाे । नयाँ भवन बन्न नसक्दा जीर्ण बनेको सय वर्ष पुरानो भवनबाट सेवा दिन वाद्य भएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले समेत बताउँनुहुन्छ । हाल पाल्पा अस्पतालमा पन्ध्र शैया मात्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *