जेठ १२ गतेदेखि टुँडिखेलमा ‘पाल्पा गोल्ड कप’ हुने

पाल्पा, तानसेन नगरपालिकाकाे टुँडिखेलमा यही  जेठ १२ गतेदेखि ‘पाल्पा गोल्ड कप’ प्रतियोगितामा फुुटबल खेल हुने भएको छ । जेठ १२ गतेदेखि २७ गतेसम्म तानसेन टुँडिखेलमा    समर नायक जनरल कर्णेल उजिरसिंह थापाको स्मृति सम्झनामा राष्ट्रियस्तरकाे “पाल्पा गोल्ड कप” प्रतियोगिता फुटबल खेल हुन लागेको हो ।

पाल्पाकाे टुँडिखेलमा हुन लागेको पाल्पा गाेल्ड कप फुटबल प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, स्याङ्गजा, कास्की, चितवन र काठमाडौ गरी १६ टिमको सहभागीता रहने जानकारी पाल्पा फुटबल संघले पत्रकार भेट गर्दै पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्रतियोगिताकाे आयाेजक रहेको पाल्पा फुटबल संघले पाल्पामा झण्डै ३३ वर्षपछि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्न लागेकाे समेत जनाएको छ ।

पाल्पा फुटबल संघले प्रतियोगितामा प्रथम हुने टिमले नगद तीन लाख रूपैयाँ र पाल्पाली करुवा ट्रफी र मेडल पाउनेछन् । यस्तै दोस्रो हुने टिमले नगद एक लाख पचास हजार रूपैयाँ सहित ट्रफी  पाल्पाली करुवा,मेडल र प्रमाणपत्र पाउने जिल्ला फुटबल संघ पाल्पा अध्यक्ष प्रणय विरजंग राणाले जानकारी गराउँनुभयाे। प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याचलाई तीन हजार रूपैयाँ नगद दिइने समेत अध्यक्ष राणाले जानकारी दिनुभयो। उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई  छ हजार रूपैयाँ नगद प्रदान गरिने उहाँले सम्मेलनमा बताउँनुभयाे ।

संघले प्रतियोगिताको मुख्य प्रायोजकको लागि सात लाख रूपैयाँ, सह -प्रायोजकका लागि चार  लाख रूपैयाँ र व्यानरका लागि पन्ध्र हजार रूपैयाँ  सहयोगको अपेक्षा गरेको जानकारी दिदै पत्रकार सम्मेलनमा अध्यक्ष राणाले बताउँनुभयाे । फुटबल प्रतियोगिता सम्पन्न गर्नका लागि एकाउन्न सदस्यीय मूलआयोजक समिति गठन गरेको छ ।

यस बाहेक आठ वटा विभिन्न उपसमिति गठन गरेर प्रतियोगिता खेल कार्यक्रम अघि बढेको जिल्ला फुटबल संघ पाल्पाले जनाएको हाे ।प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ लाई जानकारी गराइ सकेको अध्यक्ष राणाले भन्नु भयो। उहाँले पत्रकार सम्मेलनमा एन्फाकाे आर्थिक सहयोग प्राप्त नभएता पनि विभिन्न व्यक्ति, क्लब तथा स्थानीयतहबाट आर्थिक सहयोग जुट्ने  विश्वास आफुले लिएको अध्यक्ष राणाले बताउँनुभयाे ।

फुटबल प्रतियोगितामा १३ वर्षसम्मका  बालवालिकाहरूलाई निःशुल्क प्रवेश दिइने छ । अस्थायी प्याराफिटमा बस्ने दर्शकले ७० रुपैयाँ तिर्नुपर्ने छ । ग्राउण्डका दर्शकले ५० रुपैयाँ तिर्नु  पर्नेछ ,जेष्ठ नागरिक, विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने छ । प्रतियोगिता अवधिभरका लागि दुई  हजार पाँच सय रुपैयाँ तिर्नेले विशेष पास पाउने छ । प्रतियोगितामा १५ खेल हुनेछ ।

वर्षौदेखि सुस्ताएको फुटबल प्रतियोगितालाई नयाँ ढंगले अघि बढाउँदै युवालाई खेलमैत्री भावनाको विकास,स्वस्थ र सकारात्मक युवाहरु उत्पादन गरी राष्ट्र विकासमा योगदान दिने लक्ष्य रहेको पाल्पा गोल्ड कपका सल्लाहकार तथा पुराना खेलाडी अशोकमान महर्जनले बताउँनुभयाे ।

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति पाल्पाका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले खेलाडीलाई हौसला प्रदान गर्ने खालका राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरेर लामो समयपछि फुटबलको इतिहासलाई पुनः सम्झाउन खोजिएको उहाँले बताउँनुभयाे। प्रतियोगितालाई सफल बनाउन संस्थागत र व्यक्तिगत रुपमा पूर्ण सहयोग रहने बताउदै उपाध्यक्ष घिमिरेले पच्चीस हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष रेखीराम रानाले प्रतियोगिताले सुस्ताउँदै गएको अर्थतन्त्रमा सुधार हुने बताउँनुभयाे । उहाँले यस प्रतियोगिताले पाल्पाकाे खेल पर्यटनकाे क्षेत्रमा विकास हुने बताउँनुभयाे। फुटबल प्रतियोगितालाई प्रचारप्रसार गरेर पत्रकारहरुले पूूर्णरुपमा सहयोग गर्ने समेत उहाँले बताउँनुभयाे । पाल्पा उद्योग बाणिज्य संघ उद्योग उपाध्यक्ष उत्तम बज्राचार्य, नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पा अध्यक्ष माधव अर्याल, नेपाल प्रेस युनियनकी जिल्ला अध्यक्ष मन गहिरे लगायतले सम्मेलनमा आ-आफ्नो धारणा राख्नुहुदै लामो समयपछि पाल्पा गोल्ड कप हुनु सबैको लागि खुशीको कुरा भएको बताउँनुभएकाे थियोे ।

त्यस्तै प्रेस चौतारी नेपाल पाल्पा जिल्ला सचिव नारायाण न्यौपाने, प्रेस सेन्टर कोषाध्यक्ष कमल अधिकारी,पाल्पाली संगम काठमाडौंका पूूर्व अध्यक्ष पदम न्यौपाने, पत्रकार कृष्ण पोखरेल, अनिल लिगल लगायतले प्रतियोगिताका कारण पाल्पाको फुटबल इतिहास पुनः सम्झाउने प्रयास भएको बताउँनुभएकाे थियोे। संघका अध्यक्ष प्रणय विरजंग राणाको अध्यक्षता, प्रथम उपाध्यक्ष मनोज लिगलको स्वागत, सञ्चार उपसमिति संयोजक करण चित्रकारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *