जैविक मल उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्दै रिब्दिकाेट गाउँपालिका

पाल्पा, रिब्दिकाेट गाउँपालिकाले जैविक मल उत्पादन गर्नका लागि पालिकाकाे वडा नं.-५ नइटाेलामा सम्भायता अध्ययन थालेको छ। सरकारबाट वर्षेनि खेतीका लागि समयमानै किसान हरूलाई मल उपलब्ध गराउन नसकी आलोचित हुने गरेकाे अवस्थालाई मध्यनजर गर्दै रिब्दिकाेट गाउँपालिकाले विकल्पमा जैविक मल कारखाना खाेल्न उपयुक्त स्थान खाेजी गर्दै वडाकाे नइटाेलामा सम्भाव्य अध्ययन गरेको हाे । रिब्दिकाेट गाउँपालिकाले आवधिक योजनादेखि बजेट , वार्षिक नीति तथा कार्यक्रममा कृषिक्षेत्रलाई व्यवसायिकरूपमा उत्पादन संग जाेडेर आफ्नो वार्षिक नीति तथा कार्यक्रम बनाउँदै कृषिबाटै समृद्धि खाेज्दै अघि बढ्दै जाने लक्ष्य सहित रासायनिक मलकाे सट्टामा जैविक मल कारखाना खोल्ने विषय समावेश गर्दै नीति तथा कार्यक्रम अनुसार जैविक मल कारखाना खाेल्नलाई अघि सरेको छ।

केन्द्र सरकारले मल भनेको निर्विकल्प रासायनिक मल मात्रै हो भन्ने बुझाइ रहेकै कारण अन्य विकल्पहरू सधैं ओझेलमा पर्ने गरेको रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउँनुभयाे ।

त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले जैविक मल कारखाना खाेल्न उपयुक्त ठाउँ खाेज्दै पालिकाकाे यस स्थानलाई उपयुक्त हुने ठानेर याे सम्भाव्यता अध्ययन गर्नका लागि प्राविधिक टाेली सहित पहिलोपटक गाउँपालिका याेजना सहित अघि बढ्दै गरेको जानकारी गराउँदै प्रशासकीय अधिकृत अर्यालले नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा हालसम्म सातवटा अध्ययन भइसकेका छन्। यतिखेर लगानी बोर्डले पुन: दुईवटा अध्ययन गर्दैछ भन्दै उहाँले रिब्दिकाेटले पनि रसायनिक मलकाे सट्टामा जैविक मल कारखाना खाेल्ने उद्धेश्य अनुसार याे अध्ययन सुरु गरेको बताउँनुभयाे ।अहिले सरकारबाट रासायनिक मल खरिद गर्नकै लागि भनेर ठूलो धनराशि विदेशी मुद्रा खर्च गर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ देशभित्र भएको मललाई डम्पिङ गर्ने विकासको उल्टो गति सुल्ट्याउन ढिलो गर्नु हुँदैन भन्दै उहाँले आगामी नीति तथा कार्यक्रम बनाउँदा थुप्रै समस्यारूको एउटै समाधान हुने रणनीति सहितकाे याेजना बनाउनुपर्छ भन्नुभयो ।जैविक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययनकै क्रममा उहाँले राम्रो अभ्यासलाई मूर्तरूप दिने स्थानीय सरकार सञ्चालन ऐनले दिएको जिम्मेवारीअनुसार गाउँपालिका फोहोर व्यवस्थापन गर्ने काम पालिकाले गर्दै आएकोमा फोहोरलाई मल बनाएर माेहरमा रूपान्तरण गरेकाे उदाहरण थुप्रै रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत अर्यालले रिब्दिकाेट गाउँपालिकाले यस्ता अनुभवलाई कसरी ब्यवस्थापन गर्ने खेतीकाे समयमा हुने वर्षेनि मलको अभावलाई परिपूर्ति गर्ने विषयमा सरकार कसरी अघि बढ्दै जाने भन्ने विषय केन्द्रीतभई स्थायी रूपमा समस्या समाधानलाईनै जैविक मल कारखाना स्थापना गर्न याे अध्ययन सुरु गरिएको जानकारी अर्यालले गराउँनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *