ठूलो धनराशि खर्चिएर बनेकाे श्रीनगर साँस्कृतिक डबली संचालनमा आएन

पाल्पा, तानसेन नगरपालिकाले तानसेनको बतासेडाँडास्थित निर्माण गरेको खुला नाँचघर “श्रीनगर सांस्कृतिक डबली” निर्माण भएर पनि संचालनमा आउन सकेको छैन । सांस्कृतिक डबली निर्माण भएको एक वर्ष पुग्दा समेत सम्वन्धित निकायले सञ्चालनमा ल्याउन चाँसाे नदिदा निर्माण भएको साँस्कृतिक डबलीमा सर्वसाधारण चासो बढ्दै जानूले स्थानीय सरकार गम्भीर नभएको बताउँदै स्वभावतः सांस्कृतिक डबली निर्माण पछि कसले सञ्चालन गर्ने भन्ने विषयमा निर्णय हुन नसक्दा समस्या सम्पन्न भएको हाे।
श्रीनगर सांस्कृतिक डबली निर्माण भएको झण्डै एक वर्ष हुँदा ,समेत संचालनमा चासो नहुनु र स्थानीय ,सरकारले पनि सञ्चालनमा निर्णय गर्न नसक्नु गम्भीर विषय भएको स्थानीय हरूकाे भनाइ रहेको छ।
तानसेन नगरपालिकाकाे विषेश पहलमा जिल्लाकाे सांस्कृतिक एवं पर्यटकीयक्षेत्रकाे प्रर्वद्धनका लागि यसक्षेत्रमा आउने बाह्य तथा आन्तरिक पर्यटकरूलाई यहाँकाे कला सांस्कृतिकलाई खुला प्रदर्शन गरेर आकर्षित गर्ने उद्देश्यका साथ गत आर्थिक वर्ष २०७८/०७९ काे विनियोजित कुल रकम छ करोड ८१ लाख रूपैयाँकाे लागतमा खुल्ला नाचघरको अवधारणा सहित श्रीनगर साँस्कृतिक डबलीकाे निर्माण थालनी गरिएको थियोे ।साँस्कृतिक डबली निर्माण गत वर्षको असारमा सम्पन्न भएको थियो ।
श्रीनगर साँस्कृतिक डबली खुल्ला नाचघर निर्माण सम्पन्न भएर पनि नौँ महिना समय अवधि सकिदा समेत संचालनमा चासो नहुनुले पनि ठूलो धनराशि खर्चिएर बनेको साँस्कृतिक डबली संचालन हुन नसक्नु दु:खद भएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन्। साँस्कृतिक डबली सम्पन्न भएर संचालनमा आउन नसकेको स्थानीयको भनाईसंगै साँस्कृतिक डबली निर्माण सम्पन्न भएको महिनाैँ भइसक्दा पनि सञ्चालनमा ल्याउन नसक्नु गम्भीर विषय भएको कैलाशनगरका स्थानीय बासिन्दा बलबहादुर रानाले कुराकानीमा भन्नुभयो । उहाँले बनेको श्रीनगर साँस्कृतिक डबली यत्तिकै राख्ने हो भने डबलीमा बनेका संरचना समेत बिग्रिने अवस्था आउने उहाँले बताउँनुभयाे ।

सांस्कृतिक डबली सञ्चालन गर्न तानसेन नगरपालिकाले चासो देखाएपनि प्रदेश सरकारबाट हस्तान्तरणको प्रक्रिया अगाडि बढ्न सकेको छैन । सांस्कृतिक डबली सञ्चालन भएको अवस्थामा पाल्पामा आएका पर्यटकलाई आकर्षित गर्न सकिने नगरपालिकाको भनाई छ । यद्यपी प्रदेश सरकार हालसम्म पनि स्पष्ट योजनाका साथ अघि बढ्न नसकेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयो । प्रदेश सरकारको लगानीमा बनेको संरचना सकिएको एक वर्ष बित्न लाग्यो उहाँले भन्नुभयो तर अहिलेसम्म कसले कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट जानकारी छैन ।

निर्माण सकिएको लामो समयसम्म डबली सञ्चालनको प्रक्रिया अगाडि नबढ्दा नगरपालिका समेत अन्यौलमा परेको छ । डबली सञ्चालन गर्नेबारे प्रदेश सरकारबाट निर्णय हुन ढिलाई भइरहेको नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । नगरभित्र सांस्कृतिक डबली बन्नु खुसीको कुरा भएपनि लामो समयसम्म सञ्चालनमा नआउँदा बनेको संरचना बिग्रने अवस्था बनेको उहाँले बताउनुभयो ।

वि.स. २०७७ असार देखि निर्माण सुरु भएको सांस्कृतिक डबली निर्माण सम्झौँताको म्याद भन्दा एक वर्ष ढिला गरी निर्माण सकिएको थियो । डबली निर्माण सकिएको लामो समयसम्म सञ्चालन नहुँदा स्टेडियमको छाना समेत हावाले उडाएको छ । यस्तै अन्य संरचनाहरू समेत फोहोर बनेको र बिग्रिने अवस्था रहेको स्थानीयहरूको भनाई संगै डबलीका कतिपय संरचनामा झार उम्रिएर कुरुप हुँदै गएको छ ।


लुम्विनी प्रदेश सरकारको मातहत रहेको पर्यटन डिभिजन कार्यालय भैरहवाले बताए अनुसार श्रीनगर साँस्कृतिक डबली लाई पाल्पा दरबार सङ्ग्राहलयबाट सञ्चालन गर्ने विषयमा कुराकानी भइरहेको पर्यटन डिभिजन कार्यालय भैरहवाका सूचना अधिकारी विनोदकुमार पौडेलले बताउँनु भएको छ।उहाँका अनुसार पाल्पा दरबार सङ्ग्राहलयले सञ्चालन गर्ने गरी याेजना तथा छलफल अघि बढेको समेत उहाँले बताउँनुभयो ।

सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङ् स्थल, बाउण्ड्री, बस्नेस्थल, हरियाली बगैँचा तयार गरिनुका साथै साँस्कृतिक डबलीभित्र स्वास्थ्य जाँच केन्द्र, टिकट घर लगायत सुरक्षा गार्ड घर सहित पाँच सय जना बसेर साँस्कृतिक डबलीमा विभिन्न जातजाति तथा भाषाभाषीको नाच तथा सांस्कृतिक प्रस्तुती अवलोकन गर्न सकिने गरि पूर्वाधार बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *