डाईवेटीज : एक संक्षिप्त परिचय

– राेशन ज्ञवाली

डाईवेटीज एक सबैभन्दा पुराना रोग हरु मध्येको रोग हो । यो रोग ३००० बर्ष अगाडि इजिप्ट मा पत्ता लागेको हो, जसलाई नेपालीमा मधुमेह साथै अङ्गे्रजिमा डाइवेटीज मेलाईटस पनि भन्ने गरिन्छ । डाईवेटीज, यस्तो स्वास्थ्य समस्या हो जसमा शरीरको सुगर (ग्लूकोज) को मात्रा सामान्य भन्दा बढी हुनु हो र रगतमा धेरै मात्रामा सुगर हुनाले गम्भीर किसिमका स्वास्थ्य जटीलताका साथै मृत्यु सम्म हुने गर्दछ ।

विश्वमा डाईवेटीजको अवस्था :
सन् २०११ मा ३६ करोड ६० लाख जनसंख्यामा डाईवेटीज समस्या थियो भने, यो समस्याको सङ्ख्या विश्वमा स्न २०३० सम्म पुग्दा ५५ करोड २० लाख जनसंख्यामा यो समस्या देखिने अनुमान विभिन्न रिसर्चहरुले गरेका छन् । जसमा ४३ करोड ९० लाख जनसख्यामा टाइप टु डाइवेटीज हुने आकलन गरीएको छ ।

डाईवेटीज के हो त ?
हामीले नियमीत सेवन गर्ने खाना, खाई सकेपछि पाचन प्रकिृयामा खाना सुगर अथवा ग्लूकोज मा परिर्वतन हुन्छ , जसलाई इन्सुलीन नामक हर्मोनको सहायताले रक्तसंंचारको माध्यमबाट शरीरका बिभिन्न अङ्ग अथवा कोषहरुमा पुराउने काम गर्दछ । जसले गर्दा रगतमा भएको ग्लूकोजलाई उपयोग गर्ने गर्दछ । कुनै कारण वश शरीरले रगतको ग्लूकोज लाई उपयोग गर्न नसक्नु र ग्लुकोजको मात्रा रगतमा धेरै हुनुलाई डाइवेटजि भनिन्छ ।

स्वस्थ शरीर र डाइवेटीज विरामीको शरिरमा के भिन्नता हुने गर्छ ?
स्वस्थ मानिसको पाचन प्रणालीमा अवस्थित प्यान्क्रीयाज एक महत्वपुर्ण अंङ्ग हो, जसको बिटा सेलले इन्सुलीन नामक हर्मोन उत्पादन गर्दछ । इन्सुलीन को मुख्य भूमिका भनेको पाचन प्रणालीको माध्यम बाट रगतमा आएको ग्लूकोज अथवा सुगर लाई शरिरको विभिन्न अंङ्ग अथवा कोषिका सम्म पुर्याउन मद्वत गर्दछ भने डाइवेटिज बिरामीहरुको हकमा भने इन्सुलीन को पर्याप्त उत्पादन हुदैन साथै उत्पादन भएको इन्सुलीनले पनि रगतको ग्लूकोज लाई पुर्ण रुपमा बिभिन्न अंङ्ग अथवा कोषिका सम्म पुर्याउन सक्दैन, जसका कारण रगतमा ग्लूकोजको मात्रा बढी हुन जान्छ ।

डाइवेटीज मुख्यतया कति प्रकारका हुन्छन् त ?
मुख्यतया मेडिकल साईन्स मा डाईवेटीजलाई टाईप वान र टाइप टु गरी दुईप्रकार मा बिभाजन गरिएको छ ।
टाइप वान डाइवेटीज भएको अवस्थामा प्यान्क्रीयाजको बिटा सेल लाई शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) ले नष्ट गर्दछ जसले गर्दा इन्सुलीन उत्पादनमा कमि आउँछ । यसको कारण भने खुल्न सकेको छैन तर वंशाणुगत कारणले यस्तो हुन्छ भन्ने अनुमान गरिएको छ ।
टाइप टु डाईवेटीजको हकमा भने प्यान्क्रीयाजले प्रयाप्त मात्रामा इन्सुलीन उत्पादन गरेतापनि कुनै कारण वश इन्सुलीनले ग्लूकोजलाई शरीर विभिन्न अङ्ग अथवा कोषिका भित्र पुर्याउन असमर्थ रहन्छ जसले गर्दा रगतमा ग्लूकोजको मात्रा वढी हुन जान्छ ।

टाईप वान र टाइप टु डाईवेटीज मा के भिन्नता छ ?
❖ टाईप वान डाईवेटीज लाई इन्सुलिन डिपेन्डेन्ट डाइवेटीज भनिन्छ भने, टाइप टु डाइवेटीज लाई नन इन्सुलिन डिपेन्डेन्ट डाइवेटीज भनिन्छ ।
❖ टाइप वान डाइवेटीज मेलाईटस आफैमा अटोइम्युन रोग हो भने, टाइप टु डाईवेटीज कारण वस शरीर सङ्घको इन्सुलीन प्रतिरोध (रेसीस्टेन्स) हो ।
❖ टाइप वान डाईवेटीज लाई इन्सुलिन प्रतिस्थापन थेरापी लाई मुख्य आधार मानिन्छ भने, टाइप टु डाइवेटीज लाई संन्तुलित भोजन, जिवनशैली सुधार, शारीरिक ब्यायाम तथा औषधीको सहायताले ब्यवस्थापन गरिन्छ ।
❖ पारीवारीक सदस्यबाट टाईवेटीज अनुवंशिक रुपमा आउने संभावना कम रहन्छ भने, टाइप टु को संभावना प्रबल रहन्छ ।

डाईवेटीज लाग्नुका मुख्य कारणरहररू के–के हुन् ?
हाल सम्मका अनुसंन्धान बाट निम्न कारण हरुलाई डाइवेटिजका कारक तत्वहरु मानिएको छ ।
❖ वशांणुगत कारण
❖ असंतुलित खानपान
❖ प्रर्याप्त शारिरीक ब्यायामको कमी
❖ धुम्रपान तथा जाड–रक्सीको सेबन
❖ मोटोपन तथा असमान्य शारिरीक तौल
❖ बातावरणीय टोक्सिन
❖ क्यामीकल र बिषादी मिलावट गरी उत्पादन तथा तयार गरीएका खाना

के–कस्ता लक्षण हुनेले सुगर परीक्षण गराउने ?
❖ छिन–छिनमा पिसाब लागि राखेमा ।
❖ धेरै मात्रामा प्यास लागि राखेमा ।
❖ अत्याधिक भोक लागि राखेमा ।
❖ थकान र आलश वढि लागि राखेमा ।
❖ आखाँले मधुरो अथवा धमिलो देखिएमा ।
❖ शरिरको छाला फुस्रो र सुख्खा भई राखेमा ।
❖ शरिरमा सुगरको मात्रा वढी भई बारम्बार टाउको दुखेमा ।

डाईवेटिज लागेको कसरी थाहा पाउने ?
माथिका कुनै लक्षण देखिएमा आत्तिई–हाल्नु पर्दैन तर सजक हुनु जरुरी छ साथै, रगतमा ग्लूकोज को मात्रा चेक गराउनु पर्दछ ।
डब्लु.एच.ओ (WHO) र अमेरिकन डाइवेटिज एसोसियसनका अनुसार सुगर लेभल विहान खालि पेट मा ७.०० mmयरिमी ( माईक्रो मोल पर डेसि लिटर)) अथवा (७०-११०) mg/dL (माईक्रो ग्राम पर डेसि लिटर) र खाना खाईसकेपछी सुगरको मात्रा ११.१ mmol/dL ( माईक्रो मोल पर डेसि लिटर) अथवा २०० mg/dL (माईक्रो ग्राम पर डेसि लिटर) भन्दा कम हुनु पर्दछ यदि रगतमा ग्लूकोजको मात्रा तोकिएको मात्रा भन्दा बढि भएमा सुगर भए–नभएको पत्ता लगाउन सकिन्छ ।

डाईवेटीजको व्यवस्थापन कसरी गर्ने ?
❖ नियमित शारीरीक ब्यायाम तथा योगा : दिनको ३० मिनेट देखि ६० मिनेट शारिरिक ब्यायाम तथा योगा गर्नु निकै नै उपयोगी मानिन्छ, किनकि ब्यायाम गर्दा श्रिरमा नियमित रक्तसंचार बढ्नुका साथै रगतमा भएको ग्लूकोज लाई शरिर ले उर्जाको रुपमा ब्यवस्थापन गर्दछ ।
❖ खान–पान ब्यवस्थापन : शाकाहारी भोजन तर्फ वढि ध्यान दिने, हरियो साग–सब्जी तथा प्रोटिन युक्त गेडागुडी खाने, कम कार्बोहाइड्रेड र वढि फाइवर युक्त भोजन सेवन गर्ने, चिल्लो तथा फ्राई गरेका खाने कुराहरु नखाने तथा प्रर्याप्त मात्रामा पानी पिउने ।
❖ जिवनशैलीमा सुधार : अल्कोहल र धुम्रपान सेवन छाडिदिने, सकारात्मक सोचाइ राख्ने, प्राकृतिक जिवनशैली अपनाउने ।
❖ परार्मश : चिकित्सकको सल्लाह वमोजिम नियमित सुगर चेक–जाच गर्ने, चिकित्सकको सल्लाह वमोजिमको औषधि सेवन गर्ने तथा आवश्यक परेमा इन्सुलिनको सहि तरीकाले प्रयोग गर्ने ।

सारांश :
मानब शरिरमा आवश्यक भन्दा बढि ग्लूकोज को मात्रा (२०० माईक्रो ग्राम पर डेसि लिटर) हुनुलाई डाईबेटिज मेलाईटस भनिन्छ । सामान्यतया यस रोगको लक्षणहरुमा प्यास बढि लाग्नु, अत्याधिक तिर्खा लाग्नु र पटक–पटक पिसाब लागी रहुनु डाईवेटिजका आधारभुत लक्षणहरु मानिन्छ, डाईवेटिज मेलाईटसलाइ टाइप वान र टाइप टु गरी दुई प्रकारमा विभाजन गरिएको छ । टाइप वान डाईवेटिज लाई इन्सुलिन डिपेन्डेन्ट डाइवेटिज मेलाइटस भनिन्छ भने टाइप टु डाइवेटिज लाई इन्सुलिन नन डिपेन्डेन्ट डाइवेटिज भनिन्छ । डाईवेटिज लाग्नुका मुख्य कारण हरुमा वंशाणुगत, वातावरणीय, जिवन–शैली तथा खानपानहरु जस्ता कारण लाई मुख्य कारण मानिन्छ भने यी प्रमुख कारक तत्व हरुमा ध्यान दिने हो भने डाइवेटिज लाई ब्यवस्थापन गर्न सहज हुनुका साथै डाइवेटिज लाग्न बाट बच्न सकिन्छ ।

लेखक बिचार र परिचय :
यो लेखमा समावेश गरिएका जानकारीहरु बिभिन्न अन्तराष्ट्रिय जर्नलका आर्टिकलहरु बाट साभार गरिएको हो र यो लेख कुनै व्यवसायिक प्रयोजनका लागि नभएर सुगर रोग बारे जनचेतना फैलाउने हेतुुले डिजटिल माध्यममा प्रकाशित गरीएको हो । यो लेख फर्मासिस्ट रोशन ज्ञवाली (हाल एसियन फर्मास्युटीकल्स प्रा. लि) द्वारा प्रकाशित गरीएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *