डा. ज्ञवालीको नेतृत्वमा रोल्पा अस्पताल सुधार

रोल्पा सम्वाददाता, लुम्बिनी प्रदेशको दुर्गम जिल्ला रोल्पामा रहेको रोल्पा अस्पताल यतिबेला स्वास्थ्य सेवा प्रवाह तथा भाैतिक पूर्वाधारमा धेरैनै सुधारकाे  भएको  छ ।डाक्टर लाेकरत्ना ज्ञवालीकाे नेतृत्वमा रहेको रोल्पा अस्पतालको न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा समीक्षा गर्दा राेल्पा अस्पताल अहिले सम्मकै उत्कृष्ट र गुणस्तरीय सेवा दिने अस्पतालकाे रूपमा  पहिचान बनाउन सफल एवं सेवा सुधारमा सफल भएको हो ।गत मंसिर २८ र २९ गते भएको मुल्यांकन र कार्य  समीक्षा पछि इतिहासमै पहिलो पटक अस्पतालले न्युनतम सेवा मापदण्डको स्कोरमा ८५अंक प्राप्त   गर्दै उत्कृष्ट भएको छ।  न्यूनतम सेवा मापदण्ड समीक्षा कार्यक्रममा जिल्ला अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर   लाेकरत्ना ज्ञवालीले अस्पतालकाे वर्तमान अवस्था र सेवा सम्वन्धि जानकारी दिदै प्रस्तुति गर्नुभएको थियोे ।

कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुख तथा प्रतिनिधि,सुरक्षा निकायका प्रमुख,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,उद्योगी,व्यवसायी, पत्रकार,गैरसरकारी संस्थाका प्रतिनिधि एवं अन्य स्वास्थ्यसंग सरोकार राख्ने सम्पूर्ण उपस्थीतिहरू बीच समीक्षा गरिएको थियो ।न्यूनतम स्वास्थ्य सेवा मापदण्ड कार्यक्रममा बाेल्दै  सहभागीहरुबाट डा.ज्ञवाली नेतृत्वमा अस्पतालले चामत्कारिक रूपमा सेवा प्रवाहलाई उल्लेखनीय  सुधार गरि उत्कृष्ट बनाउँदै लगेको भन्दै प्रशंसा समेत गरिएको थियाे ।

दुई दिनसम्म चलेको समीक्षा गाेष्टीमा कार्यक्रममा न्यूनतम स्वास्थ्य सेवा मापदण्ड सम्वन्धि समीक्षा कार्यक्रममा बाेल्दै अस्पताल बिकास समितिका अध्यक्ष शेरबहादुर थापाले अस्पतालको सुधारमा डा.ज्ञवालीकाे उल्लेखनीय भूमिका रहेको बताउँदै  ज्ञवालीकाे नेतृत्वमा अस्पताल टिमबाट समेत धेरै मेहनेत गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।पचासशैयाको यो प्रादेशिक अस्पताल हाकेका मेसु डा.ज्ञवालीले अस्पतालमा एकदमै राम्रो टिमवर्क र   आफूहरुको निरन्तर खटाइले अहिलेको याे उत्कृष्ट नतिजा आएको जानकारी दिनुभयाे। उहाँले भन्नुभयो,“अहिले सार्वजनिक भएको यस नतिजाले हाम्रा कर्मचारी साथीहरुको मेहनतलाई न्याय गरेको छ। आगामी दिनमा अझ राम्रो गर्ने प्रयास गर्नेछौ। हामी यो स्कोर धेरै माथी पुर्‍याउन  चाहन्छौं।”उहाँले आफूहरुलाई आवश्यक जनशक्ति पर्याप्त  भएमा अहिले दिदै आएको सेवालाई अझ पर्याप्त र प्रभावकारी बनाउन सक्ने बताउनुभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *