डेंगुकाे संक्रमण बढेपछि खोज र नष्ट अभियान सुरू

पाल्पा, स्वास्थ्य कार्यालय पाल्पा, नेपाल रेडक्रस साेसाइटीकाे समन्वय र तानसेन नगरपालिकाकाे आयोजनामा जिल्लामा डेंगु संक्रमण बढे पछि नियन्त्रणका लागि खोज र नष्ट अभियान सुरु गरिएको छ ।

अभियानको पहिलो चरणमा नगरभित्र सञ्चालनमा ग्यारेज तथा कबाडी संकलन गर्ने स्थल र माेटरसाइकल वर्कसप लगायतका स्थानमा स्वास्थ्यकर्मी सहितको टोली पुगेर लामखुट्टेको लार्भा भएका पानीहरु फाल्न लगाउने, सचेतना जगाउने जस्ता कार्य गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पामा यो वर्ष करिब एक सय जना डेंगुबाट संक्रमित भएका छन् भने दुई जनाको संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *