तानसेनकाे तिन्टीआँप कृषि मेलामा दस लाखबढीकाे काराेवार

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिकाकाे तिन्टीआँपमा एकदिने कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । “कृषि उत्पादन बढाऔं परनिर्भरताको अन्त्य गरौं” भन्ने मुख्य उद्धेश्य साथ दोस्रो कृषि मेला प्रर्दशनी २०८० तानसेनकाे तिन्टीआँप, दमकडामा सम्पन्न भएको हाे । मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा गरिएको दाेस्राे कृषि मेला प्रर्दर्शनीलाई तानसेन नगरपालिका -९ नं.वडा कार्यालयको प्रर्वद्धनात्मक सहयोगमा कृषि मेला सम्पन्न भएको हो ।

कृषि मेला उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले यस किसिमको मेला आयोजना र कृषि कार्यक्रमले किसानको श्रमलाई सम्मान गर्ने उत्पादनकाे बजारीकरणमा सहयोग पुर्‍याउने बताउँदै उहाँले किसानहरूकाे उत्पादन हुने बस्तुहरूको बजार व्यवस्थापनमा र उचित मुल्यकाे ग्यारेन्टी गर्न र ध्यानाकर्षण गर्नका लागि आफुले सदनमा कुरा उठाउँने गरेको समेत बताउँनुभयो । सांसद गैरेले कृषिक्षेत्रमा मदनपोखराले देशमै छुट्टै पहिचान बनाएको कुरामा जोड दिदै बि.सं.२००८ सालमा भएको कृषि आन्दोलनमा पाल्पा मदनपोखराले सुरु गरेकोमा इतिहासमा यस स्थानका जनतााई सधै गर्व गर्न सकिने उद्घाटनमा शुभकामना दिनुहुँदै भन्नुभएको हाे ।

यस्तै कृषि मेला उद्घाटन कार्यक्रममा नेपाल सरकार संघीय पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले मदनपोखराले कृषिकाे कर्ममा गरेको लगन,परिश्रमले गर्दा नै आजको मदनपोखरामा परिचित भएको बताउदै यहाँका कृषकहरुको सुखदुःखमा आफु सधैव साथमा रहेको बताउँनुभयो । दाेस्राे कृषि मेला प्रदर्शनी उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनाल,जिल्ला समन्वय समिति पाल्पा उप-प्रमुख काशिका गैरे,तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, माथागढी गाँउपालिका अध्यक्ष यमबहादुर चिदि, नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष रेखिराम राना लगायतका अतिथिहरूले आ-आफ्नो शुभकामना मन्तब्य राख्नुहुँदै कृषिक्षेत्रमा देखिएका समस्याहरुलाई समयमै सम्वन्धित निकाय गम्भिर भएर लाग्नुपर्ने बताउँदै एउटा कृषकलाई म कृषक हुँ भन्ने वातावरण मिलाउन र कृषक भएको गर्व गर्नलाई पनि सबैको सहयोग साथ जरुरी रहेको बताउँनुभयो । कृषि मेला प्रदर्शनी कार्यक्रमकाे अवसरमा मदनपोखरामा कृषिक्षेत्रमा अमुल्य योगदान पुर्याउनु भएका चार जना कृषकहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने कृषक एकप्रसाद भण्डारि, धुव्रप्रसाद भण्डारी, इन्द्रप्रसाद पौडयाल र रोमबहादुर रानालाई कृषि कर्ममा उत्कृष्ट काम गरेकोमा सम्मान गरिएको हो ।

मेलामा किसानले विभिन्न कृषि उत्पादन सम्बन्धी स्टल राखिएको थियो । कृषकले खाद्यान्न,तरकारी,फलफुल,दलहन तेलहनका सामाग्री प्रर्दशनमा राखिएको हो केरा,तरुल,फर्सी,मकै,धान,पिँडालु र कृषि सामाग्री उपकरणहरूका साथै कृषि बस्तुका विभिन्न प्रजातिका विरुवा, घरेलु कृषि औजारहरू मेलामा प्रदर्शनीमा राख्नुभएकाे थियोे ।

कृषि मेलामा कृषककाे उत्पादन प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषि यन्त्र उपकरण, बीउविजन, नर्सरी विरुवा प्रदर्शनी तथा बिक्रीवितरण स्टल राखिएकाे मदनपाेखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम घिमिरेले बताउँनुभयो । उहाँले किसानहरूको मेहनतलाई सम्मान गर्न एवं किसानलाई थप उत्साहित बनाउन पनि याे मेला आयोजना गरेको वडाध्यक्ष राजेशकुमार अर्यालले बताउँनुभयो। मदनपोखराका किसान मेहनती, परिश्रमी स्वालम्बी तथा पौरखी रहेको बताउँदै अध्यक्ष अर्यालले कृषि प्रदर्शनी मेलामा करिब पाँच हजार बढीले कृषि मेला प्रदर्शनीमा अवलोकन गर्दै दस लाख रूपैयाँ बढी आर्थिक काराेवार भएको बताउँनुभयाे। उहाँले कृषि मेला प्रदर्शनी बारेमा बाेल्दै यस प्रदर्शनीबाट मदनपाेखराका कृषि कर्ममा सक्रिय रहेका कृषकलाई प्रविधि, बीउबिजन, मलखाद र पूर्वाधारमा सहयोग पुर्‍याउने उद्धेश्यले मेला आयाेजना एवं किसान केन्द्रीत प्रवर्द्धनका लागि वडाकार्यालयले सहयोग गरेको बताउँनुभयाे। उहाँले किसानले गरेको कृषि कर्मलाई प्रोत्साहन दिन उहाँहरूकै प्रत्यक्ष सहभागीतमा याे कृषि मेला तथा प्रदर्शनी गरिएको हो’, भन्नुभयो ‘यहाँ कृषि उत्पादन बढाउन र परनिर्भरताकाे अन्त्य गर्न वडाले विस्तृत योजना बनाएर अगाडि बढेको छ।’ यहाँ उत्पादन भएको तरकारी तानसेन बजार एवं बुटवल पोखरासम्म निर्यात हुने गरेको वडाअध्यक्ष अर्यालले बताउँनुभएकाे हाे ।

कृषि मेला प्रदर्शनी कार्यक्रममा मदनपाेखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता र छबि भट्टराइको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे । कृषि मेला प्रदर्शनीका अवसरमा टाेल विकास संस्था र विभिन्न टोल समुहहरू लगायतको झाँकीर्‍यारीकाे प्रर्दशन तथा बिभिन्न बिद्यालयकाे सहभागीतामा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे। कृषि मेला प्रदर्शनीमा राष्ट्रिय कलाकार पशुपति शर्माले सांगीतीक प्रस्तुती दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *