तानसेनको टुँडीखेलमा रणउजेरेश्वरी कप भलिबल प्रतियोगिता हुने

पाल्पा ,भगवती जात्राको अवसरमा तानसेन टुँडिखेलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । श्रीनगर भलिबल क्लवको आयोजनामा यही भदौ १८ गतेदेखि २१ गतेसम्म भलिबल प्रतियोगिता संचालन हुने भएको हो । प्रथम रणउज्जेश्वरी भगवती कप -२०८० नाम राखिएको प्रतियोगिताकाे तयारी थालिएको क्लवका अध्यक्ष कृष्ण आलेले बताउनुभयो । उहाँका अनुसार आठ लाख ५० हजार बढीको खर्चमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १ सय ११, द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७, तृतिय पुरस्कार ४४ हजार ४ सय ४४ र सान्तोना हुनेले २२ हजार २ सय २२ रुपैंया प्राप्त गर्नेछन् ।

प्रतियोगिताका १० वटा बढी टिम सहभागि हुने बताइएको छ । यसैबीच जिल्ला खेलकुद विकास समिति पाल्पाका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले प्रतियोगिता सम्पन्न गर्न समितिले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले खेल सफल पार्न आफ्नो व्यक्तिगत तर्फबाट दश हजार एक सय सहयोग गर्ने प्रतिबद्धत व्यक्त गर्दै पाल्पालाई खेलकुद हब बनाउन विभिन्न प्रतियोगिता आयोजना हुने वातावरण तयार गर्न जिल्लाका सरोकारवालाहरु लाग्नुपर्ने बताउनुभयो ।

प्रतियोगितामा विभिन्न राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुने अपेक्षा राखेको क्लबका सचिव दिपक चौहानले बताउनुभयो । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *