तानसेनको वार्षिक नीति तथा कार्यक्रम पारित

पाल्पा, तानसेन नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत भई सर्वसहमत पारित भएको छ । नगरसभामा नगरप्रमुखको तर्फबाट उपप्रमुख प्रतिक्षा सिंजालीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

तानसेन नगरपालिकाकाे १३औँ नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमले वडावडामा सार्वजनिक शाैचालय, ग्रीन तानसेन क्लीन तानसेन, जीपलाइन सञ्चालन, उत्कृष्ठ पत्रकारिता पुरस्कार, विद्यालय दीवा खाजामा थप ५ रूपैयाँ, जस्ता नयाँ विषयहरू थप गरिएकाे छ । यस्तै विपद् पूर्व तयारी देखी, कृषि र पर्यटनक्षेत्रको विकास, स्वरोजगार, शिक्षा,स्वास्थ्य, सञ्चार, खानेपानीकाे उचित प्रबन्ध, फाेहाेरमैला व्यवस्थापन लगायतका विषयहरू नीति तथा कार्यक्रममा समेटिएका छन् ।

त्यस्तै नगरप्रमुखकाे तर्फबाट उपप्रमुख सिंजालीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा नगर सभासदस्य गीता भट्राईले तानसेनको खानेपानी समस्या समाधानका लागि नगरसरकारले हस्तक्षेप गर्नुपर्ने भन्दै नगर सरकार त्यसतर्फकाे भुमिकामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

तानसेन नगरपालिकाकाे नगरसभामा सभा सदस्यहरू समक्ष नगरपालिकाकाे चालू आर्थिक वर्ष २०७९/०८० मा तर्जुमा भई गरिएका कार्यक्रम तथा याेजनाहरूकाे कार्यान्वयन अन्तिम चरणमा रहेको बताउदै गत वर्ष नगरसभाबाट पारित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनकाे अवस्थालाई समष्टिगत रूपमा समीक्षा गर्दै ती पारित याेजना र कार्यक्रमहरूकाे उपलब्धि हेर्दा सन्ताेषजनक रहेको भन्दै नगरस्तरीय, वडास्तरीय पूर्वाधारका अधिकांश याेजनाहरू सम्पन्न हुने अवस्था रहेको र बहुवर्षिय पूर्वाधार आयोजनाहरू कार्यान्वयनमा प्रस्तुत नीति कार्यक्रममा बताउनुभयो । नगरसभामा तर्जुमा गरिएको नीति कार्यक्रमले नगरभित्र रहेका सम्भावना र परिकल्पनालाई उच्च प्राथमिकता दिनेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।

प्रस्तुत नीति कार्यक्रम माथि छलफलमा भाग लिदै नगरसभाका सदस्य माधब बस्यालले सामुदायिक बिद्यालयहरूकाे शैक्षिक गुणस्तरमा सुधार गर्न शिक्षामा गुणस्तरीय पठनपाठन कायम गर्न पहिले सरकारीक्षेत्रमा रहेका कर्मचारीहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पठाउने वातावरण र पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । नगर सभासदस्य अमर रानाले कृषकहरूकाे हितका कार्यक्रम मार्फत अघि बढ्न आग्रह गर्नुहुदै ग्रामिण क्षेत्रका वडाहरुलाई आगामी बजेटमा प्राथमिकता दिन सभामा अनुरोध गर्नुभयो ।

नगर सभासदस्य गोमा गैरेले जनप्रतिनिधिहरुको क्षमता बिकास गर्ने कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनुभयो । नगर सभासदस्यहरु रेखा बिष्ट र हरीबहादुर थापाले खानेपानी र फोहोर ब्यवस्थापनको कार्यक्रमलाई प्रभावकारी रुपमा काम गर्न आग्रह त्यसतर्फ अघि बढन अनुरोध गर्नुभयो । नगर सभासदस्यहरु बिमला बौडेल, कर्णबहादुर रेश्मी, कमल दर्लामी र राधिका थापाले तानसेन नगर सरकारले आफ्नो हरेक काम गर्दा जनताले महशुस गर्नेगरी काम सम्पन्न गर्नुपर्ने भन्दै नगरसभामा आग्रह गर्नुहुदै विकास निर्माण सामाजिककार्यहरु लाई वडातह देखि नै प्रभावकारी रुपमा सम्पन्न गर्न नगरसरकार र सवै जनप्रतिनिधिहरू एक ठाउमा उभिनुको विकल्प नभएको बताउँदै आ-आफ्नो धारणा राख्नुभएको थियाे ।

तानसेन नगरपालिकाकाे १३औँ नगरसभा तथा अधिवेशनमा प्रस्तुत नीति कार्यक्रम माथि महत्त्वपूर्ण छलफल गर्दै सुझाव सहित बहुमतका साथ पारित गरिएको नगरसभालाई सभाका सचिव एवं तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *