तानसेन खानेपानीको नेतृत्वमा श्रेष्ठ

पाल्पा, तानसेन खानेपानी उपभोक्ता समिति अध्यक्षमा माेहनप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ। उपभोक्ता समितिकाे अध्यक्ष पदका लागि अध्यक्ष माेहनप्रसाद श्रेष्ठ सहित अन्य तीन जना प्रज्ञा सागर शाक्य ,भुगाेल प्रसाद बैंजु श्रेष्ठ र राजु महर्जनले उम्मेदवारी दिएपछि उक्त पदमा निर्वाचन हुने देखिएको थियोे । तर तीन वटै उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएपछि अध्यक्षमा माेहनप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको हाे।

तानसेन खानेपानी उपभोक्ता समितिकाे विगत लामो समयदेखि राजनीतिक रस्साकस्की र व्यक्तिगत महत्वाकांक्षाले थिलाेथिलाे बन्दै गरेकोअवस्थामा समितिकाे कामलाई चलायमान बनाउन अवैधानिक रूपमा चलिरहेको समितिलाई नगरपालिकाले आफ्नो मातहतमा लिई निर्वाचन सम्पन्न गराउँन तदर्थ उपभोक्ता समिति गठन गरि जिम्मेवारी प्रदान गरेको थियोे ।

प्राप्त जिम्मेवारी अनुसार तदर्थ उपभोक्ता समितिले चुस्तदुस्त कार्यसम्पादन गर्दै समितिकाे विधान पुनः लेखन कार्य उपभोक्ता समितिकाे भेला आब्हान पुनःलिखित विधान भेलाबाट पास गर्ने निर्वाचन गराउने मिति ताेक्ने र वैद्यानिकता प्रदान गर्न निर्वाचन कामलाई अघि बढाउने ,साेही अनुसार निर्वाचन सम्पन्न गर्नलाई उम्मेदवारी मनाेनयन गर्ने गरि कार्य अघि बढाएको हाे । तानसेन खानेपानी उपभोक्ता समितिबाट विगतमा अवैधानिक रूपमा भएगरेको गतिविधि कार्यमा निर्वाचनबाट प्रक्रियाबाट समितिलाई बैद्यानिकता दिन खानेपानी उपभोक्ता समितिले निर्वाचन गराएको हाे।

यस्तै खानेपानी समिति उपाध्यक्षमा लालमने अदै पुनको एकल उम्मेदवारी परेको छ । सचिवमा दुई जनाले उम्मेदवारी दिएकोमा विष्णुबहादुर कार्कीले सचिवबाट उम्मेदवारी फिर्ता लिएपछि प्रेम मल्ल सचिवमा निर्वाचित हुनुभएको हाे।

त्यसतै खानेपानी उपभोक्ता समिति कोषाध्यक्षमा शुसिला श्रेष्ठ कर्माचार्य र सह-सचिव विर्जु खातीको एकल उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित हुनुभएको छ। यस्तै खुला सदस्यमा बसन्तकुमार गहतराज, महेन्द्र खाती र महिला सदस्यमा रेनुका बस्याल र फूलमाया सुनारी पनि निर्विरोध निर्वाचित हुनुभएको छ। उपाध्यक्ष, कोषाध्यक्ष,सह-सचिव ,खुला सदस्य र महिला सदस्यमा परेका मनाेनयन दर्ता पनि निर्विरोध चयन भएको निर्वाचन अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।

जिल्लामा क्रियाशील राजनीतिक दलहरुले खानेपानी उपभोक्ता समितिको पद भागबण्डाको लागि सहमति कायम गरेता पनि अध्यक्ष र सचिव पदमा भने प्रतिष्प्रर्धा देखिएको र सहमतिमा अध्यक्ष र एक सदस्य नेपाली काँग्रेसलाई, उपाध्यक्ष नेकपा माओवादीलाई, सचिव र एक सदस्य एमालेलाई, सह-सचिव राप्रपालाई, कोषाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टीलाई,नेकपा एकिकृत र राष्ट्रिय जनमोर्चालाई एक/एक सदस्य दिने समझदारी भएको थियो । जस अनुसार नेपाली काँग्रेसले अध्यक्षमा मोहनप्रसाद श्रेष्ठ र सदस्यमा महेन्द्र खातीलाई सिफारिस गरेको थियो । नेकपा एमालेले सचिवमा प्रेमबहादुर मल्ल र सदस्यमा रेनुका बस्याललाई सिफारिस गरेको थियो ।

तानसेन खानेपानी उपभोक्ता समिति अध्यक्षमा उम्मेदवारी दिनुभएका श्रेष्ठ नेपाली काँग्रेस सहित जिल्लामा क्रियाशील सबै राजनीतिक दलको साझा उम्मेदवार हुनुहुन्छ भने,शाक्य र बैजु स्वतन्त्रबाट र महर्जन नेपाली काँग्रेसबाट बागी उम्मेदवार बन्नुभएकाे हाे । त्यस्तै सचिवमा उम्मेदवारी दिनुभएका मल्ल एमाले सहित राजनीतिक दलको साझा उम्मेदवार हुनुहुन्छ भने कार्कीले एमाले बाटै नै बागी उम्मेदवारी दिनुभएकाे हाे । समितिकाे अध्यक्षमा मोहनप्रसाद श्रेष्ठ र सचिवमा प्रेमबहादुर मल्ल सहित निर्विरोध निर्वाचित हुनुभएका सबै व्यक्तिहरूलाई दलिय सहमतिमा उम्मेदवारी दिन लगाएको वार्ता समिति संयोजक एवं नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरेले जानकारी दिनुभयाे ।

निर्विरोध निर्वाचित हुनुभएकाहरुमा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा अदै पुन,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सह- सचिवमा खाती, कोषाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रेष्ठ कर्माचार्य, खुला सदस्यमा नेकपा एकिकृत समाजवादीबाट गहतराज, नेपाली काँग्रेसबाट खाती, नेकपा एमालेबाट,महिला सदस्यमा वस्याल र राष्ट्रिय जनमाेर्चाबाट सुनारी रहनुभएकाे छ। निर्वाचन अधिकृत कार्यालयले समितिले पुस ११ गते उम्मेदवार विरुद्ध दावी विरोध पेस गर्ने, १२ गते उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिई समितिले अन्तिम नामावली प्रकाशन गर्ने र १४ गते निर्वाचनको तालिका ताेकेकाे प्रमुख निर्वाचन अधिकृत दुर्गा बहादुर थापाले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *