तानसेन नगरकाे बजेट एक अर्ब दुई करोड आठ लाख रूपैयाँकृषि , पर्यटन, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य मुख्य नीति

पाल्पा, तानसेन नगरपालिकाले आगामी आर्थिक वर्षका लागि लागि एक अर्ब दुई करोड आठ लाख रूपैयाँकाे बजेट ल्याएको छ । तानसेन नगरपालिकाले १३औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पारित भएको कार्यक्रमलाई सम्वाेधन गर्दै नगरसभाबाट कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रलाई केन्द्रमा राखेर प्रस्तुत नीति तथा कार्यक्रम अनुसारको बजेट ल्याएको उपप्रमुख सिंजालीले बताउनुभएको हो ।

तानसेन नगरपालिकाकाे १३ औँ नगरसभामा उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि तय भएको नीति कार्यक्रम अनुसार बजेट नगरसभामा प्रस्तुत गर्नुभएको हाे ।बजेट प्रस्तुत गर्नुहुदै उहाँले तानसेन नगरपालिका बाट नगरले कुल बजेटको ५५ प्रतिशत चालु खर्च र ४५ प्रतिशत पूँजिगत खर्च गर्ने बजेट नगरसभामा प्रस्तुत गर्नुहुदै नगरसभाका सदस्यलाई साेही अनुसार बजेट ल्याएको जानकारी दिनुभयो ।

उपप्रमुख सिंजालीले नगरपालिकाले गत वर्षको तुलनामा यस वर्षको बजेट २७ प्रतिशतले कम ल्याएको सभालाई जानकारी गराउदै उहाँले गत आर्थिक वर्षमा तानसेन नगरपालिकाले एक अर्ब चालिस करोडको बजेट प्रस्तुत गरेकोमा यस आर्थिक वर्षमा तानसेन नगरपालिकाकाे बजेट एक अर्व दुई कराेड रूपैयाँकाे बराबरको रहेको नगरसभालाई जानकारी गराउनुभयाे । उहाँले यसवर्ष संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त भई आउने बजेट अनुदान रकम कम भएकाले पनि यस वर्ष नगरकाे बजेट आकार घटेको हाे। उहाँले नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा सात करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा उक्त लक्ष्य पूरा गर्ने विश्वास लिदै नगर उपप्रमुख सिंजालीले प्रस्तुत बजेटमा बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि नाै करोड आन्तरिक राजश्व आम्दानी गर्ने लक्ष्य राखेको बताउनुहुदै उहाँले नगरसभामा प्रस्तुत बजेट माथि नगरसभाका सदस्यहरूले महत्त्वपूर्ण सुझाव र आवश्यक कुरा उठाउनुभएकोमा धन्यवाद दिदै त्यसलाई कार्यक्रममा समावेश गरी अघि बढ्ने बताउनुभयो । १३ औँ नगरसभाबाट विनियोजन विद्ययेक, आर्थिक विद्ययेक, साझेदारी कार्यक्रम सञ्चालन गर्न बनेको विद्ययेक, फोहोरमैला व्यवस्थापन गर्न बनेको विद्ययेक सर्वसहमत पारित गरेको छ । सभामा वडाअध्यक्ष हेमन्तराज शाक्य, सुनिलकुमार बस्याल, बावुरत्न शाक्यले विद्ययक पेश गर्नुभएको थियो ।

नगरसभामा प्रस्तुत विद्ययकलाई बहुमतले पारित गरिएको छ । यस्तै नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रतीक्षा सिंजाली गाहाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले नगरपालिकाको न्यायिक समितिबाट सम्पादित मुद्दाहरूको बारेमा जानकारी दिनुभयो । लेखा समिति समिति संयोजक एवं ९ नं. वडाअध्यक्ष राजेशकुमार अर्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै उहाँले तानसेन नगरपालिकाकाे बेरुजु घटाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने सुझाव दिनुभएकाे हाे।

नगरपालिकामा बेरुजु घटाउन सार्वजनिक सूचना नै आह्वान गरेर बाँकी रहेको बेरुजु रकमलाई अशुल उपर गरेर बेरुजु घटाउनु पर्ने नगरसभामा लेखा प्रतिवेदन प्रस्तुत गर्दै बताउनुभएको हाे । १३ औँ नगरसभा नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *