तानसेन नगरपालिकाकाे आयोजनामा गरिएको प्रथम तानसेन महोत्सव-२०८० सुरु

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिकाको आयोजनामा टुँडिखेलमा हुने प्रथम तानसेन महोत्सव- २०८० आजदेखि सुरू भएको छ । दस महिनापछि फेरि पाल्पाको तानसेबजार उत्सव मय छ । बच्चा देखि बृद्धबृद्धा सम्म सबैका लागि उत्सव बनेको याे तानसेन महोत्सव उत्सवमय हुँदै छ । जिल्ला लगायत बाहिरी जिल्लाका गाउँ बस्ती टाेलहरूबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरु र ग्रामीण भेगबाट धेरै ठूलो संख्यामा मानिसहरू समय मिलाएर पाल्पा आउँदैछन् । त्यसैले तानसेन बजार यतिबेला महाेत्सवकै कारणले फेरि फरक प्रकृतिको माहोल सिर्जना हुँदैछ । केही वर्षयता सुनशान बनेको तानसेन बजार फेरि एक पटक गुञ्जायमान बन्दैछ ,महाेत्सवमय हुँनेछ। तानसेन बजारमा फेरि मानिसहरुको चहलपहल दिनहुँ बढ्दै छ र बढ्दो छ। तानसेन नगरपालिकाद्वारा आयोजना भएको महाेत्सवलाई राजधानी राइड्र्स नेपाल काठमाडौले व्यवस्थापन गरेको छ। नगरपालिकाले पहिलो पटक तानसेन महोत्सव गर्न लागेको हो । विगतका वर्षहरूमा पाल्पा उद्योग वाणिज्य संघले २०६० यता हरेक वर्ष महोत्सवकाे आयोजना गर्दै आएको थियो भने यसअघि वैशाख १४–२४ गतेसम्म १३ औं संस्करणकाे रूपमा पाल्पा महोत्सव गरेको थियो । यस पटक भने तानसेनमा महोत्सव भएको एक वर्ष नपुग्दै पुनः तानसेन महोत्सव हुन लागेको हो ।

उक्त महाेत्सव कृषि,रोजगार, पर्यटन,उद्योग र व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले नगर सरकारले पहिलो पटक व्यापार प्रवर्द्धन महोत्सव गर्न लागेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउँनुभयाे । उहाँले महोत्सवमा पाल्पा र नगरभित्रका उत्पादित कृषि तथा घरेलु उद्योगका मात्रै पचास वटा स्टल रहने बताउँदै उहाँले महोत्सवमा तीन सय स्टलहरू रहने जानकारी गराउँदै महोत्सवबाट तानसेन नगरपालिकाकाे आन्तरिक राजश्वमा समेत वृद्धि हुने र त्यसले तानसेनको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने नगर प्रमुख श्रेष्ठको भनाई छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको नगर प्रवक्ता यादवसिंह कार्कीले बताउँनुहुदै महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, स्थानीयस्तरका कलाकारहरुको नृत्य, झाँकी जस्ता प्रतियोगिता हुने प्रवक्ता कार्कीले बताउँनुभयाे । त्यस्तै उहाँले महोत्सवकाे समाचार संकलन कार्यका लागि पत्रकारहरुलाई परिचयपत्र अनिवार्य गरिएको र थप पासको आवश्यक नपर्ने नगरपालिका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले बताउँनुभयाे । महोत्सवबाट ६१ लाख बढी बचत गर्ने नगरपालिकाले लक्ष्य लिएको आयाेजकले जनाएको छ । याे महोत्सवबाट पाल्पाको चौतर्फी व्यवसाय प्रवर्द्धनमा सहयोग गर्नेछ भन्ने विश्वास तानसेन नगरपालिकाले लिएको छ । सुस्ताएको व्यवसाय माथि उठाउन महोत्सवले इट्टा थप्ने नगर सरकारले विश्वास लिएको छ । यसले स्थानीय सरकार र व्यवसायी बीच सहकार्य गर्ने समेत अवसर प्राप्त गर्ने तानसेन नगरपालिकाले जनाएको छ । महोत्सवमा पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ऐतिहासिक स्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा विक्रि समेत राखिने छ । मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति पनि रहने छ । तानसेन महोत्सव फागुन १९ गतेदेखि सुरु भई फागुन २९ गतेसम्म सञ्चालनमा रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *