तानसेन नगरपालिकाकाे सम्पदा संरक्षणमा जोड

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिकालाई ऐतिहासिक एवं साँस्कृतिक सम्पदा नगरको रुपमा विकास गर्ने उद्धेश्यले सराेकारवालाहरू संग छलफल गरिएको छ । तानसेन नगरपालिकाले यहाँ रहेको ऐतिहासिक सम्पदाहरूलाई संरक्षण गर्दै पर्यटन व्यवसायमार्फत चहल पहल बढाउनका लागि सम्वन्धित निकाय सहित छलफल गरेको हाे । तानसेन नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षणका लागि पहल गर्दै उक्त कार्य अगाडि बढाउनलाई एक कार्यक्रमकाे आयोजना गरेको हाे ।

नगरपालिकाकाे आयोजनामा भएको सराेकारवालाहरूसंगकाे छलफल कार्यक्रममा पुरातत्व विभागको सहभागितामा पाल्पा जिल्लाका ऐतिहासिक सम्पदा संरक्षण गर्ने विषयमा सर्वदलिय एवं सर्वपक्षिय छलफल गरिएको हाे ।सर्वपक्षीय छलफल कार्यक्रममा पुरातत्व विभागले तानसेनका ऐतिहासिक एवं धार्मिक सम्पदहरू तानसेन दरवार,रण उजेश्वरी भगवती मन्दिर, अमरनरायण मन्दिर, टक्सार बाैद्धगुम्वा, गणेश मन्दिर,ऐतिहासिक पुरातात्त्विक पुराना घरहरु,रानीमहल दरवार, ऋषिकेष मन्दिर, रुरुक्षेत्रको अवलोकन गरी आगामी दिनहरूमा गर्नुपर्ने कामहरुको बारेमा सर्वदलिय बैठकमा छलफल भएको हो ।

तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालयले सन २००६ मा निर्माण गरेको पाल्पा दरवार गुरु योजना अनुसार दरवार परिसरको संरक्षण एवं व्यबस्थापन गरे मात्र तानसेनको ऐतिहासिकता जोगाउन सकिने विषयमा आ-आफ्नो बिचार राख्दै उपस्थित बक्ताहरुले जोड दिनुभएकाे थियो । छलफलमा उहाँहरूले पाल्पा दरवारकाे गुरुयोजना फाइललाई शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले तानसेन नगरपालिकालाई हस्तानतरण गरेको भनेएता पनि नगर प्रमुख सन्तोषलाल श्रेष्ठले हालसम्म दरवारकाे गुरुयोजना आफुले पाउन नसकेको बताउँनुभयाे ।

छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले सर्वपक्षीय छलफलमा सहभागीहरूकाे छलफल बिचार सुन्दा सबै पक्षका कमजोरीहरुले दरवार गुरुयोजना कार्यान्वयन हुन नसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी काफ्लेले आगामी दिनमा पाल्पा दरवारकाे गुरु योजनालाई सबै क्षेत्र, तहतप्का एवं सर्वसाधारणहरुलाई समेत उपलब्ध गराएर सर्वपक्षीय चासो तथा जागृत गराउनुपर्ने बताउँनुभयाे । उहाँले पुरातत्व विभागको मार्गनिर्देशनमा सहकार्य र सक्रियतामा जिल्लाका धार्मिक तथा ऐतिहासिक सम्पदा संरक्षणकाे काम गर्न जिल्ला प्रशासन कार्यालय सधै सहयोगी बन्ने प्रजिअ काफ्लेले बताउँनुभयाे ।कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्ग, विभागका उप सचिव रामबहादुर कुवँरले पाल्पा जिल्लाका ऐतिहासिक , पुरातात्विक महत्वका सम्पदाहरुको अवस्था एवं संरक्षणमा भईरहेका काम तथा आगामी दिनमा स्थानीयवासी तथा स्थानीय सरकारले गर्नुपर्ने काम कर्तव्य क्षेत्राअधिकारका विषयमा जानकारी गराउँनुभएकाे थियाे ।

छलफल कार्यक्रममा प्रदेश सांसद वीरबहादुर राना,जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनाल, नेपाली काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमाले पाल्पा अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्र संयोजक राजेन्द विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी उपाध्यक्ष सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चा अध्यक्ष विशाल दर्लामी, पाल्पा उद्योग वाणिज्य संघ अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघ उपाध्यक्ष विष्णु कार्की, पर्यटनविद मनमोहन श्रेष्ठ,इतिहासविद निर्मल श्रेष्ठ, संस्कृतिकर्मी राजेन्द्रगाेपाल सिंह, रानीमहल क्षेत्रका स्थानीयवासी, देवीप्रसाद भट्टराई, भगवती गुठी व्यबस्थापन समिति सदस्य पदम न्यौपाने, तानसेन नगरपालि वडा नंं ८ का वडा अध्यक्ष सोमनाथ अर्याल, पत्रकार प्रकाश नेपाल लगायतले पाल्पाका ऐतिहासिक धार्मिक सम्पदाहरुको बारेमा जानकारी गराउँनुभएकाे थियोे ।

छलफल कार्यक्रममा तानसेन नगरपालिकाभित्र रहेका सम्पुर्ण ऐतिहासिक धार्मिक सम्पदाहरु संरक्षण गर्न सर्बपक्षिय निर्णय बाट सहमती पाएकोले सोही अनुसार नगरपालिकाले विशेष कार्यक्रम बनाएर जिम्मेवारीपूर्ण काम गर्ने निर्यण गरेको जानकारी गराउँदै प्रतिबद्धता व्यक्त गरेको हाे ।सर्वदलीय छलफल कार्यक्रम तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, नगर उप-प्रमुख प्रतिक्षा गाहा सिंजालीको स्वागतमा सर्बदलिय छलफल कार्यक्रम चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *