तानसेन नगरपालिकामा नगर सभाकाे नमुना युवा अभ्यास

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिकाकाे आयोजनामा नमुना युवा अभ्यास नगरसभा अभ्यास भएको छ । तानसेन नगरपालिकाकाे शिक्षा ,युवा तथा खेलकुद शाखाले आयाेजना गरेको नमुना युवा नगरसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रममा संसदीय सभाकाे झल्को दिने गरि नगरसभालाई अभ्यासकाे रूपमा सभा सञ्चालन गरिएको हाे । राष्ट्रिय युवा परिषद लुम्बिनी प्रदेशकाे प्राविधिक सहयोगमा नगरपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाकाे आयाेजनामा सम्पन्न भएको हाे ।

जेष्ठ ८ गतेदेखि सुरु भई ११ गतेसम्म चलेको चारदिनकाे नमुना युवा नगरसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रममा साेर वर्ष देखि चाैविस वर्षका उमेर समुहका युवाहरूकाे सहभागीतामा भएको प्रशिक्षण कार्यक्रममा तानसेन नगरपालिकाबाट चाैध वडाका युवा क्लबहरूबाट अठ्ठाइस जना र नगरपालिका नगरप्रमुखले सात जना मनाेनित गरि जम्मा पैँतिस जना सहभागीता रहेकाे कार्यक्रममा तानसेन नगरपालिका प्रत्येक वडाहरूबाट नमुना युवा अभ्यासमा छनाेट भई आउँनुभएका नमुना युवा नगरसभा अभ्यास कार्यक्रममा युवाहरूलाई शुरूवाती प्रशिक्षण प्रदान गरि अभ्यास गराउँदै सभा सञ्चालन गरिएकाे थियाे ।जेष्ठ ८ गतेदेखि ११ गतेसम्म चलेको प्रशिक्षण कार्यक्रम पश्चात् तालिममा सिकेका कुरारूलाई व्यवहारिकता प्रदान गर्ने हेतुले सहभागीहरूलाई नमुना युवा नगरसभा अभ्यास गराइएकाे हाे ।

नमुना नगरसभा अभ्यास कार्यक्रममा सभाध्यक्ष निश्चल पाैडेलले नगरसभाका लागि नमुना वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे । त्यस्तै नमुना नगरसभा अभ्यास कार्यक्रममा उपाध्यक्ष माेनिका भाटले नमुना राजश्व नीति र व्ययकाे वार्षिक अनुमान सहितको बजेट प्रस्तुत गर्नुभएको थियोे । नमुना युवा अभ्यास कार्यक्रममा नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र आर्थिक वर्षका लागि प्रस्तुत बजेटलाई नमुना युवा अभ्यास कार्यक्रमका नगरसभा सदस्यहरूले सभामा छलफल गरि प्रस्तुत भएका नीति तथा कार्यक्रम र आर्थिक वर्षका लागि पेश भएको कार्यक्रम बहुमतले पारित गरिएको थियोे भने नगर सभाध्यक्षले सभामा उठेका प्रश्नहरूकाे जवाफ दिदै सभा समापन गर्नुभएको थियोे । नमुना युवा अभ्यास नगरसभा कार्यक्रममा सचिवकाे भुमिका निर्वाह प्रशिक्षक युवराज जाेशीले गर्नुभएको थियाे ।

नमुना युवा अभ्यास नगरसभा कार्यक्रममा चारदिनकाे बसाईमा सिकेका अनुभव र सिकाइ उपलब्धिकाे बारेमा सहभागीहरूकाे तर्फबाट समापन कार्यक्रममा बाेल्नुहुदै सुदीक्षा ज्ञवालीले नमुना युवा नगरसभाकाे अभ्यास तालिम निकै महत्त्वपूर्ण रहेको बताउँदै उहाँले तालिमकाे क्रममा चारदिने बसाइँमा सिकेका ज्ञानसीप र उपलब्धिहरूलाई ब्यवहार लागू गर्न सके सार्थकता हुने बताउँदै कार्यक्रमकाे बारेमा संक्षिप्त चर्चागर्दै प्रशिक्षणमा प्रशिक्षकद्वय आयुषा कंडेल र युवराज जाेशीले निकै मिहिनेतका साथ सरल तरिकाबाट पहिलो दिनकाे कार्यक्रममा कार्यक्रमकाे उद्धेश्यबारे बताउँनुभयाे। उहाँले सहभागीहरूले कार्यक्रममा पालना गर्नुपर्ने नीतिनियम बारेमा बताउँदै अपेक्षा संकलन गर्नुका साथै नमुना युवा अभ्यास नगरसभा कार्यक्रमका लागि सञ्चालनकाे जिम्मेवारी बाँडफाँड र नमुना युवा नगरसभामा उठाउनुपर्ने विषयबस्तुहरूकाे बारेमा जानकारी दिनुभएकाे थियोे । दाेस्राे दिन स्थानीयतहमा याेजना निर्माणका सातवटा चरण सम्वन्धि प्रशिक्षण दिनुका साथै स्थानीयतहमा बजेट निर्माण कार्यमा युवाहरूकाे भूमिका र काम कर्तव्य अधिकार र नमुना युवा अभ्यास संसदकाे सञ्चालन कसरी गर्ने भन्ने विषय केन्द्रित भएर प्रशिक्षण दिनुभएको थियोे । त्यसैगरी नमुना युवा अभ्यास तालिमको तेस्रो दिनकाे बसाइँमा नगरसभा सञ्चालन गर्दा चाहिने कार्यविधि तथा नगरसभामा पालना गर्नुपर्ने नियम र आचारसंहिता बताउँदै प्रशिक्षणमा सिकेको ज्ञानलाई नमुना अभ्यासकाे रूपमा प्रदर्शन सहित आवश्यक पदाधिकारी चयन र भूमिकाकाे बारेमा जानकारी गराउँनुभयाे । चाैँथाेदिन तालिमको बसाइँमा सहभागीहरूबाट सिकेको उपलब्धिलाई अभ्यास गराउने काम सहित स्थानीय युवा परिषद्काे गठन र परिषदले गर्ने काम, युवा परिषदकाे भूमिकाबारे संक्षिप्तमा बताउँदै निकै मिहिनेतका साथ सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियोे ।यस किसिमको तालिममा सहभागी हुन पाउनु सबै युवाहरूका लागि गाैरवकाे विषय भएकाले पनि याे तालिम निकै महत्त्वपूर्ण रहेको धारणा कार्यक्रममा ब्यक्त गर्दै उहाँले उक्त कुरा बताउँनुभयाे ।

त्यस्तै नमुना युवा अभ्यास नगरसभा कार्यक्रमकाे समापनमा सिकाइ उपलब्धिहरू बारेमा बाेल्दै अर्का सहभागी अंकित शर्माले यस किसिमको प्रशिक्षणले युवाहरूलाई सहिदिशा केन्द्रित गराउँदै सामाजिक भूमिका निर्वाह गर्न अभिप्रेरित गर्ने र नीतिनिर्माणकाे तहमा पुग्ने अवसर प्राप्त हुने भएकोले पनि याे तालिम उपलब्धिमूलक रहेको उहाँले बताउँनुभयाे ।

नमुना युवा नगरसभा अभ्यास तालिममा सहभागीहरू मध्येबाट तानसेन नगर युवा सञ्जाल गठन गरिएकाे छ। जसमा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ संरक्षक, अध्यक्ष अंकित शर्मा, उपाध्यक्ष माेनिका भाट, सचिव सुदीक्षा ज्ञवाली, सह-सचिव स्नेहा मगर, काेषाध्यक्ष विकास रावल, सदस्यहरूमा संजाेग तिमिल्सिना, सन्देश विष्ट, धिरज भट्टराई, समीक्षा गाैतम, रविना विक, विन्दिया रूचाल र विन्दु पल्ली रहनुभएकाे छ ।

त्यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेश युवा परिषद्ले मनाेनित गर्न पाउने कानूनी ब्यवस्थाअनुसार प्रशिक्षक आयुषा कंडेलले नमुना युवा अभ्यास नगरसभामा सहभागीहरू मध्ये तीनजना मनाेनित गर्नुभएकाे जानकारी गराउँदै मनाेनित सुदीक्षा ज्ञवाली, संजाेग तिमिल्सिना र सचिना विश्वकर्मालाई सिफारिस गरि पठाई दिन सभामा जानकारी गराउँदै प्रशिक्षकद्वयकाे तर्फबाट शुभकामना मन्तब्य दिनुहुदै प्रशिक्षक आयुषा कंडेलले प्रशिक्षणकाे क्रममा आफुलाई शिक्षा शाखाले गरेको ब्यवहार तालिम सञ्चालनकाे क्रममा ब्यवस्थापनपक्षमा देखिएको त्रुटिप्रति आलोचनात्मक बिचार राख्दै आगामी दिनहरूमा सच्चिएर अघि बढ्न सुझाव दिनुभएको थियोे । तानसेनकाे चारदिने बसाइँ निकै उत्साह र अनुकरणीय रहेको भएता पनि केही प्रशिक्षणकाे क्रममा केही ब्यवहारिक त्रुटि कमीकमजोरी र गल्ती गरेको भए आफुले त्यसलाई स्वीकार गर्ने भन्दै ती कमीकमजोरी र गल्ती सच्याउन तर्फबाट लाग्ने बताउँदै बिना गल्तीको गलत क्रियाकलापलाई आफुले कहिले पनि स्वीकार गर्न नसक्ने स्वभाव रहेको बताउँदै उहाँले राष्ट्रिय युवा परिषदले संघ प्रदेश र स्थानीयतहमा युवाहरूको क्षमता विकास अभिवृद्धि कार्यक्रम मार्फत नीति निर्माणमा सहभागी बनाउँदै राष्ट्र निर्माणमा युवा हरूलाई सहभागी हुन उत्प्रेरित गर्ने, सशक्तीकरण गर्दै परिचालन गर्ने गरेको प्रशिक्षक एवं लुम्बिनी प्रदेश युवा परिषद कार्यकारी सदस्य कंडेलले बताउँनुभयाे ।

समापन कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले युवाहरूलाई नमुना युवा अभ्यास नगरसभा मार्फत संसदिय अभ्यास गराउनका लागि युवाहरूलाई नगरसभाले सहयोग पुर्‍याउने बताउँनुहुदै उहाँले अहिले युवाहरू यसबाट दीक्षित भएभने भाेलीका दिनमा पक्कैपनि स्थानीयतह वडा, गाउँपालिका, जिल्ला गर्दै संसाद हुने र देशकाे महत्वपुर्ण ओहदामा पुग्दा अपनाउनु पर्ने संसदीय व्यवस्थाकाे बारेमा जानकारी दिने उद्धेश्यले नगर युवा अभ्यास नगरसभा सञ्चालन गर्दै युवापिडिहरूलाई अभ्यास गराउनका लागि याे नमुना युवा अभ्यास नगरसभा प्रशिक्षण राखिएको जानकारी दिनुभयो। नगरप्रमुख श्रेष्ठले सभाले युवापिडिलाई वर्तमान व्यवस्थाकाे जानकारी गराउने र आगामी दिनमा व्यक्तित्व एवं नेतृत्व विकास गर्दै युवालाई नीति निर्माणकाे तहमा पुर्‍याउन संघीय ब्यवस्थाकाे मर्म अनुसार लाेकतान्त्रिक व्यवस्था स्वरूप संसदीय अभ्यास गराउनका लागि कार्यक्रमले महत्वपुर्ण भुमिका निवार्ह गरेकाे उहाँले समापन कार्यक्रममा बताउँनुभयो । तानसेन नगरपालिकाले ” तानसेनकाे गाैरव,शिक्षा ,स्वास्थ्य ,पर्यटन कला र पाैरख “ माध्यमबाट तानसेन नगरपालिकाकाे विकास समृद्धि खाेज्दै नगरलाई समृद्ध बनाउने याेजनाका साथ अगाडि बढेको बताउदै युवाहरूलाई संगसंगै लिएर सहकार्यका साथ बढ्ने नगरप्रमुख श्रेष्ठले कार्यक्रममा बताउँनुभयो ।

तानसेन नगरपालिका उपप्रमुख एवं विशिष्ट अतिथि प्रतीक्षा गाहा सिंजालीले नमुना युवा नगरसभा अभ्यास कार्यक्रम अहिले नगरस्तरमा सञ्चालन भएको युवा नगरसभाले आगामी दिनमा युवाहरूकाे सहयोग र सहकार्य वडास्तर सम्म सञ्चालित गर्ने बताउँदै उपप्रमुख सिंजालीले युवाहरूलाई राष्ट्रिय युवा परिषद अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले वडामा रहेका क्लबहरूबाट छनाेट गरि नमुना युवा अभ्यास नगरसभाले युवाहलाई लक्षित गरि नीति तथा कार्यक्रममा बजेट विनियोजन गरिएको र आगामी दिनमा युवाहरूको सहकार्यमा अगाडी बढ्ने गरि नगरपालिकाले कार्यक्रम बनाउने बताउँनुभयो । उहाँले याे कार्यक्रमले लाेकतान्त्रिक पद्धति एवं संघीयताकाे मर्म संघीय प्रणालीकाे अभ्यास गरि युवाहरूकाे व्यक्तित्व र नेतृत्व विकास टेवा पुर्‍याउने कार्य गरेको उपप्रमुख सिंजालीले समापन कार्यक्रममा बताउँनुभयो । साथै आगामी दिनमा कार्यक्रमले नगरपालिकालाई रचनात्मक कार्यमा उत्प्रेरित हुन प्रेरणा मिलेकाे भन्दै उहाँले युवालाई यस कार्यक्रमबाट नीति निर्माणकाे तहमा पुग्न समेत सघाउने बताउँदै नमुना युवा नगरसभा अभ्यासमा सिकेका ज्ञानलाई पक्कै पनि ब्यवहारमा लैजान सकेमात्र यसको सार्थकता रहने भन्दै उहाँले शुभकामना दिदै उक्त कुरालाई बताउँनुभयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत काेशलराज घिमिरेले नमुना युवा नगरसभा तालिमले युवाहरूलाई नीतिगत रूपमा नेतृत्वबाेध हुनुका साथै दायित्वबाेध गराउने कार्य गरेको बताउँनुहुदै उहाँले देशकाे महत्वपुर्ण कार्यपालिका,न्यायपालिका र व्यवस्थापिका भुमिकाहरूकाे जानकारी प्रदान गर्दै नमुना नगरसभा अभ्यासले युवाहरूलाई प्रयाेगात्मक रूपमा प्रशिक्षण प्रदान गरि सचेत गराउने कार्य गरेको भन्दै शुभकामना दिनुभयो । नमुना युवा अभ्यास नगरसभा समापन कार्यक्रमकाे तानसेन नगरपालिका वडा नं.७ का वडाअध्यक्ष एवं तानसेन नगरपालिका सामाजिक विकास समिति संयाेजक प्रदिप खनालकाे अध्यक्षतामा शिक्षा ,युवा तथा खेलकुद शाखा शिक्षा अधिकृत काेपिला न्याैपानेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *