तानसेन नगरपालिकाले गर्याे नगर स्तरीय तीज गीत प्रतियोगिता

पाल्पा, तानसेन नगरपालिकाले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको हाे । तानसेन नगरपालिकाले तीजकाे माैलिकता हराउन लागेकोले पनि कला र संस्कृतिको जर्गेना गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

स्थानीय तहमा महिलाहरुको अर्थपूर्ण समावेशी सहभागिता” विषयमा भएको प्रतियोगितामा तानसेन १४ अर्गलीको अर्गली बजार व्यवस्थापन समूह प्रथम भएको छ । सोही वडाको ऋषिकेश महिला जागरण कृषि समू दोस्रो, तानसेन- ६ देवकोटा चोक आमा समूह तेस्रो हुनुका साथै तानसेन -७ को बंशगोपाल आमा समूह सान्त्वना भएकाे छ ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद ७ हजार,दोस्रो हुनेले ५ हजार, तेस्रो हुनेले ३ हजार र सान्त्वना हुने समूहले २ हजार प्राप्त गर्ने छन् । सहभागी समूहले हजार पाँच सय नगद, प्रमाणपत्र प्राप्त गरेका छन् ।

नगरपालिका भित्रका १४ वडामध्य ९ समूहको सहभागी रहेको प्रतियोगितामा पुराना लोकलयमा आधारित तीज गीत, विकृति विसंगती माथी प्रहारका नयाँ रचना र भेषभूषाका मौलिकतालाई विशेष प्राथमिकतामा राखेर मुल्याङकन गरिएको निर्णायक मण्डलका संयोजक मन गहिरेले जानकारी दिनुभयो ।

प्रतियोगितामा नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा मनोरञ्जन मात्र नभई कला, संस्कृति, परम्पराको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । जसका लागि तानसेन नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने समेत जानकारी गराएको हाे ।

तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिङजालीले कला संस्कृतिको संरक्षणका साथै महिला अधिकारका विषयमा जानकारी गराउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले नगर स्तरीय तीज गीत प्रतियोगिताले आपसी सद्भाव कायम गर्ने र भाइचारा सम्बन्ध कायम गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *