तानसेन नगरपालिकाले उपभोक्ताकाे प्राप्त सुझावलाई मध्ये नजर गर्दै तानसेन खानेपानीकाे उपभोक्ता तदर्थ समितिकाे गठन

पाल्पा, तानसेन नगरपालिकाले तानसेन खानेपानी उपभोक्ता समितिको तदर्थ समिति निर्माण गरेको छ । केही दिनअघि तानसेनका खानेपानी उपभोक्ताहरूको भेलाबाट निर्णय भएअनुसार तदर्थ समिति गठन गरेको नगरपालिकाले जनाएको छ ।

तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले प्रवक्तासंग पत्रकार भेटघाट कार्यक्रममा उहाँले खानेपानी उपभोक्ताहरूको भेलाबाट भएको निर्णय अनुसार नगरकार्यपालिकाको बैठकले सर्वपक्षीय तदर्थ समिति बनाएको जानकारी दिनुभएको हाे । पत्रकारहरूकाे भेटघाटमा प्रवक्ता कार्कीले तदर्थ समितिको संयोजकमा मोहनप्रसाद श्रेष्ठ, सदस्यहरूमा राधेश्याम ज्ञवाली, लालमने पुन, सन्तोषकुमार नेपाल, दिलकुमारी शर्मा, दुर्गादेवी भट्टराई र महेन्द्रबहादुर खाती रहनुभएको तानसेन नगरपालिका बैठक निर्णय अनुसारकाे तदर्थ समिति गठन गरेको छ ।

संयोजक श्रेष्ठ भने नेपाली कांग्रेस पाल्पाका कोषाध्यक्ष हुनुहुन्छ । तदर्थ समितिलाई खानेपानी उपभोक्ता समितिको विधान नियमित बनाउने, नयाँ उपभोक्ता समिति निर्वाचित गर्ने तथा हाल अव्यवस्थित रहेको खानेपानी व्यवस्थापनलाई नियमित बनाउने जिम्मेवारी तोकिएको प्रवक्ता कार्कीले पत्रकारहरूसंग भेटघाट गर्दै पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएकाे छ । उहाँले यसअघि तानसेन खानेपानी उपभोक्ता समिती चार वर्ष सम्म अबैध रुपमा सञ्चालन भएको समेत जानकारी गराउनुभएको थियो ।

प्रवक्तासंगकाे पत्रकार भेटघाटमा कार्कीले बार एशोसिएनद्वारा निर्वाचन स्थगित गरेको जानकारी सूचना प्रकाशन भएपछि उहाँले नजिककाे निगरानी राख्ने निकाय स्थानीय सरकार रहेकोले साेही जिम्मेवारीलाई वहन गर्दै तानसेन नगरपालिकाले तदर्थ समिति निर्माण गरि जिम्मेवारी ताेकेकाे प्रवक्ता कार्कीले पत्रकारहरूकाे भेटमा बताउनु भएको हाे । कुराकानीमा उहाँले यस्तै नेपाल वार एशोसिएसन पाल्पाले तानसेन खानेपानी उपभोक्ता समितिको अप्रमाणित विधान अनुसारको निर्वाचन कार्यक्रम अगाडि बढाएको थियो । तर कानुनी मापदण्डमा उपभोक्ता समितिको कमीकमजोरी देखिए पछि नेपाल वार एशोसिएसन पाल्पा चुनावी प्रक्रियाबाट पछि हट्दै निर्वाचन प्रक्रियालाई स्थगित गर्न बाध्य भएको जानकारी नगर प्रवक्ता कार्कीले पत्रकारहरूसंग कुराकानीमा बताउनुभएको थियोे ।

नेपाल वार एशाेसियशन पाल्पाले घोषित निर्वाचन कार्यक्रमलाई स्थगित गरेको जानकारी दिदै उहाँले मिति २०८०साल जेष्ठ १३ गतेदेखि जेष्ठ १८ गतेसम्म तानसेन खानेपानी उपभोक्ता समितिका लागि उम्मेदवारहरूकाे मनोनयन दर्ताको कार्यक्रम घोषणा गरेकोमा हाललाई उपभोक्ता समितिकाे निर्वाचन स्थगित गरेको सूचना पाल्पा वार एशाेसियसनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *