तानसेन नगरपालिका : पूर्ण खोप सुनिश्चितता घोषणा

पाल्पा, तानसेन नगरपालिकालाई एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका सह-संयोजक तथा जिल्ला समन्वय समिति पाल्पा उप-प्रमुख काशिका गैरे ज्ञवालीले तानसेन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गर्नुभएकाे हाे ।

जिल्ला खोप समन्वय समिति पाल्पा सह-संयोजक गैरे, खाेप समन्वय समिति सदस्य सचिव एवं स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्रकुमार गिरीले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमका बीच तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाण-पत्र हस्तान्तरण गर्नुभएकाे छ। नगरपालिकाकाे चाैध वटै वडाहरुकाे पूर्ण खोप सुनिश्चिता घोषणा भएसंगै एक कार्यक्रम आयोजना गर्दै सिङ्गो नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको हो ।

तानसेन नगरपालिकाभित्रका जन्मेदेखी १५ महिनासम्म र १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई खोपअभियान सञ्चालन गरेर पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी गराउँनुभयाे । उहाँले तानसेनलाई चैत्र मसान्तसम्म ०–१५ महिनाका ५ सय ३ बालबालिका र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार ८ सय २ जना बालबालिकाहरुलाई खोप लगाइएको बताउँनुभयाे । तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख न्याैपानेले भन्नुभयो जसमा ३ जना बालबालिका खाेप लगाउन छुट्न गएकोले बाँकी रहेको बताउँनुभयाे। पूर्ण खाेप सुनिश्चितता घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख गैरेले पूर्ण खोप सुनिश्चितता घाेषणा अभियानले बाल मृत्युदर,मातृ मृत्युदर,शून्य अवस्थामा पुर्‍र्याएको भन्दै उहाँले मानिसको औसत आयुमा समेत वृद्धि गरेको र धेरै किसिमका रोगहरुबाट मानिसलाई सुरक्षित रहन सघाउ पुगेको बताउँदै समग्र स्वास्थ्यकाे क्षेत्रमा उल्लेखनिय सुधार आएको उप-प्रमुख गैरेले बताउँनुभयाे ।

स्वास्थ्य कार्यालय पाल्पा प्रमुख एवं जिल्ला खाेप समन्वय समिति सदस्य डा.गिरीले पूर्ण खोप सुनिश्चिता कार्यक्रमले पाँच बर्ष मुनिका कुनै पनि बालबालिका सरकारको मापदण्ड भित्रका खोपहरु पाउने,कुनै तरिकाबाट छुटेका भएपनि पुनः समेटिने भएकाले निकै याे कार्यक्रम प्रभावकारी भएको बताउँनुभयाे । उहाँले पाल्पाले विगत तीन बर्ष देखी खोप सुनिश्चितता भएको पालिका अभियानलाई निरन्तरता दिदै आएको बताउँनुभयाे । पूर्ण खाेप सुनिश्चितता घाेषणा कार्यक्रममा तानसेन नगरपालिका नगर प्रमुख सन्ताेष लाल श्रेष्ठले राष्ट्रिय खोप अभियान अन्तर्गत नै तानसेन नगरपालिकाका १४ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिए पछि पूर्ण खोपयुक्त सुनिश्चित नगरपालिका घोषणा गरिएको उहाँले बताउँनुभयाे । तानसेनलाई पूर्ण खोप अभियानले पालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार आएको समेत बताउँनुभयाे ।

पूर्ण खोप अभियानले प्रत्येक घर–घरमा पुग्दा स्वास्थ्य क्षेत्रका अन्य विषयबस्तुमा समेत जानकारी प्राप्त भएकाले पालिकाले सोही अनुसारको नीति कार्यक्रम र बजेट बनाउदै आएको नगर प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयाे । पूर्ण खाेप सुनिश्चितता घाेषणा कार्यक्रममा तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर थापा लगायतले नगरलाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गर्न सहयोग पुर्‍याउने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *