तानसेन ननरपालिका युवा खेलकुद तथा शिक्षा शाखाकाे नमुना युवा सांसद अभ्यास कार्यक्रम सुरु

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखाकाे आयाेजनामा “तानसेनकाे गाैरव, शिक्षा , स्वास्थ , पर्यटन , कला र पाैरख” भन्ने आदर्श वाक्यका साथ चारदिने युवा लक्षित नमुना नगर सभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । तानसेन नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखाकाे आयाेजनामा जेष्ट ८ गतेदेखि ११सम्म चल्ने नमुना अभ्यास कार्यक्रममा नगरपालिकाकाे १४ वटा वडाका युवा क्लबमा आवद्ध १६ वर्षदेखि २४ वर्ष उमेर समुहका २८जना र तानसेन नगरपालिकाकाे नगरप्रमुखबाट मनाेनित ७ जना गरि जम्मा ३५ जना सहभागी सहित नमुना युवा नगरसभा अभ्यास कार्यक्रम सुरु भएको हाे।

तानसेन नगरपालिकाकाे युवा खेलकुद तथा शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि एवं नगरपालिका कार्यवाहक नगरप्रमुख प्रतीक्षा गाहा सिंजालीले नगरपालिकाका युवाहरूलाई संघीय लाेकतान्त्रिक गणतन्त्रकाे शासन ब्यवस्था र संघीयतामा तीनतहका सरकारले संचालन गर्ने सभाका बारेमा युवालाई कसरी सहभागी र नेतृत्वमा पुर्‍याउने भन्ने विषयमा याे नमुना अभ्यास कार्यक्रम हुने भएकोले सहभागीहरूले यसबाट पूर्ण लाभ लिएर सरकारले गर्ने हरेक गतिविधिमा खवरदारी गर्दै सभा संचालन गर्ने ताैरतरिकाबारे सिकाइ हुने भएकोले उपलब्धि हुने विश्वास लिएको भन्दै शुभकामना दिनुभयाे ।

तानसेन नगरपालिका वडा नं. १ का वडाअध्यक्ष एवं कार्यक्रमका अतिथि सुनिलकुमार बस्यालले नमुना युवा नगरसभा अभ्यासमा सिक्ने विषयबस्तु निकै महत्त्वपूर्ण रहेकोले कार्यक्रममा सहभागी युवाहरूले उत्साहित भएर सिक्नुपर्ने भन्दै शुभकामना दिनुभयो ।

त्यस्तै तानसेन नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष एवं सामाजिक विकास शाखा प्रमुख प्रदिप खनालले कार्यक्रममा बाेल्नुहुदै नमुना युवा अभ्यासमा सहभागीले संसदीय अभ्यास र प्रणालीकाे विषयमा सिक्दै कुनै दल विशेष राजनीतिमा संग्लन भएर जनप्रतिनिधि बनेर गर्ने काम, संसदीय अभ्यासमा सभाकाे संचालन कसरी गर्ने भन्ने विषयमा महत्त्वपूर्ण सिकाइ हुने बताउँदै भावी दिनमा युवालाई कसरी नेतृत्वमा पुर्‍याउने भन्ने उद्धेश्यले नै यस कार्यक्रमकाे आयाेजना गरिएको बताउनुहुँदै शुभकामना दिनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिका लेखा अधिकृत काेशलराज घिमिरे, सन्तवीर वराल र पत्रकार नवराज ज्ञवालीले आ-आफ्नो धारणा राख्दै शुभकामना दिनुभएको थियोे । नमुना युवा नगरसभा संचालन अभ्यास कार्यक्रममा लुम्बिनी प्रदेश युवा परिषद् कार्यकारी सदस्य आयुसा कंडेल र युवराज जाेशीले नमुना युवा अभ्यास कार्यक्रमलाई प्रशिक्षण दिनुहुदै प्रशिक्षकद्वय कंडेल र जाेशीलेयुवाहरूलाई कसरी नीति निर्माण, विकास निर्माणमा सहभागी गराउँदै बजेट माग्ने तरिका र तीन तहमा संचालन हुने विकास निर्माणका काम र नीति निर्माणमा युवाहरूको भूमिका र सभा सञ्चालन विषयमा केन्द्रित भएर सहभागीहरूलाई प्रशिक्षण दिने जानकारी गराउँभएकाे थियोे ।

तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले युवाहरूलाई कसरी नगरसभा सहभागी गराउने र बजेट माग गर्दाका कानूनी प्रक्रिया कसरी पुर्‍याउने नीति निर्माणमा युवाहरूको भूमिका के कसरी हुने जस्ता महत्त्वपूर्ण विषयमा केन्द्रित रहेर विकास निर्माणका काममा युवा सक्रियता बढाउन यस कार्यक्रमकाे उद्धेश्य रहेको बताउँदै अध्यक्षता गर्नुभएको थियो ।

नमुना युवा नगरसभा अभ्यास कार्यक्रमकाे उद्वेश्यमा प्रष्टाउँदै तानसेन नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख काेपिला न्याैपानेले स्वागत गर्नुभएको कार्यक्रममा नगर शिक्षा स्रोत व्यक्ति लक्ष्मी ढुङ्गानाकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *