तानसेन बजार अनुगमन: सातवटा पसललाई जरिवाना

पाल्पा, तानसेन बजार अनुगमनकाे क्रममा सातवटा पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट भएको बजार अनुगमनमा तानसेनका सातवटा पसललाई अखाद्य बस्तु बिक्री गरेकाे र मापदण्ड अनुसार पसल सञ्चालन नगरेकाे कारण जरिवाना सहित कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको हाे ।

जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाबाट संयुक्तरूपमा तानसेनमा गरिएको बजार अनुगमनका क्रममा अखाद्य बस्तु बिक्री गर्ने , लेवलिङ् नगरिएका सामग्रीहरू बिक्री गर्ने तथा तौलमा ठगी गर्ने गरेको भेटिएकाले अनुगमनका क्रममा गल्ती कमजोरी भेटिएका सातवटा पसललाई पाँच हजार रुपियाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जानकारी दिनुभयो ।

तानसेन बजारको मख्खनटोल, सिल्खानटोल, टक्सारटोल, बिशालबजार लगायत क्षेत्रमा बजार अनुगमन गरिएको थियो । प्रशासन कार्यालयले उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार गल्ती कमजोरी गर्ने पसलहरूलाई कारबाही गरेको जनाएको छ ।

बजार अनुगमनका क्रममा भेटिएको म्याद नाघेका अखाद्य बस्तु जफत गरिएको छ । अनुगमन टोलीले अनुगमनका क्रममा चार हजार पाँच सय रुपियाँ बराबरको सामान जफत गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पा र घरेलु तथा साना उद्योग कार्यालयले तानसेनबजार लगायत विभिन्न स्थानमा बजार अनुगमनलाई तीव्रता दिइएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रतिनिधि मनोज घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *