तिनाउकाे कृषि क्षेत्रमा एक करोड चाैध लाख बढीकाे काम गर्ने लक्ष

पाल्पा, तिनाउ गाउँपालिकाले कृषि क्षेत्रका लागि चालु आर्थिक वर्षमा एक करोड चाैध लाख सत्तरी  हजार बजेट विनियोजन गरेको बताएको छ । यस वर्ष गाउँपालिकाले कुल पूँजिगत तर्फको बजेटको दुई दशमलव शून्य दुई आठ प्रतिशत रकम कृषिमा विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

यस आर्थिक वर्षमा गाउँपालिकाले वडा नं. १ मा तरकारी खेती क्षेत्र विस्तार कार्यक्रमलाई ५० प्रतिशत अनुदानमा चार लाख रुपैयाँ विनियोजन गरेको तिनाउ गाउँपालिकाका कृषि शाखा प्रमुख हेमन्तकुमार शर्माले बताउनुभयो । उहाँले वडा नं. २ मा तरकारी खेती क्षेत्र विस्तार कार्यक्रमका लागि ५० प्रतिशत अनुदानमा चार लाख, वडा नं. ३ मा च्याउ खेती विस्तार कार्यक्रमका लागि ५० प्रतिशत अनुदानमा चार लाख,वडा नं.४ मा धनिया तथा खुर्सानी खेती क्षेत्र विस्तार कार्यक्रमका लागि ५० प्रतिशत अनुदानमा चार लाख, वडा नं. ५ मा मौरी पालन तथा धनिया,खुर्सानी खेती विस्तार कार्यक्रम  लाई ५० प्रतिशत अनुदानमा चार लाख, वडा नं.६ मा तरकारी तथा मौैरी पालन क्षेत्र विस्तार कार्यक्रम  लाई ५० प्रतिशत अनुदानमा चार लाख बजेट विनियोजन गरिएको कृषि शाखा प्रमुख शर्माले कुराकानीमा जानकारी दिनुभयो ।

यसका साथै यस वर्ष मागमा आधारित कृषि कार्यक्रम अन्तगर्त फलफूल व्यवस्थापन कार्यक्रमका लागि ५० प्रतिशत अनुदानमा तिन लाख, अदुवा,बेसार उत्पादन तथा बजारीकरणका लागि ५० प्रतिशत अनुदानमा चार लाख बजेट विनियोजन गरिएको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । उहाँले सत् प्रतिशत अनुदानमा बाली उपचार शिविरका लागि तीन लाख, मागमा आधारित कृषि खेतीमा संलग्न किसानहरूकाे तालिम व्यवस्थापनका लागि दुई लाख, आईपीएम. कृषक पाठशालाका लागि तीन लाख, मकै बाली उन्नत बीउ प्रवद्र्धन कार्यक्रमका लागि छ लाख, गाउँपालिका अध्यक्ष संग किसान कार्यक्रम अन्तर्गत विपन्न किसानहरुलाई निःशुल्क कृषि सामाग्री वितरणका लागि चार लाख रूपैयाँ  गाउँपालिका उपाध्यक्ष संग अगुवा कृषक सम्मान कार्यक्रमका लागि दुई लाख, प्लाष्टिक पोखरी निर्माणका लागि निःशुल्क प्लाष्टिक वितरण कार्यक्रमका लागि १० लाख रुपैयाँ व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो  ।

यसका साथै कृषि तथा पशुपंक्षी विकास समिति बैठक खर्चका लागि एक लाख,उत्पादनमा आधारित अनुदानमा १५ लाख, फलफूल बगैंचा स्थापना तथा व्यवस्थापन कार्यक्रमलाई तिन लाख, रैथाने बाली संरक्षण एवं बजारीकरण कार्यक्रमका लागि दुई लाख,बजार व्यवस्थापन सफ्टवेयरका लागि दुई लाख, कप कटिङ उत्पादकत्व पत्ता लगाउन एक लाख बजेट विनियोजन गरिएको कृषि शाखा प्रमुख शर्माले बताउनुभयो ।

यस्तै प्रदेशतर्फ कृषि पशुपन्छी विकास कार्यक्रम अनुगमन तथा समन्वयमा एक लाख, तरकारी प्रर्वद्धन कार्यक्रमका लागि पाँच लाख, च्याउ प्रर्वद्धन कार्यक्रममा पाँच लाख, कागती प्रर्वद्धन कार्यक्रमका लागि पाँच लाखबाट काम हुने गाउँपालिकाले जनाएको छ ।संघअन्तरगतको बजेटमा किसान सूचिकरणका लागि दुई लाख ७० हजार,पकेट निरन्तरता कार्यक्रमका लागि पाँच लाख र तथ्याङ्क अध्यावधिक गर्नका लागि एक लाख बजेट विनीयोजन रहेको छ ।  गाउँपालिकाको कुल जनसंख्या १७ हजार ७ सय ७७ रहेको छ भने करिव दुई सय दुई वर्गकिलो मिटर क्षेत्रफलमा कृषि खेती हुँदै आएको तिनाउ गाउँपालिका कृषि शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *