तिनाउकाे माध्यमिक शिक्षा परीक्षा तथा कक्षा १२ को नतिजा विश्लेषण कार्यक्रम सम्पन्न

पाल्पा, तिनाउ गाउँपालिकाकाे शिक्षा शाखाद्वारा  आयोजना गरिएको तिनाउकाे माध्यमिक शिक्षा  परीक्षा अन्तर्गत कक्षा१२काे नतिजा विश्लेषण गरिएको छ ।गाउँपालिकाले तिनाउका विद्यालयहरुको शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा तथा कक्षा १२ को नतिजा विश्लेषण कार्यक्रम सम्पन्न भएको हाे ।

माध्यमिक शिक्षा परीक्षाकाे नतिजा विश्लेषण  कार्यक्रममा गाउँपालिभित्रका नौ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुले शैक्षिक सत्र २०७९ को एसइई र कक्षा १२ को आ–आफ्ना विद्यालयको नतिजाहरुका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियाे ।

कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकाको समग्र शैक्षिक नतिजा गत वर्षको तुलनामा राम्रो भएता पनि सन्तोषजनक प्रगति हुन नसकेको बताउनुभयो । तिनाउको शैक्षिक अवस्था सुधार्न गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै उहाँले  शैक्षिक उन्नतिका लागि तिनाउ गाउँपालिकाबाट नै वार्षिक शैक्षिक योजना बनाएर कार्यान्वयन गरिने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले तिनाउ गाउँपालिकाको शैक्षिक विकासका लागि सक्दो बजेट विनियोजन गरिएको बताउँदै उहाँले भौगोलिक विकटता र विद्यार्थीको अभावले गर्दा शैक्षिक अवस्था कमजोर बन्दै गएको बताउनुभयो   ।

नतिजा विश्लेषण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले गाउँपालिकाको शैक्षिक उन्नतिका लागि विद्यालयका प्रधानाध्यापक हरुले एक साताभित्र विद्यालयको शैक्षिक योजना बनाई गाउँपालिकामा अनिवार्य पेश गर्नलाई आग्रह गर्नुभयो । उहाँले प्रधानाध्यापकलाई जिम्मेवारीपूर्ण तरिकाले काम गर्न समेत अनुरोध गर्नुभयो ।

तिनाउ गाउँपालिकाकाे गाउँ शिक्षा समिति सदस्य दलबहादुर गुरुङले गाउँपालिकाको शैक्षिक उन्नति  र शिक्षा क्षेत्रकाे विकासमा प्रधानाध्यापकहरुको नेतृत्वदायी भूमिका हुनुपर्ने बताउनुभयो । साथै उहाँले नतिजाहरुको विश्लेषण गरी आवश्यक कार्ययोजना बनाई शैक्षिक कार्यक्रमलाई विशेष  कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्याल र वडा नं ६ का वडाध्यक्ष टोमबहादुर पुन, शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवर, किसन ज्ञवाली लगायतले शैक्षिक गुणस्तरलाई कायम गर्न शिक्षक   अभिभावक एवं विद्यार्थीहरुको त्रिकोणात्मक सम्वन्ध र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *