तिनाउकाे वसन्तपुरमा कामाख्यादेवी भगवती मन्दिर स्थापना

पाल्पा, तिनाउँ गाउँपालिकाकाे वसन्तपुर डाँडामा कामाख्यादेवी भगवती मन्दिर स्थापना गरिएको छ । तिनाउ गाउँपालिका-३, वसन्तपुरडाँडामा स्थापना गरिएको कामाख्यादेवी भगवती मूर्तिको प्राणप्रतिष्ठाका लागि मन्दिरमा शुक्रबारदेखि विहिवारसम्म सातदिने कालिका महापुराण वाचन भइरहेको छ । भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकाे कामाख्या भगवती देवी मूर्तिलाई जेष्ठ १२ गतेदेखि १८गतेसम्म सातदिने प्राणप्रतिष्ठाका लागि कालिका महापुराण गरिएको छ। ‘कामाख्यादेवी भगवती मूर्ति प्राणप्रतिष्ठा अनुष्ठानसमारोह’ मा कामाख्यादेवी भगवतीकाे महापुराणमा जपात्मक, पाठात्मक र हवनात्मक वैदिक विधिमा हुने कर्मकाण्ड विशेष पूजापाठ सहित तिनाउ गाउँपालिकाकाे वसन्तपुरस्थित निर्मित माकामाख्या भगवती देवीको मन्दिरमा स्थापनार्थ कालिका पुराणको पाठपरायण र देवीमहात्म्या सहित भक्ति सङ्गीत समेत गरिने भएको छ ।

वनारसको विवेकाश्रम सांगदेवका आचार्यहरु, कामाख्यादेवी भगवतीकाे अनुष्ठान गरिरहनुभएका साधक एवं नेपाली पुजारी तथा वेदाचार्य एवं नेपालका धर्मगुरु व्यासाचार्य किशोर गौतम सहितले कामाख्यादेवी भगवतीलाई विधिपूर्वक आमन्त्रण गरी मन्दिर भित्र्याउनुभएपछि मूर्तिको प्राणप्रतिष्ठा अनुष्ठान महायज्ञ सुरु भएको हो ।
यसका लागि म्याग्दीको गलेश्वरबाट चक्रसहितको देवशीला (शालग्राम) गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा लगी त्यहाँ दुर्गा कवच स्तुति गरी त्यहाँका पुजारी र वेदाचार्यबाट विधिविधानका साथ त्यहीँको कुण्डको जलबाटअभिषेकसहित पूजापाठ र स्तुति गरी सो शिला र कामाख्या भगवतीको कुण्डको जल भरिएको कलश नेपाल भित्र्याइएको हो ।

यसरी ल्याइएको शिलालाई शास्त्रीय विधिअनुसार पूजा, अर्चना गरी वसन्तपुरमा निर्माण भएको मन्दिरमा स्थापना गरिएको धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमले जानकारी दिनुभयाे । यहाँ निर्मित मन्दिरको मध्यभागमा विधिपूर्वक सो शिला राखेर गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा राखिएकै स्वरुपमा निर्माण गरिएको गोलाकारको जलकुण्डमा उहाँबाटै ल्याइएको कलशको जल राखी सो कुण्डमा निर्माणभएको अष्टकोणका वेदीमाथि कामाख्या भगवतीको मूर्ति प्राणप्रतिष्ठा आह्वान गरिएको जानकारी व्यासाचार्य गौतमले दिनुभयो ।

यसरी कामाख्या भगवती शक्तिपीठमा राख्नुपर्ने श्रीगणेश, दुर्गा, महादेव, विष्णु र सूर्यनारायण भगवानका मूर्तिराखी विधिपूर्वक प्राणप्रतिष्ठा सहितको पुजन गरिएको छ । पाञ्चायान देवता साथै कामाख्यादेवी भगवती मन्दिरमा रहेकाे जस्तै पञ्चमुखी कामेश्वर महादेव र कामेश्वर शिवलिङ्गको पनि स्थापना गरिएको छ । शास्त्रीय विधि एवं वास्तुशास्त्रका आधारमा कामाख्यादेवी भगवती मन्दिरलाई भारतकाे गुवाहटीमा रहेको कामाख्यादेवी भगवती मन्दिरकाे शैलीमा निर्माण गरिएको छ । यसका लागि करिव दुईवर्ष अघि वैदिक सनातन गुरु लक्ष्मण गौतम सहितकाे आचार्य गुरूहरू र लुम्बिनी केबलकारका इञ्जिनियरको समूह सहित भारतकाे गुवाहाटीस्थित कामाख्यादेवी भगवती मन्दिरमा गई मन्दिरको संरचनालाई शास्त्रीय महत्व र मान्यता अनुसारको विधिविधानमा रहि विधिवत् कामाख्यादेवी भगवती मन्दिरकाे शैली अध्ययन गरेर सोही अनुसारको मन्दिरलाई यहाँ निर्माण गरिएकाे जानकारी लुम्बिनी केबलकार आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिनुभयाे । लुम्बिनी केवलकार कम्पनी आयोजना अन्तर्गतनै यस मन्दिरकाे निर्माण याेजना रहेकोले कामाख्यादेवी भगवती मन्दिरलाई पनि निर्माण गरिएकाे जानकारी दिदै मन्दिरको मात्र निर्माण लागत नछुट्याइएकाले मन्दिरकाे लागत कति भयाे भनेर भन्न नसकिने जानकारी केवलकारका ब्यवसथापक साउदले बताउँनुभयाे । उहाँले “कामाख्यादेवी भगवतीको शास्त्रीय एवं आध्यात्मिक महत्वको अध्ययन धर्मगुरुले गर्नुभयो र इञ्जिनियरको टोलीले मन्दिरको संरचना, कलात्मक शैली , वास्तु र शास्त्रीय अध्ययन गरेर आई त्यसपछि मात्र मन्दिरको सोही विधि अनुसारको शैली प्रयाेग गरेर दुइवर्षमा केबलकार निर्माणसँगै मन्दिर निर्माण पनि जानकारी साउदले दिनुभयो ।

बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेसन रही सञ्चालनमा आएको लुम्बिनी केबलकारको टपस्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा पर्दछ । बुटवल बजारबाट केबलकार चढेर पनि कामाख्यादेवी भगवतीको दर्शनका लागि जान सकिन्छ । पहिले देखिनै वसन्तपुरको यही स्थानमा स्थानीयहरूले सामान्य देवीस्थानमा कामाख्या माईको पूजाआजा गर्दै आएकाले सोही स्थानमा व्यवस्थित रुपमा गुवाहाटीस्थित रहेको कामाख्यादेवी भगवतीकै स्वरुपमा मन्दिर निर्माण गरिएको जानकारी लुम्बिनी केबलकार कम्पनी प्रालिका प्रोजेक्ट इन्जिनियर सनि चौरसियाले कुराकानीमा बताउँनुभयाे ।

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा लुम्बिनी प्रदशेका अन्य धार्मिक पर्यटकीय क्षेत्रको अध्ययनमा आउने स्वदेशी तथा विदेशी धार्मिक एवं सांस्कृतिक पर्यटकका लागि कामाख्यादेवी भगवती मन्दिर पनि नयाँ धार्मिक पर्यटकीय गन्तव्य हुने स्थानीय पर्यटन व्यवसायीहरुकाे भनाइ रहेको छ ।

कामाख्यादेवी भगवती शक्ति पीठमध्यकी एक देवीकाे रूपमा भक्तजनहरूले उहाँको दर्शन गर्ने गरेको र कामाख्यादेवी भगवतीकाे दर्शनले मनोकांक्षा पूराहुने विस्वास सहित सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेकाले भारतमा बर्सेनि लाखौँ भक्तजन पुग्ने गरेका बताउँदै धर्मगुरु किशोर गौतमले भारतकाे गोरखपुर, लखनउ लगायतका नेपालको सीमा क्षेत्रका भारतीय नागरिकहरूका साथै स्वदेशका विविन्न स्थानबाट यहाँ भक्तजन कामाख्यादेवी भगवतीको दर्शन यहीँ सहज हुने भएका अत्याधिक भक्तजन यहाँ जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *