तेक्वान्दाेको ३ दिने प्रशिक्षक सेमिनार पाल्पाको वंशगाेपाल धाममा

नवराज ज्ञवाली पाल्पा, पाल्पा जिल्ला तेक्वान्दाे संघ अन्तर्गत रहेका डोजाङ्गहरु, जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयहरूमा प्रशिक्षण गर्ने प्रशिक्षकरूरुलाई ३ दिने विशेष तालिम तानसेनकाे प्रभासस्थित वंशगाेपाल धाममा सुरुभएको छ । पाल्पा जिल्ला तेक्वान्दाे संघको आयोजनामा ३ दिन सम्म हुने प्रशिक्षक प्रशिक्षण तालिममा जिल्लाका सम्पूर्ण डोजाङ्गहर, संस्थागत तथा सामुदायिक विद्यालय गरि ५२ जना प्रशिक्षकहरूले प्रशिक्षणमा सहभागी हुँदै विशेष तालिम प्राप्त गर्नुहुनेछ ।

जिल्ला तेक्वान्दाे संघमा आवद्ध खेलाडीहरूको क्षमता विकासका लागि यस किसिमको तालिमले खेलखेल्नमा उत्साह प्रदान गर्ने भएकाले याे तालिम प्रशिक्षकहरूका लागि महत्त्वपूर्ण हुने भन्दै तालिममा सहभागी हुनुभएको प्रशिक्षक पूर्निमा जिसीले बताउँनुभयाे ।

तानसेन नगरपालिका वडा नं.६ का वडा अध्यक्ष एवं पाल्पा जिल्ला तेक्वान्दाे संघका अध्यक्ष सागरमान महर्जनले प्रशिक्षण कार्यक्रम उद्घाटनसत्रकाे अध्यक्षता गर्नुहुदै तेक्वान्दाे खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा बढी सफलता दिलाउने खेल भएको बताउँनुहुदै उहाँले ओलम्पिकमा छनाेट भएर खेल्ने खेलाडीहरू समेत तेक्वान्दोकै रहेको खेलकाे इतिहास बताउँनुभएको थियोे ।

तेक्वान्दो संघ लुम्बिनी प्रदेश कमिटी सदस्य निराजन विक्रम कार्कीले नेपालमा तेक्वान्दो भित्र्याउने देखि तेक्वान्दो खेलकाे नेपाली इतिहास विकास र विस्तारबारे उद्घाटन कार्यक्रममा बाेल्दै पाल्पामा तेक्वान्दो खेल स्थापित गर्न निकै मिहिनेत गर्नुपरेको भन्दै शुभकामना दिनुभयो ।

प्रशिक्षण तालिमको उद्घाटन सत्रमा अतिथिकाे शुभकामना दिनुहुदै पत्रकार नवराज ज्ञवालीले तेक्वान्दो खेलले नेपाल र नेपालीहरूकाे अन्तर्राष्ट्रिय जगतमा विशिष्ट पहिचान सहित दक्षिण एशियाली तेक्वान्दो खेलले खेलकुद क्षेत्रमा लगातार चार स्वर्ण पदक जितेर कीर्तिमान इतिहास रचेको खेलाडी दिपक विष्ट समेत यसै तेक्वान्दो खेलका खेलाडी रहेको बताउँदै सरकारले खेल क्षेत्रमा लगानी गर्न कन्जुस्याइँ गर्न नहुने भन्दै तेक्वान्दो खेल र खेलाडीहरूलाई यसक्षेत्रमा टिकाउ बिकाउ राख्न पनि ठूलो धनराशि आवश्यक रहेकोले खेलाडी प्राेत्साहनका लागि लगानी गर्नुपर्ने देखिएकाे सरकारबाट त्यसतर्फ ध्यानदिन जरुरी रहेको उहाँले बताउँनुभयाे ।

उद्घाटन कार्यक्रममा शुभकामना दिदै अर्का पत्रकार खेमराज पान्डेले खेलकुदमा लगानी अत्यन्तै कम रहेकाे भन्दै खेलक्षेत्रकाे विकासका लागि राज्यबाट विशेष किसिमले बजेट विनियोजन गरि खेलकुद क्षेत्रलाई उठाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँनुभयाे ।

जिल्ला तेक्वान्दो संघ पाल्पाको आयोजनामा हुने तेक्वान्दो खेल प्रशिक्षण कार्यक्रममा प्रशिक्षक राजेश सायमी र श्रीकृष्ण पाेखरेलले प्रशिक्षण दिनुहुनेछ । जेष्ठ १३ गतेदेखि १५गतेसम्म चल्ने तेक्वान्दो प्रशिक्षण कार्यक्रम जिल्ला तेक्वान्दो संघ पाल्पाका अध्यक्ष सागरमान महर्जनकाे अध्यक्षता र सचिव श्रीकृष्ण पाेखरेलकाे सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *